‘महिला समानता नारा मात्रै होइन, त्यसको अभिभारा राज्यले बोकोस्’

२०८१ फाल्गुन २३ गते, शुक्रबार

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले राज्यले महिलामाथि गरिरहेको विभेद अन्त्यका लागि सत्ता र प्रतिपक्ष नभनी सम्पूर्ण महिला सांसद एकताबद्ध भएर लड्ने बेला आएको बताएकी छिन् ।

प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले महिलामाथिको विभेदलाई परास्त गरी महिलाको सामाजिक, राजनीतिक र व्यावसायिक अधिकारका लागि एकताबद्ध रुपमा सङ्घर्ष गर्नुपर्ने खाँचो औँल्याइन्।

सांसद कार्कीले संविधानमा लैङ्गिक समानताको धारा उल्लेख गरिए पनि राज्यले महिलामाथि हेर्ने दृष्टिकोण अझै परिवर्तन हुन नसकेको जिकिर गरिन् । “राज्यले महिलामाथि गरिरहेको विभेदलाई सच्याएर लैङ्गिक समानताको उदाहरण यो संसद्ले प्रस्तुत गरोस्, महिला समानताको नारा मात्रै होइन, अभिभारा राज्यले बोकोस्”, उनले भनिन् ।

प्रतिनिधिसभा नियमावलीमा महिला संसद् समन्वय समिति गठन गरिने उल्लेख गरिए पनि वर्तमान संसद्ले अहिलेसम्म गठन नगरेकामा असन्तुष्टि व्यक्त गर्दै सांसद कार्कीले संसदीय समितिका सभापतिमध्ये ३३ प्रतिशत महिला सभापति हुनुपर्छ भन्ने नियमावलीमा लेखिएको भए पनि सो व्यवस्था पालना नहुनु विडम्बना भएको बताइन् ।

उनले सरकारले हालै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव नियुक्त गर्दा वरिष्ठताका आधारमा पहिलो नम्बरमा रहेका डा सङ्गीता मिश्रालाई पन्छाएर अर्कै व्यक्तिलाई सचिव नियुक्त गरिएकामा आपत्ति जनाइन् । सांसद कार्कीले सो सम्बन्धमा प्रधानमन्त्री, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्ने बताइन् । “मन्त्रिपरिषद् बैठकले किन यस्तो ग¥र्यो, पुरुष मन्त्रीले महिला सचिवसँग काम गर्नै नसक्ने हो, कि महिला नेतृत्व स्वीकार नगरिएको हो ?”, उनले प्रश्न गरिन् ।

“पच्चीस जनाको मन्त्रिपरिषद्मा ३३ प्रतिशत नपुग्ने गरी महिला मन्त्री सहभागी गराइन्छ, निर्वाचनमा महिलालाई जानजान ‘उप’ र ‘सह’ पदमा मात्र टिकट दिइन्छ”, सांसद कार्कीले भनिन्, “प्रत्यक्षबाट नभई समानुपातिकबाट महिला प्रतिनिधित्वको सङ्ख्या पु¥याउनका लागि मात्रै महिलालाई सांसद बनाइन्छ । यो महिलामाथिको विभेद भएन ?”
नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सांसद अम्मरबहादुर थापाले दैलेखमा भइरहेको पेट्रोलियम अन्वेषणको काम जतिसक्दो चाँडो टुङ्ग्याएर जनतालाई सुविधा दिन सरकारको ध्यानाकर्षण गराए ।

69 Views

ताजा

कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा

२०८२ चैत्र ५ गते, बिहीबार

कांग्रेस सभापति गगन कुमार थापाले दिए पदबाट राजीनामा

२०८२ चैत्र ५ गते, बिहीबार

अहिले म यहाँ बोल्ने बेलासम्म मन्त्रिपरिषद्को कुनै टुंगो लागेको छैनः रवि लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

पाँच जिल्लामा दीक्षा फाउन्डेशनको सक्रियता: वार्षिक उत्सवमा समीक्षा र भावी योजना प्रस्तुत

२०८२ चैत्र ४ गते, बुधबार

सातौं सगरमाथा म्युजिक अवार्ड २०८२ को उत्कृष्ट पाँच सार्वजनिक

२०८२ चैत्र ४ गते, बुधबार

जथाभाबी अभिव्यक्ति दिने र अनुसन्धान नगरी बोल्ने काम नगर्नुः लामिछाने

२०८२ चैत्र ४ गते, बुधबार

शव बोकेर गएको एयर डाइनेस्टीको हेलिकप्टर खोटाङमा दुर्घटना, सबै यात्रु तथा पाइलट सकुशल

२०८२ चैत्र ४ गते, बुधबार

विद्या सागर इङ्लिस बोर्डिङ स्कुलमा “Smart Parenting” आयोजना

२०८२ चैत्र २ गते, सोमबार

यी हुन् २०२६ का ओस्कार विजेता

२०८२ चैत्र २ गते, सोमबार

ह्वात्तै बढ्यो पेट्रोलियम पदार्थको मूल्य

२०८२ चैत्र २ गते, सोमबार

टेक्नो स्पार्क गो ३ स्मार्टफोन सावर्जनिक, दैनिक प्रयोगका लागि टिकाउ हुने दाबी

२०८२ चैत्र १ गते, आईतवार

लोकप्रिय

बर्दिया २, कसले जित्ला चुनाव ?

२०८२ माघ १३ गते, मंगलवार

फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल

२०८२ पुष २९ गते, मंगलवार

ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’

२०८२ भाद्र २४ गते, मंगलवार

आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल

२०८२ श्रावण १३ गते, मंगलवार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal