सम्पत्ति शुद्धीकरण निवारणमा चुक्दा नेपाल एफएटीएफको ‘ग्रे लिष्ट’ मा

काठमाडौं । सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानून परिपालनामा चुक्दा नेपाल वित्तीय कारबाही कार्यदल ९फाइनान्सियल एक्सन टास्क फोर्स( फएटीएफ० को ‘ग्रे लिष्ट’ मा परेको छ।
फ्रान्सको पेरिसमा आज सकिएको एफएटिएफको पूर्ण बैठकका निर्णयबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष एलिसा डे आन्दा माद्राजोले यसबारे जानकारी दिए।
नेपालले सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुन निर्माणमा उल्लेख्य प्रगति गरेको भए पनि संरचनागत र व्यावहारिक सुधारमा कमजोर देखिएको भन्दै एफएटिएफले यस्तो निर्णय लिएको हो। त्यस्तै सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी मामलामा नेपालको अनुसन्धान एवं अभियोजन निकै फितलो थियो। यसलाई पनि महत्त्वपूर्ण कारण ठानिएको छ।
नेपाल एफएटिएफको ‘ग्रे लिष्ट’ मा परेको यो दोस्रोपटक हो। यसअघि नेपाल सन् २०१४ मा ‘ग्रे लिष्ट’ बाट निस्किएको थियो। त्यसबेला नियामकीय सुधार गर्ने भनेर मार्गचित्र तयार पारी कार्यान्वयनमा आएपछि एफटीएफको प्रत्यक्ष निगरानी हटाइएको थियो।
कहाँ चुक्यो नेपाल ?
‘एसिया प्यासिफिक ग्रुप अन मनी लाउन्डरिङ’ (पीजी) ले दुई वर्षअघि नेपालमा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी ‘पारस्परिक मूल्याङ्कन प्रतिवेदन’ (म्युचुअल इभालुएसन( गरेर एफएटिएफलाई प्रतिवेदन बुझाएको थियो। सन् २०२३ जुलाई ९ देखि जुलाई १४ सम्ममा क्यानडाको भ्यानकुभरमा आयोजना भएको एपीजीको वार्षिक प्लेनरी बैठकले नेपालको पारस्पारिक मूल्याङ्कन पारित गरेको गरेको थियो। यही आधारमा सन् २०२३ अक्टोबरमा एफएटीएफले नेपाललाई एक वर्षको निगरानी अवधि (अब्जरभेसन पिरियड) दिएको थियो।
जसमा ४० वटा सुधारका क्षेत्र औंल्याइएका थिए। निगरानी अवधिमा एफएफटीएफले सुझाएका काम नेपालले कार्यान्वयन गर्ने र सम्भावित खैरो सूचीमा जानबाट रोकिने विश्वास लिइएको थियो। तर नेपालले एक वर्षको निगरानी अवधिमा पनि उल्लेख्य सुधार गर्न नसकेपछि अन्ततः खैरो सूचीमा परेको हो।
एफएटिएफले नेपाललाई सुधार गर्नुपर्ने भनि औंल्याएका विषयहरूमा गैर(वित्तीय क्षेत्र नियमनको दायरामा आउन नसक्दा यो क्षेत्रमा सम्पत्ति शुद्धीकरणको बढी जोखिम देखिएको, आतंककारी क्रियाकलापमा भइरहेको वित्तीय लगानीलाई नेपालले ‘ट्र्याकिङ’ गर्न नसकेको, उच्च जोखिमका बाबजुद सम्पत्ति शुद्धीकरणसँग जोडिएका मामिला अनुसन्धान र जाँचबुझमा नेपाल कमजोर देखिएको, कानूनी सुधारको गुञ्जायस देखिए पनि कार्यान्वयनमा चुकेकोलगायत उल्लेख थिए।
त्यस्तै, सम्पत्ति शुद्धीकरण निवारणका लागि कानूनी सुधार र संस्थागत क्षमता विकास गर्न नेपालले उच्च तहको प्रतिबद्धता, पर्याप्त स्रोत साधन परिचालन, अन्तरनिकाय समन्वयलगायत विषयमा ध्यान दिनुपर्ने सुझाव नेपाललाई दिइएको थियो। ती सुझाव कार्यान्वयनमा आंशिक प्रगति देखिए पनि नेपाल खैरो सूचीमा पर्नबाट जोगिन सकेन।
त्यसअघि, नेपालले सन् २०२० मा सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारणसम्बन्धी राष्ट्रिय जोखिम मूल्याङ्कन गरेको थियो। यो मूल्याङ्कनबाट नेपालका नियामकलगायत सम्बन्धित निकाय र निजी क्षेत्र सम्पत्ति शुद्धीकरणका चुनौतीबारे केही हदसम्म जानकार देखिए पनि आतंककारी क्रियाकलापमा वित्तीय लगानी पहिचान र निवारण चुनौतीपूर्ण रहेको औँल्याइएको थियो।
राजनीतिक क्रियाकलापसँग जोडिएका गतिविधिमार्फत आतंककारी क्रियाकलापमा वित्तीय लगानी भइरहेको विषयलाई नेपालले पहिचान गर्न नसकेको एपिजी प्रतिवेदनमा उल्लेख छ। त्यसैगरी, गैर वित्तीय पेशा व्यवसाय (नन् फाइनान्सियल बिजनेस एन्ड प्रोफेसन्स) लाई नियामकीय दायरामा ल्याउन नसकेको पनि निश्कर्ष पनि उक्त मूल्याङ्कनले निकालेको थियो। सम्पत्ति शुद्धीकरण मामलामा नेपाल उच्च जोखिममा रहे पनि त्यसको अनुसन्धान, जाँचबुझ तथा मुद्दा अभियोजन निकै फितलो छ। त्यस्तै सम्पत्ति शुद्धिकरण निवारणसँग सम्बन्धित कानून तल्लो तहसम्म कार्यान्वयनमा जान नसक्नु नेपालको कमजोरी रह्यो।
नेपालमा वित्तीय संस्थाको नियामकका रूपमा नेपाल राष्ट्र बैंकले काम गरिरहेको छ। तर गैर–वित्तीय पेशा तथा व्यवसायका लागि छुट्टै नियामकीय निकाय अझै बनिसकेको छैन। बैंक तथा वित्तीय संस्थामा पनि लाभसहितको स्वामित्व (बेनिफिसियल अनरसिप) र राजनीतिक संलग्नता भएका व्यक्ति (पोलिटिकल्ली एक्सपोज्ड पर्सन) को लगानीलाई एपिजीले चुनौतीका रूपमा देखाएको थियो। अर्कोतर्फ साना वित्तीय संस्थामा ‘एएमएल सीएफटी’सँग सम्बन्धित औजारहरू निकै कम मात्रामा प्रयोग भएको र ती प्रणाली आधुनिक प्रविधिमा आधारित हुन नसकेको जनाइएको थियो।
कस्तो प्रभाव पर्छ ?
नेपाल सम्पत्ति शुद्धीकरणको ‘ग्रे लिस्ट’ मा पर्दा देशको वित्तीय प्रणालीमा गम्भीर असर पर्ने जानकार बताउँछन्। ‘ग्रे लिष्ट’ मा पर्नुको अर्थ देशभित्र वित्तीय अपराधहरू बढिरहेका छन् भन्ने सन्देश जान्छ र जसले नेपालप्रति अन्तरराष्ट्रिय विश्वास घटाउँछ। यसका कारण अन्तरराष्ट्रिय बैंकिङ प्रणालीसँगको सम्बन्ध बिग्रिन गई वैदेशिक व्यापारमा अवरोध उत्पन्न हुने र कारोबार प्रक्रिया जटिल हुन जान्छ। अर्कोतर्फ हुन्डी कारोबार बढ्न गई विप्रेषण प्रणाली प्रभावित हुन पुग्छ। वैदेशिक सहायता तथा प्रत्यक्ष विदेशी लगानीमा गिरावट आउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ। जसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ।
वित्तीय साख कमजोर हुँदै जाँदा नेपाली नागरिक र सरकारको सम्पत्ति जोखिममा पर्न सक्छ। जसले पुँजी पलायनलाई तीव्र बनाउँछ। अन्ततः अनौपचारिक अर्थतन्त्रको आकार विस्तार भई देशको वित्तीय तथा मौद्रिक नीतिहरूको प्रभावकारिता घट्छ। परिणामस्वरूप, आर्थिक स्थायित्व कमजोर हुँदै जान्छ र दीर्घकालीन रूपमा देशको विकास क्रममा अवरोध उउत्पन्न हुने र कारोबार प्रक्रिया जटिल हुन जान्छ । अर्कोतर्फ हुन्डी कारोबार बढ्न गई विप्रेषण प्रणाली प्रभावित हुन पुग्छ। वैदेशिक सहायता तथा प्रत्यक्ष विदेशी लगानीमा गिरावट आउन सक्ने सम्भावना पनि उत्तिकै रहन्छ । जसले समग्र अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्छ । वित्तीय साख कमजोर हुँदै जाँदा नेपाली नागरिक र सरकारको सम्पत्ति जोखिममा पर्न सक्छ।
यसले पुँजी पलायनलाई तीव्र बनाउँछ। अन्ततः अनौपचारिक अर्थतन्त्रको आकार विस्तार भई देशको वित्तीय तथा मौद्रिक नीतिहरूको प्रभावकारिता घट्छ। परिणामस्वरूप, आर्थिक स्थायित्व कमजोर हुँदै जान्छ र दीर्घकालीन रूपमा देशको विकास क्रममा अवरोध उत्पन्न हुन्छ । रासस
ताजा

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते
२०८१ चैत्र ३ गते, आईतवार
समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने
२०८१ चैत्र ३ गते, आईतवार
लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर
२०८१ चैत्र ३ गते, आईतवार
प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक
२०८१ चैत्र ३ गते, आईतवार
नेपालमै पहिलो पटक पर्यटन प्रोजेक्ट सोकेस प्रतियोगिता हुँदै
२०८१ चैत्र ३ गते, आईतवार
वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा
२०८१ फाल्गुन २६ गते, सोमबार
ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
२०८१ फाल्गुन २६ गते, सोमबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार