ज्ञानेन्द्रलाई फेरि राजा बनाएरै छाड्ने चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले) को कारण तत्कालीन माओवादीले १० वर्षे सशस्त्र संघर्ष गर्नुपरेको टिप्पणी गरेका छन् ।
शुक्रबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन समयमा माओवादीले संविधान सभाको माग गर्दा कांग्रेस–एमालेले त्यसलाई अस्वीकार गरेको र फलस्वरुप द्वन्द्व सुरु भएको उनले बताए । देश द्वन्द्वको भूमरीमा फसेर ठूलो क्षतिपश्चात भने कांग्रेस–एमालेले संविधान सभामात्रै नभएर माअोवादीको सबै एजेण्डाहरु स्वीकार गर्न तयार भएको उनको दाबी छ ।
नेता लिङ्देनले कांग्रेस–एमालेलाई सच्चिन आग्रह गरेका छन् । हिजोको गल्तीलाई महशुस गरेर राजतन्त्रको पक्षमा उभिने उनले आग्रह गरे । कांग्रेस–एमाले अब पनि नसच्चिए आफूहरुले सडक आन्दोलन सुरु गर्ने पनि उनले बताए । ‘२०५२ साल फागुन १ गते तत्कालीन माओवादीहरुले संविधान सभाको माग गरेर आउँदा तपाईँहरुले संविधान सभाको चुनावसम्म स्वीकार गर्नु भएन । माओवादी विद्रोहमा गयो । १० वर्षे द्वन्द्वपछि तपाईँहरुले संविधान सभामात्रै स्वीकार गर्नु भएन, माओवादीका सबै एजेण्डाहरु स्वीकार गर्नुभयो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता माओवादीका सबै एजेण्डा बोक्न तयार हुनुभयो ।
अहिले पनि तपाईँहरुले गल्ती स्वीकार गर्नु हुन्छ र देशलाई निकास दिनुहुन्छ भन्ने आशा गर्छु । तपाईँहरुले देशलाई यसरी नै लान्छु भन्नुभयो भने देश यसरी चल्दैन । जनता पनि चुप लागेर बस्दैनन् । छिनोफानो गर्नका लागि हामी सडकमा आउँछौं,’– उनले भने ।
राजतन्त्रलाई स्थापित गराएरै छाड्ने र त्यो समय अब धेरै टाढा नरहेको उनको चेतावनी छ । ‘दलहरु चाँडै सच्चिउन् । नभए निर्मल निवास र नारायणहिटीको दुरी कति छ रु जसरी तपाईँहरुले राजालाई जबरजस्त विस्तापित गर्नुभयो, निर्मल निवासबाट डोहोर्याउँदै–डोहोर्याउँदै नारायणहिटी पुर्याउन तयार छौं । त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन । यो सामान्य कुरा नसम्झिनुहोला,’– उनले भने ।
ताजा

वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
वरिष्ठ सईको तलब समायोजन गर्न सरकारलाई सर्वोच्च अदालतको ताकेता
२०८१ फाल्गुन २८ गते, बुधबार
ज्ञानेन्द्रलाई गद्दीमा फर्काउन चैत १ बाट राप्रपाले फेरि आन्दोलन थाल्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
चौधरी र राउतले छिट्टै पार्टी एकता गर्ने
२०८१ फाल्गुन २६ गते, सोमबार
राजतन्त्रको पक्षमा मैले माहोल देखेको छैनः कांग्रेस सभापति देउवा
२०८१ फाल्गुन २६ गते, सोमबार
ज्ञानेन्द्र बोक्ने राजावादीहरुलाई सडकबाटै ठेगान लगाउनुपर्ने माओवादीको निश्कर्ष
२०८१ फाल्गुन २६ गते, सोमबार
मेरो बोल्ने समय एकदमै नजिक आउँदैछ, अब प्रतिक्षा लामो छैनः लामिछाने
२०८१ फाल्गुन २६ गते, सोमबार
काठमाडौं महानगरलाई राप्रपाले बुझायो जरिवाना
२०८१ फाल्गुन २६ गते, सोमबार
पूर्वराजा ज्ञानेन्द्रलाई त्रिभुवन विमानस्थलबाहिर भव्य स्वागत
२०८१ फाल्गुन २५ गते, आईतवार
साइत बिग्रने डरले दही खाएर काठमाडौं फर्किँदै पूर्व राजा ज्ञानेन्द्र
२०८१ फाल्गुन २५ गते, आईतवार
भ्रष्टाचारीको नेतृत्वमा सर्लाही कांग्रेस, देउवाले नै काखी च्यापेको आरोप
२०८१ फाल्गुन २५ गते, आईतवारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार