ज्ञानेन्द्रलाई फेरि राजा बनाएरै छाड्ने चेतावनी

२०८१ फाल्गुन १० गते, शनिबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले) को कारण तत्कालीन माओवादीले १० वर्षे सशस्त्र संघर्ष गर्नुपरेको टिप्पणी गरेका छन् ।

शुक्रबार पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले तत्कालीन समयमा माओवादीले संविधान सभाको माग गर्दा कांग्रेस–एमालेले त्यसलाई अस्वीकार गरेको र फलस्वरुप द्वन्द्व सुरु भएको उनले बताए । देश द्वन्द्वको भूमरीमा फसेर ठूलो क्षतिपश्चात भने कांग्रेस–एमालेले संविधान सभामात्रै नभएर माअ‍ोवादीको सबै एजेण्डाहरु स्वीकार गर्न तयार भएको उनको दाबी छ ।

नेता लिङ्देनले कांग्रेस–एमालेलाई सच्चिन आग्रह गरेका छन् । हिजोको गल्तीलाई महशुस गरेर राजतन्त्रको पक्षमा उभिने उनले आग्रह गरे । कांग्रेस–एमाले अब पनि नसच्चिए आफूहरुले सडक आन्दोलन सुरु गर्ने पनि उनले बताए । ‘२०५२ साल फागुन १ गते तत्कालीन माओवादीहरुले संविधान सभाको माग गरेर आउँदा तपाईँहरुले संविधान सभाको चुनावसम्म स्वीकार गर्नु भएन । माओवादी विद्रोहमा गयो । १० वर्षे द्वन्द्वपछि तपाईँहरुले संविधान सभामात्रै स्वीकार गर्नु भएन, माओवादीका सबै एजेण्डाहरु स्वीकार गर्नुभयो । गणतन्त्र, धर्मनिरपेक्षता, संघीयता माओवादीका सबै एजेण्डा बोक्न तयार हुनुभयो ।

अहिले पनि तपाईँहरुले गल्ती स्वीकार गर्नु हुन्छ र देशलाई निकास दिनुहुन्छ भन्ने आशा गर्छु । तपाईँहरुले देशलाई यसरी नै लान्छु भन्नुभयो भने देश यसरी चल्दैन । जनता पनि चुप लागेर बस्दैनन् । छिनोफानो गर्नका लागि हामी सडकमा आउँछौं,’– उनले भने ।

राजतन्त्रलाई स्थापित गराएरै छाड्ने र त्यो समय अब धेरै टाढा नरहेको उनको चेतावनी छ । ‘दलहरु चाँडै सच्चिउन् । नभए निर्मल निवास र नारायणहिटीको दुरी कति छ रु जसरी तपाईँहरुले राजालाई जबरजस्त विस्तापित गर्नुभयो, निर्मल निवासबाट डोहोर्याउँदै–डोहोर्याउँदै नारायणहिटी पुर्याउन तयार छौं । त्यसबेला कुनै शक्तिले रोक्न सक्दैन । यो सामान्य कुरा नसम्झिनुहोला,’– उनले भने ।

118 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal