नागरिक सरहका पूर्वराजाको अभिव्यक्तिले किन हल्लिन्छ ‘गणतन्त्रको जग’
काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले २०६५ जेठ २९ गते नारायणहिटीबाट देशवासीका नाममा सम्बोधन गर्दै राजगद्दी त्यागे। त्यसपछि मुलुक संघीय लोकतान्त्रिक गणतन्त्रमा गयो। संविधान सभामार्फत मुलुकले संविधान पायो। देशमा हेर्दा देखिने ठूला परिवर्तन भए। ब्यवस्था फेरियो। तर, जनताको अवस्था फेरिएन। जनताले महशुस गर्ने गरी परिवर्तनको आभाष गर्न सकेनन्।
बलियो बन्दै जानुपर्ने लोकतान्त्रिक गणतन्त्रको जग झनझन् कमजोर बन्दै गएको छ। मक्किँदै र खिइँदै गएको छ। जुन जगलाई पूर्वराजाको सामान्य अभिव्यक्तिले नै हल्लाइ दिने गरेको छ।
गणतन्त्रमा सामान्य नागरिक सरह रहेका राजाको अभिव्यक्तिले दलीय राजनीतिभित्र ठूलै ज्वारभाटा ल्याउने गरेको छ। फागुन ७ मा प्रजातन्त्र दिवसको अवसरमा पूर्वराजा ज्ञानेन्द्रले शुभकामना सन्देश जारी गर्दै आफूले राजगद्दी त्यागेको विषयलाई कमजोरी नठान्न चेतावनी दिएका थिए।
उनले आफूहरूले राजगद्दी त्यागे पनि व्यवस्था बदलियो भन्नेहरूले अवस्था बदल्न नसकेको आरोप लगाए। अहिलेको व्यवस्थाले इतिहासलाई नास गरेर पहिचानको पनि अपमान गरिरहेको उनको आरोप थियो।
‘प्रजातन्त्र आशा जगाउने प्रणाली हुनुपर्छ। जनताको भरोसा बढाउने प्रणाली हुनुपर्छ। आम जनताको मुहारमा मुस्कान ल्याउने, जनतालाई खुसी र सुखी बनाउने, सबैले खोजेको र हामीले चाहेर रोजेको पनि त्यही प्रजातान्त्रिक व्यवस्था हो। व्यवस्था बदलियो भन्नेहरूले अवस्था राम्ररी बदल्न नसक्नु दुःखको कुरा हो,’ उनले भनेका थिए।
पूर्वराजा ज्ञानेन्द्रले आफूहरूले राष्ट्रको हितमा उदारता देखाए पनि अहिलेको व्यवस्थाले सबै पक्षलाई नसमेटेको आरोप लगाए। उनी त्यत्तिमै रोकिएनन्। राष्ट्र जोगाउने हो भने आफूलाई साथ दिन आह्वान गर्नसम्म भ्याए।
‘हामीले पहिले पनि राष्ट्रिय समस्या सुल्झियोस् भनेर त्याग गरेका हौं। अब नेपालको उन्नतिको लागि हामीबाट अरु के–के त्याग गर्नुपर्ने हो हामी तयार छौं।अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कामय राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निमित्त हामीलाई साथ दिन सबै देशबासीलाई आह्वान गर्दछौं,’ उनले भने।
राजतन्त्रका भूत सल्बलाउन थालेको नेताहरूको आरोप
पूर्वराजाले यति भन्न भ्याएपछि जनताको सन्तुष्टिलाई सम्बोधन गर्न नसकेका नेताहरूको मनमा चिसो पस्ने नै भयो। त्यसपछि राजा पक्षीय राजनीतिक दलले उनको अभिव्यक्तिको स्वागत गर्न थाले। तर, अन्य राजनीतिक दलले भने चर्को विरोध गरिरहेका छन्।
पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाल समाजवादी पार्टी ९नयाँ शक्ति०का अध्यक्ष डा। बाबुराम भट्टराईले पूर्वराजालाई नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने बताए। ‘पूर्वराजाको अभिव्यक्ति आपत्ति जनक छ। उहाँलाई नियन्त्रणमा लिएर कारबाही गरिनुपर्छ,’ एक टेलिभिजनसँगको अन्तर्वार्तामा उनले भनेका थिए।
लगत्तै सत्ताको नेतृत्वकर्ता दल नेकपा एमालेको पनि अभिव्यक्ति आयो। दाङ पुगेर एमाले महासचिव शंकर पोखरेलले पूर्वराजा शाहलाई उचालेर राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे।
महासचिव पोखरेलले २०६२र०६३ को जनआन्दोलन बाट राजसंस्था हटाएर राजनीतिक आन्दोलन सफल भए पनि आजभोलि फेरी पञ्चायती भूत सलबलाउन थालेको बताए।
महासचिव पोखरेलले राजनीतिक परिवर्तन नचाहेका केहि शक्तिले उचालेर पूर्वराजालाई वक्तव्य निकाल्न लगाई राजनीतिक परिवर्तन मास्न खोजेको टिप्पणी गरे।
‘अचेल फेरि पञ्चायतकालीन भूत सलबलाउन थालेका छन्। राजालाई वक्तव्यबाजी गर्न लगाएर राजनीतिक परिवर्तन मास्न खोजिँदै छ,’ उनले भने। हुन त यस्तो भनिरहँदा राजाले वक्तव्य जारी गर्दैमा मास्न सकिने परिवर्तन कति कमजोर हो भन्ने प्रश्न पनि उठ्ला।
तर, महासचिव पोखरेल यत्तिमै रोकिएन्। उनले राजनीतिक परिवर्तनलाई संस्थागत गर्ने अभियानमा लाग्न कार्यकर्तालाई निर्देशन दिए। ‘सामन्तवाली राज संस्था हटाएर राजनीतिक क्रान्ति मात्रै सफल भएको छ। अब यसलाई संस्थागत गर्दै पूर्ण क्रान्ति सफल बनाउनतर्फ लाग्नुस्,’ पोखरेलले भने।
राजावादीहरूमा उत्साह
पूर्वराजाको अभिव्यक्तिले राजवादी उत्साही देखिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० अध्यक्ष राजेन्द्र लिङ्देन पूर्वराजाको अभिव्यक्ति निजी विचारमात्र नभएर देशकै आवाज भएको बताएका छन्। उनले त्यसलाई नजरअन्दान गर्न नहुने दाबी गरेका छन्।
राप्रपा आन्दोलन परिचालन समितिका संयोजक तथा पार्टी महामन्त्रीसमेत रहेका डा। धवलशमशेर जबराले पूर्वराजा शाहको वक्तव्यलाई समर्थन गर्दै आन्दोलनमा होमिन नागरिकलाई आह्वान गरेका छन्।
‘प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा राजा ज्ञानेन्द्रबाट राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको समृद्धि र उन्नतिका लागि सबै नेपालीलाई साथ दिन आह्वान भएको छ, देशको वर्तमान स्थितिमा गम्भीर चिन्ता व्यक्त गर्दै नयाँ चिन्तन र सक्रियताका लागि राजा ज्ञानेन्द्रबाट आएको सकारात्मक अभिव्यक्तिको म स्वागत गर्दछु। यही परिप्रेक्ष्यमा देशमा विद्यमान विकराल अवस्था अन्त्य गरेर देशलाई संकटमुक्त राख्न सम्पूर्ण राष्ट्रवादी प्रजातन्त्रवादी देशभक्त नेपाली जनतालाई एकजुट भएर आन्दोलनमा अघि बढ्न अनुरोधका साथ आह्वान गर्दछु,’ राणाले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ।
यस्तै, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा र राजसंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएको टिप्पणी गरेका छन्। मिश्रले पूर्वप्रधानमन्त्री डा। भट्टराईलाई पूर्वराजाले हालै गरेको आह्वानमा समर्थन जनाउन सुझावसमेत दिएका छन्।
सामाजिक सञ्जालमा मिश्रले १२ बुँदे टिप्पणी गरेका छन्। ‘राजसंस्थाबाट गल्ती नै भएन भन्ने हुँदै होइन, राजसंस्थाबाट १० गल्ती हुँदा राजनीतिकर्मीबाट हजार गल्ती भएका छन्, तर ती हजार गल्ती यति गम्भीर भए कि तिनले देशमा नैतिक संकट र ज्ञानको संकट चरम अवस्थामा पुर्याएर देशलाई नै अस्तित्वको संकट उन्मुख बनाइदिए,’ मिश्रले भनेका छन्।
उनले देश बचाउन र बनाउन विगतका सम्पूर्ण त्रुटिबाट शिक्षा लिँदै राजा र राजनीतिक दलहरू एक ठाउँमा आउन अत्यावश्यक रहेको जनाएका छन्। राजाको सन्देशमा सबैले सबैका कमजोरीलाई क्षमा गर्दै नवीन समझदारीमा जाने मनसाय भएको उनले प्रस्ट्याएका छन्।
यस्तै राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र जनता मिलेर देशलाई बचाउने र बनाउने बेला भएको बताएका छन्। ‘राजा ज्ञानेन्द्रबाट अत्यन्तै मार्मिक ढंगबाट परिस्थितिको चित्रण भएको छ। फेरि राजा र जनता मिलेर साझेदारीमा देशलाई बचाउने र बनाउने काम गर्नुपर्छ,’ अध्यक्ष थापालाई भने।
उनले राजाको सदासयतालाई नकारात्मक रूपमा लिन र टीकाटिप्पणी गर्न आवश्यक नरहेको पनि बताएका छन्। ‘राजाको भनाइ प्रजातन्त्र, दल र नेताविरुद्ध होइन, मुलुकको समस्याप्रति हो। कसैलाई निषेध नगरौँ, सबै अटाउने प्रणाली आवश्यक छ,’ उनले भनेका छन्।
आज मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा निर्देशन समिति अध्यक्ष डा। प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा। बाबुराम भट्टराइलाई ‘स्टालिनवादको रन्को थाम्ने र फासिस्ट कित्तामा पुग्ने’ रवैया त्याग्न सुझाएका छन्। नेपाल देश भट्टराइको विर्ता नभएको समेत लोहनीले टीप्पणी गरेका छन्।
‘के यो देश तपाईंको विर्ता होरु अथवा तपाईंमा अझ पनि स्टालिनवादको रन्को बाँकी छरु अरु सबै वेठिक र म मात्रै जान्ने र सत्यको अन्तिम हकदार भन्ने चिन्तन बिस्तारै फासिस्ट कित्तामा पुग्छ, यस्तो यात्रामा नलाग्नुस्,’ वरिष्ठ राजनीतिज्ञ डा। लोहनीले सामाजिक सञ्जालमा भनेका छन्।
पूर्वराजाले प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी गरेको भिडियो वक्तव्यमा राष्ट्र जोगाउन, राष्ट्रिय एकता कायम राख्न, देशको उन्नति र समृद्धीका लागि सहयोग गर्न देशवासीलाई आह्वान गरेपछि पूर्वप्रधानमन्त्री भट्टराइले पूर्वराजाले सीमा नाघेको र कारबाही गर्नु पर्ने मत सार्वजनिक गरेसँगै लोहनीको यस्तो चेतावनी आएको हो।
‘मित्र बाबुराम भट्टराइजी, राजा ज्ञानेन्द्रले अब म अगाडि बढ्छु भन्दा तपाईलाई धेरै रिस उठेछ। तपाईँ धेरै नरिसाउनुस् मित्रको ब्लड प्रेसर बढ्ला भन्ने चिन्ता छ,’ लोहनीले भने, ‘तपाईंले राजनीति गर्न हुने र राजा ज्ञानेन्द्रले देशको दुर्दशा अब हेरेर बस्न सकिँदैन, म अगाडि आउँछु सहयोग गर्नुस् भन्न नपाइने ?’ यसरी यतिबेला नेपाली राजनीतिक वृत्तमा पूर्वराजाको अभिव्यक्तिपछि पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ। (साभारः डीसी नेपालबाट)
ताजा
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
रास्वपाको केन्द्रीय सदस्यमा सुदामा कार्कीले उम्मेदवारी दिने
२०८३ असार ३ गते, बुधबार
साउनदेखि नागढुङ्गा सुरुङमार्ग सञ्चालनको तयारी
२०८३ असार ३ गते, बुधबार
मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको विजयी सुरुवात
२०८३ असार ३ गते, बुधबार
गेरुवामा निशुल्क लोकसेवा तालिम समापन
२०८३ असार ३ गते, बुधबार
‘हाम्रो उद्देश्य विद्यार्थीलाई विदेश पठाउने मात्र होइन, उनीहरूको भविष्य निर्माणमा सहयात्री बन्नु हो’ शिशिर सिंखडा
२०८३ असार ३ गते, बुधबार
राष्ट्रिय मानव अधिकार आयोगमाथि बढ्दो अविश्वास र निष्क्रियता
२०८३ असार ३ गते, बुधबार
पसिना र रगत बिस्तारै चुस्तै चुस्तै जवानी खेर जाने ठाउँलाई नै सायद प्रदेश भनिएको
२०८३ असार ३ गते, बुधबार
Khwopa Engineering College Students Visit Nepal Eco Panel for Industrial Learning
२०८३ असार २ गते, मंगलवार
गीता अधिकारीलाई सर्वोत्कृष्ट गीतकार महिला (सुगम संगीत) अवार्ड
२०८३ असार २ गते, मंगलवार
MDR Team को आधिकारिक लोगो सार्वजनिक, थप व्यवस्थित रूपमा अगाडि बढ्ने प्रतिबद्धता
२०८३ असार २ गते, मंगलवारलोकप्रिय
Fast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





