तोकिएकै समयमा महाधिवेशन हुन्छः गगन थापा

बिराटनगर। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली कांग्रेसको महाधिवेशन तोकिएको समयमा नै हुने दाबी गरेका छन्। शुक्रबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै महामन्त्री थापाले महाधिवेशनको तयारी शुरु भइसकेको भन्दै तोकिएको समयमा नै सम्पनन हुने बताएका हुन्।
अधिवेशनको समयमा मात्र प्रतिस्पर्धा गर्ने प्रणाली विकास गर्न र अन्य समय पार्टी संगठन र अन्य जिम्मेवारी पूरा गर्नमा समय लगाउन नेता तथा कार्यकर्ताहरुलाई उनले आग्रह गरे।
कांग्रेसभित्र तोकिएको समयमा महाधिवेशन नहुने चर्चा चलिरहेका बेला महामन्त्री थापा भने तोकिएकै समयमा महाधिवेशन हुने दाबी गर्दै आएका छन्।
सभापति शेरबहादुर देउवाले ०८४ को चुनावपछि महाधिवेशन गर्ने गरी छलफल अगाडि बढाएका छन्। तर संस्थापन इतर पक्ष भने तोकिएकै समयभित्र चुनाव हुनुपर्ने भन्दै दबाव दिँदै आएको छ। महामन्त्री थापाले एउटा दलले गरेको गलत कार्यबाट असन्तुष्ट हुनेले व्यवस्था भन्दा पनि अन्य दल रोज्न पाउने लोकतन्त्रको मूल्य मान्यतालाई आत्मसात गर्नुपर्ने जनाए।
उनले पछिल्लो पटक पूर्व राजाबाट आएको अभिव्यक्तिलाई लोकतन्त्रको गहनाका रुपमा लिएर राजनैतिक कर्ममा सुधार गरेर जवाफ दिनुपर्ने बताए। पार्टीभित्रबाट सरकारको विरोध भइरहेको प्रश्नको जवाफमा महामन्त्री गगन थापाले सरकार विरुद्धको खबरदारीले सरकारलाई सुधार्न र गलत काम रोक्न मद्दत पुग्ने समेत बताए।
ताजा

विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘
२०८१ चैत्र १२ गते, मंगलवार
विद्युत प्राधिकरणकै डिजिटल बोर्डमा ‘केपी चोर, देश छोड’ लेखिएपछि….‘
२०८१ चैत्र १२ गते, मंगलवार
कांग्रेस, एमाले र माओवादी नै राजा ल्याउने गरि षड्यन्त्रमा लागेको सिके राउतको आरोप
२०८१ चैत्र १२ गते, मंगलवार
सरकारविरुद्ध आक्रामक बालेनः मेरा विषयवस्तु गलत भए मलाई जेल हालियोस्
२०८१ चैत्र १२ गते, मंगलवार
चैत्र १५ गतेदेखि ‘डोरी’ देशव्यापी प्रदर्शन हुँदै
२०८१ चैत्र १२ गते, मंगलवार
लखेट्दा युद्ध जितेको लाग्ला तर पराजित हुन्छौः जनार्दन शर्मा
२०८१ चैत्र १२ गते, मंगलवार
कुलमानलाई बर्खास्त गरेको विरोधमा विद्यार्थीहरूद्वारा प्रदर्शन
२०८१ चैत्र १२ गते, मंगलवार
भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ
२०८१ चैत्र ८ गते, शुक्रबार
१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी
२०८१ चैत्र ८ गते, शुक्रबार
निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने
२०८१ चैत्र ८ गते, शुक्रबार
सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी
२०८१ चैत्र ८ गते, शुक्रबारलोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार