नेपाली कांग्रेस भित्रको अन्तर्संघर्ष र अबको बाटो
नरेश विष्ट, नुवाकोट
नेपालको राजनीतिक परिदृश्य अहिले एक जटिल मोडमा पुगेको छ । यहाँका संस्थागत प्रतिरोध, पार्टीभित्रका विभाजन, बाह्य प्रभावहरू र बदलिँदो सत्ता समीकरणहरूले सत्तारुढ गठबन्धनभित्र तनावको वातावरण सिर्जना गरेका छन् । नेपाली कांग्रेस भित्रको आन्तरिक प्रतिष्पर्धा, सुरक्षा निकायहरूमा असन्तुष्टि र सञ्चारमाध्यमहरूमाथि नियमनको प्रयासले देशको लोकतान्त्रिक प्रक्रियामा गम्भीर असर पार्न सक्ने संकेत दिएका छन् ।
सुरुवात गरौं, प्रशासनिक निकाय र सुरक्षा संस्थाहरूको अवस्थासँग । प्रस्तावित प्रहरी विधेयकलाई लिएर प्रहरी प्रशासन भित्र असन्तुष्टि फैलिएको छ । यस असन्तुष्टिको यदि विरोध बढ्छ भने, यसको असर कानुन कार्यान्वयन र शासनमा कस्तो पर्न सक्छ रु यही समय, सेनाको निष्ठा सम्बन्धी पनि प्रश्न उठेका छन्, विशेष गरेर ताराद्वजसँगको विवादको सन्दर्भमा । यो विवादले राष्ट्रिय सुरक्षासम्बन्धी चिन्ताहरू निम्त्याउन सक्छ । अर्कोतर्फ, सरकार र न्यायपालिकाबीचको बढ्दो तनावले गहिरो शासन चुनौतीको संकेत दिन सक्छ । नेपाली कांग्रेस भित्रको विभाजनले तत्काल अस्थिरता नल्याए पनि, साना अन्तरविरोधहरूले भविष्यमा शक्ति सन्तुलनमा परिवर्तन ल्याउन सक्छ ।
नेपालको पश्चिमी र दक्षिणी क्षेत्रमा सरकारको विपक्षी धारणा अझ बलियो देखिन्छ । यसले परम्परागत राजनीतिक विभाजनलाई पुष्टि गर्दछ । थप रूपमा, सामाजिक सञ्जाल नियमनसम्बन्धी प्रस्तावित नीतिहरूको विरोधले सञ्चारमाध्यमहरूलाई सरकारविरुद्ध एकताबद्ध गर्न सक्छ, यसले सरकारका लागि रणनीतिक व्यवस्थापनको आवश्यकता पनि जन्माउँछ । नियन्त्रण नियमन कानून निर्माणमा थापा सचिवालयको सक्रियताले थापा माथिको समाचार संकलनकर्ताको अपार समर्थनको नैतिक धरातल भत्किने संभावना पनि छ ।
अब आइपुगौं नेपाली कांग्रेसको नेतृत्वको संघर्षमा । महामन्त्री गगन कुमार थापाले नेपाली कांग्रेसको अध्यक्षका रूपमा उदाउने अड्कलबाजीहरूले पार्टीमा नयाँ शक्ति सन्तुलन सिर्जना गर्ने सम्भावना बनाएका छन् । पार्टीका अन्य नेता विश्वप्रकाश शर्मा उपाध्यक्ष र प्रदीप पौडेल क्रमशस् उपसभापति र महामन्त्रीको रूपमा उभिने अड्कल छन् । यदि गगन थापा नेतृत्वमा उत्रिए भने, शेरबहादुर देउवाले उदाउँदै गरेकी क्षमतावान नेतृ डा। आरजू राणाको सुरक्षाका निम्ति यी नयाँ शक्तिहरूसँग कसरी सामना गर्नेछन् भन्ने बहसले गति लिएको छ तर यो पनि चर्चा चलेको छ कि महामन्त्री थापाले छिट्टै देउवाका उत्तराधिकार प्राप्त गरुन् १ एक फरक तर गम्भिर प्रसंगमा अवतरित हुनुपर्दा गगन थापा माथि क्रिश्चियानिटीको आरोप लाग्ने गर्दथ्यो र त्यो गगन थापाले हालै हिन्दू मन्दिरमा पूजा गरेको एक भिडियो सार्वजनिक गरे, जसले केही जिज्ञासा उठायो । उनि माथि लागेको आरोप र सार्वजनिक त्यो भिडियोको विचबाट नियाल्यौ भने के तमाम नेपाली हिन्दुवादी नेताहरूले मन्दिर दर्शन गर्दा आफूद्वारा अभिनीत वृतचित्र प्रसारण गर्छन् त रु के यो व्यक्तिगत आस्था हो, वा यसमा कुनै रणनीतिक पाटो पनि जोडिएको छ रु
गगन थापाको धार्मिक क्रियाकलापलाई खुलेआम प्रचार गर्नुको कारण के हुन सक्छ रु सरकारले विआरआई ड्राफ्ट दस्ता निर्माण गर्यो नेपाली कांग्रेसले सरकारको ‘घुम्ती उच्चस्तरीय संयन्त्र’ निर्माण गर्यो जहाँ गगन थापाकै सचिवालय सक्रिय थियो र विआरआई सम्झौता भयो । उपरोक्त सम्झौता माथि मित्र राष्ट्रहरूको नाराज चेहरा बुझेका थापाले ‘जब परराष्ट्र मन्त्री सभापति नै चाहनु हुन्थ्यो त मेरो के लाग्थ्यो र’ भन्ने जवाफ दिए तर यो ब्यालेन्स गेम लामो यसरी टिकेन कि, थापा सरकार ८४ सम्मै रहने अभिव्यक्ति दिन तल्लिन रहे । त्यो भन्दा पर सरकारद्वारा निर्मित अध्यादेशहरू निर्माण गर्न निरन्तर सक्रिय रहिरहे र यो विषयले भारतलाई कुन डायमिटरको चोट लागेको छ वा अमेरिकाले यसलाई कसरी लिएको छ वा उनि चिनिया एक दलिय प्रणाली भित्र प्रवेश गरिसके रु यस विच अन्य के संशय आरम्भ पनि भएको आभाष छ कि यो पछिल्लो पूजायाचनाले आर एस एस प्रभावित भयो वा भ्याटिकन नाराज १
साथै, केही रिपोर्टहरूका अनुसार, पश्चिमी प्रभावहरूले गगन थापालाई भारतसँगको सम्बन्धमा महत्वपूर्ण व्यक्तिका रूपमा प्रवेश गराई दिएका छन् । यदि यसले यथार्थमा आकार लियो भने, नेपालका नेतृत्वमा नयाँ भू(राजनीतिक समीकरणहरू विकसित हुन सक्छ । यस्ता रणनीतिहरू नेपालका क्षेत्रीय र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा, विशेषगरी बेल्ट एन्ड रोड इनिसिएटिभ ९द्यच्क्ष्० जस्ता परियोजनाहरूसँगको सम्पर्कमा के प्रभाव पार्न सक्छन् भन्ने प्रश्न उनले अब आजीवन मेटाउन सक्ने छैनन् । भारतलाई संभवत मन्दिरको सन्त पुजारी भन्दा उसको सुरक्षा स्वार्थ ठुलो छ उ भन्छ ‘भारत माता की जय १’
एक अर्को प्रसंगमा कांग्रेस भित्र वीपी पुत्र शशांक कोइरालाको रणनीतिक सक्रियता र भारतीय दूतावाससँग भनिएको भेटवार्ताले बाह्य प्रभावहरूको संकेत दिन्छ तर, उनि नितान्त सचिवालय सदस्यको एक सेरेमोनियल कार्यकारी सदस्यमै सीमित देख़िन्छन् । आम रूपमा वेल मिनिङका डा। शशांक बिरामी परेपछि उनको घरभित्र विभाजनकारी बाह्य शक्तिको दबदबा बढ्यो ।
यसैबीच, देउवाको रणनीतिक सोचमा पनि महत्त्वपूर्ण घटकहरू छन् । पार्टीभित्रको गुटबन्दीले देउवा डा। शेखर कोइरालाको गतिविधि, विशेष गरेर कोशी प्रदेश र सुदूरपश्चिममा भएको उनको क्रियाकलापलाई निकटबाट नियालिरहेका छन् । देउवा यसलाई सामान्य राजनीतिक चहलपहलका रूपमा देख्छन् कि यो एक ठूलो चुनौतीको संकेत हो रु भविष्यमा यसले कस्तो रूप लिन्छ, त्यो महत्त्वपूर्ण हुनेछ । तर, देउवा डाक्टर शेखर कोईरालासँग धेरै विमत्तिहरू राख्दैनन् । किनभने डा। कोइरालाको भूराजनीतिक सन्तुलन अलि ज्यादा स्थिर छ । यी मूल कारणहरूले आन्तरिक शक्ति सन्तुलनमा देउवा परिवारले डाक्टर शेखर कोइरालासँग सहकार्य गर्ने संकेत गर्दछ तर यसविच गगन थापासँगको पुनर्मिलनमा डाक्टर मिनेन्द्र रिजाल, एन पी साउद, राजेन्द्र बजगाई गुरू घिमिरे डाक्टर गोविन्द पोखरेलहरूको भूमिका पनि रोचक देखिनेछ ।
नेपालको भू(राजनीतिक र बाह्य प्रभावहरूको कुरा गर्दा, पश्चिमी मुलुकहरूले नेपालको लोकतान्त्रिक प्रक्रियालाई कसरी हेरेका छन् भन्ने कुरा गहिरो चिन्ताको विषय बनेको छ । के पश्चिमी र भारतीय कूटनीतिक निकायहरूले प्रमुख कांग्रेस नेताहरूलाई विशिष्ट क्षेत्रीय रणनीतिहरूसँग समन्वय गर्न सुझाव दिएका छन् रु यसको परिणाम स्वरूप, कांग्रेस नेताहरूले नेपालका विदेश नीतिहरू ९द्यच्क्ष्, इन्डो(प्यासिफिक रणनीति० निर्माणमा के भूमिका खेलेका छन् भन्ने प्रश्न पनि उठ्छ ।
अब, यदि देउवा पार्टीबाट बाहिरिएको सन्दर्भमा पनि कांग्रेसमा न्यूनतम २० प्रतिशत समर्थक देउवा सँगै अन्तिम दिनसम्म रहन्छ त्यो भनेको लोकतान्त्रिक पार्टीमा ठुलो शक्ति हो । अथवा, देउवा नयाँ रणनीति अपनाउँदै सत्ता जोगाउने प्रयास गर्ने छैनन् १ देउवाको व्यावहारिक नेतृत्वशैली र उनकी पत्नीको प्रभावशाली भूमिका हेर्दा, के उनीहरूले आफ्नो अनुभवलाई प्रयोग गरी पार्टीमा शक्ति सन्तुलन कायम राख्न सक्नेछन् यो प्रश्न पाठक बिच नै छाडिएको छ ।
अन्तिममा, शेखर कोइराला र गगन थापाबीचको एकताको दुरी अझ बढी बढ्दैछ कि छैन भन्ने सवाल उठ्छ । डेढ वर्ष पूर्व एक कांग्रेस सांसदले डाक्टर शेखर कोइराला र महामन्त्री गगन थापा विच होटल याक एण्ड यतीमा शक्ति सन्तुलन प्रस्ताव गराएका थिए । अब, दुरी घट्यो र यसले आकार लियो भने, के यसले नेपाली कांग्रेसको भविष्यलाई पुनः परिभाषित गर्दै नयाँ शक्ति सन्तुलन सिर्जना गर्नेछ रु तर, यस विच विश्वप्रकाश शर्मा भाई शशांक, एन।पी। साउद सँगको एकताको बाटो आरम्भ भैसकेको परिस्थितिमा परिस्थिति अन्तै तैरिने त छैन रु अनि रेल छुट्छ रु
नेपालको राजनीतिक परिदृश्य अस्थिर र परिवर्तनशील रहेको छ, र आगामी महिनाहरूले नेताहरूलाई रणनीतिक पुनर्संरचनाको मार्ग अपनाउनेछन् वा आन्तरिक सुदृढीकरण गर्नेछन् भन्ने कुरा पत्ता लगाउनेछन् ।
ताजा
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
फेसबुकबाट आम्दानीको ढोका खोल्दै MDR Team, हजारौं नेपाली लाभान्वित
२०८३ बैशाख १५ गते, मंगलवार
सशस्त्र प्रहरी महानिरीक्षकमा नारायणदत्त पौडेल
२०८३ बैशाख १४ गते, सोमबार
‘त्रिवि क्रिकेट मैदान भत्किँदैन’
२०८३ बैशाख १४ गते, सोमबार
यस्तो छ मन्त्रिपरिषद् बैठकको ३ निर्णय
२०८३ बैशाख १४ गते, सोमबार
अन्ततः भीष्मराज आङ्देम्बेले पाए दलको नेताको जिम्मेवारी
२०८३ बैशाख १४ गते, सोमबार
पोखरामा पूर्वराजा ज्ञानेन्द्र शाह
२०८३ बैशाख ११ गते, शुक्रबार
आज देशभर बीसौँ लोकतन्त्र दिवस
२०८३ बैशाख ११ गते, शुक्रबार
खस क्षेत्री महाधिवेशन आज : अध्यक्ष पदमा अर्जुनबहादुर अधिकारी अग्रपंक्तिमा
२०८३ बैशाख ११ गते, शुक्रबार
आज र भोलि देशभरिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै
२०८३ बैशाख ६ गते, आईतवार
बर्दियाको राजापुर जाँदै गरेको एम्बुलेन्सको ठक्करबाट एकै परिवारका दुई जनाको मृत्यु
२०८३ बैशाख ६ गते, आईतवारलोकप्रिय
बर्दिया २, कसले जित्ला चुनाव ?
२०८२ माघ १३ गते, मंगलवार
फेकनको साधारणसभामा सरकारका नीति नियम र व्यावसायीका समस्याको बारेमा छलफल
२०८२ पुष २९ गते, मंगलवार
ओलीप्रति बालेनको कडा टिप्पणीः ‘तँ नेता त के मान्छे पनि बन्न सकेनस्’
२०८२ भाद्र २४ गते, मंगलवार
आइटम गीतमा अभिनय गर्दै लोकप्रियता कमाएकी गृष्मा पौडेल
२०८२ श्रावण १३ गते, मंगलवार
गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली
२०८२ असार २६ गते, बिहीबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार





