रेखा–पवन स्रष्टा सम्मान कालीप्रसाद रिजाललाई

२०८१ फाल्गुन ९ गते, शुक्रबार

काठमाडौं । नेपाल स्रष्टा समाजले रेखा–पवन स्रष्टा सम्मानद्धारा वरिष्ठ कवि तथा गीतकार कालीप्रसाद रिजाललाई अर्पण गर्ने गर्ने भएको छ ।

नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमितिको फागुन ६ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

रु.१ लाख १ सय ११ रुपैयाँ नगदराशि र सम्मानपत्र सहितको उक्त सम्मान नेपाली साहित्यमा पाँच दशकभन्दा बढी समयदेखि कविता,गीति क्षेत्रमा रिजालले पुर्याएको योगदानको उच्च मूल्यांकन गर्दै उक्त सम्मान अर्पण गर्न लागिएको समाजले जनाएको छ । नेपाली साहित्यको श्रीबृद्धिमा लागिपरेका ६० वर्ष उमेर पुगेका र उत्कृष्ट रुपमा लेखनीलाई निरन्तरता दिइरहेका स्रष्टामध्येबाट उक्त स्रष्टा सम्मान अर्पण गर्न थालिएको पनि विज्ञप्तिमा जनाइएको छ ।

रेखा -पवन स्रष्टा सम्मानको लागि यस पटक बरिष्ठ साहित्यिक पत्रकार तथा साहित्यकार रोचक घिमिरेको संयोजकत्वमा नाम सिफारिस समिति गठन गरि समितिले सिफारिस गरेको नामलाई नेपाल स्रष्टा समाजको केन्द्रिय कार्यसमिति बैठकले अनुमोदन गरेको अध्यक्ष ‘रोदन’द्धारा हस्ताक्षरित विज्ञप्तिमा जनाइएको छ ।

बरिष्ठ साहित्यकार पवन आलोक तथा उहाँकी धर्मपत्नी रेखा कँडेलको नाममा उहाँका छोरीहरु बिमला कँडेल थापा,रिता कँडेल बस्नेत,अनिता कँडेल,छोरा सुनिल कँडेल र बुहारी माला कटुवाल कँडेल समेतले यो सम्मानको लागि अक्षयकोष व्यवस्था गरिदिएका बरिष्ठ साहित्यकार पवन आलोक तथा उहाँकी धर्मपत्नी रेखा कँडेलको नाममा उहाँका छोरीहरु बिमला कँडेल थापा,रिता कँडेल बस्नेत,अनिता कँडेल छोरा सुनिल कँडेल,बुहारी माला कटुवाल कँडेल समेतले यो सम्मानको लागि अक्षयकोष व्यवस्था गरिदिएका समाजका प्रचार समितिका संयोजक प्रदीप सापकोटाले जानकारी दिए ।

आगामी फागुन २४ गते काठमाडौंमा एक कार्यक्रम आयोजना गरि समर्पण गरिने बताइएको छ ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal