जुनियर मिस एण्ड मिस्टर इन्डिजेनश २०२५ सम्पन्न उपाधि सम्पदाको हातमा

२०८१ फाल्गुन ९ गते, शुक्रबार

काठमाडौ । जुनियर मिस एण्ड मिस्टर इन्डिजेनश २०२५ फाल्गुन २७ गते राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) काठमाडौंमा सम्पन्न भएको छ । NRD Entertainment को आयोजना र निम्रत लामा (नम्रता लामा) को अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।

५ देखि १४ वर्षसम्मका बालबालिकाहरुको क्षमता अभिवृद्धि गर्ने उदेश्यका साथ आयोजना र सम्पन्न गरेको थियोे । जुनियर मिस एण्ड मिसेस २०२५ को उपाधि रामेछापकि १२ वर्षकी सम्पदा तामाङले हात पारेकी छिन् । फस्ट रनरअप म्याग्दीकी बिनिशा भट्टचन थकाली, सेकेन्ड रनरअप धादिङकि सरिका सारु मगर, थर्ड रनरअप रामेछापकि संरक्षण तामाङ र अन्तिम फोर्थ रनरअप नुवाकोटकि निङमा लामा भएका छन् । अफिसियल कोरियोग्राफरका रुपमा मिस ट्यालेन्ट नेपाल २०२४ कि रनरअप स्मृति तामाङ र असिस्टेन्ट कोरियो भने मिस तामाङ वर्ल्डकी नमुना तामाङले गरेका थिए । नम्रता लामा (निम्रत लामा)को आयोजना र पायल बुढाथोकीको सहकार्यमा रहेको उक्त इभेन्टमा नम्रता ट्रष्ट नेपाल, ग्रेस इभेन्ट, मुना कलेक्शन, कूहिनुर फेन्सी स्टोर, करण ड्रिम्स फाउन्डेसनको साथै मेकप पार्टनरका रुपमा राज ब्युटी एकेडेमी एण्ड स्टुडियो रहेको थियोे । मिडिया पार्टनरहरुमा डि.एन.एफ खबर डटकम, समय दृष्टि साप्ताहिक, टप नेपाल न्युज, ग्लोबल अनलाइन, समष्टि नेपाल र परिवर्तन मिडिया रहेको थियोे । इभेन्टको प्रमुख शिर्षक बाहेक विभिन्न सह शिर्षकमा अवार्डहरु पनि प्रदान गरिएको थियोे । बेस्ट फोटोजेनिक अवार्ड शुभम दराई, बेस्ट हेयर अवार्ड अभिजित ठाकुर, अर्गनाईजर चोईस बेस्ट अवार्ड अस्मिता तामाङ र बेस्ट डिसिप्लिन अवार्ड शुभेच्छा दराईले हात पारेको हो ।

कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेकपा एमालेका नेता तथा समाजसेवी विजय कुमार स्याङतानले सम्बोधन गरेका थिए । एन आर डि इन्टरटेनमेन्ट प्रा।लीले विगतमा पनि मिस ट्यालेन्ट नेपाल २०२४, मिस एण्ड मिसेस नुवाकोट लगायतका विभिन्न इभेन्टहरु सम्पन्न गरिसकेका छन् । इभेन्टको विजेता उपविजेता सबैलाई विभिन्न पुरस्कारहरु, ट्रफी, प्रमाणपत्र लगायत प्रदान गरिएको थियोे । यस जुनियर मिस एण्ड मिस्टर इन्डिजेनश २०२५ लाई पनि सफल बनाउनका लागि साथ दिने र सहभागी सम्पुर्ण प्रतियोगिहरुमा आयोजक समितिका अध्यक्ष नम्रताले धन्यवाद व्यक्त गरेका छन् ।

222 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal