गिरीजाले ‘कांग्रेसले कांग्रेसलाई नै हराउँछ’ भन्नुहुन्थ्यो, त्यो सत्य रहेछः बालकृष्ण खाण
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले पार्टी सभापति शेरबहादुर देउवासँग चित्त नबुझे उनकै अगाडि कुरा राख्न नेता तथा कार्यकर्तालाई आग्रह गरेका छन् ।
कांग्रेस दाङ क्षेत्र नं.१ ले लमहीमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता खाणले कुनै पनि नेताको गाली विरोध गर्दा उनकै अगासिड गर्न आग्रह गरेका हुन् । ‘कांग्रेसमा जुन नेताको विरोध गर्ने हो त्यहि नेताको अगाडि विरोधी गरिदिनुपर्छ । अहिले यो कार्यक्रममा शेरबहादुर देउवा हुनुहुन्न । शेरबहादुर देउवालाई गाली गरेर के गर्नु हुन्छ ? गगन थापा यहाँ हुँदै हुनुहुन्न उहाँलाई गाली गरेर के गर्नु हुन्छ ?’ प्रश्न गर्दै उनले नेता तथा कार्यकर्तालाई भने ।
नेता खाणले कांग्रेसलाई आफ्नै साथीहरूले विरोध र असहयोग गरेका कारण ठूलो पार्टी बन्नबाट कठिनाई भइरहेको बताए । उनले गिरिजाप्रसाद कोईरालाको भनाइ स्मरण गराउँदै भने, ‘विरोध नगर्ने हो भने कांग्रेसलाई नम्बर १ पार्टी बनाउनबाट कसैले रोक्नै सक्दैन । गिरिजाप्रसाद कोइरालाले भन्दा हामी मनमनै हास्थ्यौं– ‘कांग्रेसले संसारलाई विश्वास गर्न सक्छ । कांग्रेसले कांग्रेसलाई नै हराउँछ’ त्यो कुरा सत्य रहेछ ।’
पूर्वगृहमन्त्री समेत रहेका नेता खाणले पार्टीको विरोधमा जाँदा कुनै पनि चुनावमा वडा, पालिका, प्रदेश, प्रतिनिधि सभामा कांग्रेस हार्ने गरेको बताए । उनले आफ्नै साथीको विरोध नगर्न आग्रह गरे । राम्रो काम गरेकोलाई राम्रो गरेको भन्नसमेत आग्रह गरे ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





