बालेनलाई प्रभु साहले लगाए गुण्डागर्दीको आरोप

२०८१ माघ २७ गते, आईतवार

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गुण्डागर्दीको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं महानगरले गुण्डागर्दी गरिरहेको टिप्पणी गरेका हुन्।

महानगर प्रहरीद्वारा टेकुस्थित कवाड मजदुरहरूमाथि आक्रमण गरेको प्रसंगमा साहले यस्तो आरोप लगाएका हुन्। उनले सबै नागरिकको जिउधनको सुरक्षाको मागसमेत गरे।

‘टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि साङ्घातिक हमला भएको छ। कथित महानगरको प्रहरी भन्नेहरूको जत्थाले हमला गरेका छन्। धेरै घाइते भएका छन्’, उनले भने, ‘म आग्रह गर्न चाहन्छु, कानुन र अदालतको आदेशविपरीत काठमाडौं महानगरले गुण्डागर्दी प्रस्तुत गरिरहेको छ। यो सरकार कानुन बहालीको सक्षम हो होइन, हो भने सबैको जिउधनको सुरक्षा गरोस्।’

145 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal