बालेनलाई प्रभु साहले लगाए गुण्डागर्दीको आरोप

२०८१ माघ २७ गते, आईतवार

काठमाडौं । आम जनता पार्टीका अध्यक्ष एवं सांसद प्रभु साहले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहमाथि गुण्डागर्दीको आरोप लगाएका छन्। आइतबारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले काठमाडौं महानगरले गुण्डागर्दी गरिरहेको टिप्पणी गरेका हुन्।

महानगर प्रहरीद्वारा टेकुस्थित कवाड मजदुरहरूमाथि आक्रमण गरेको प्रसंगमा साहले यस्तो आरोप लगाएका हुन्। उनले सबै नागरिकको जिउधनको सुरक्षाको मागसमेत गरे।

‘टेकुको कवाडमा काम गर्ने मजदुरहरूमाथि साङ्घातिक हमला भएको छ। कथित महानगरको प्रहरी भन्नेहरूको जत्थाले हमला गरेका छन्। धेरै घाइते भएका छन्’, उनले भने, ‘म आग्रह गर्न चाहन्छु, कानुन र अदालतको आदेशविपरीत काठमाडौं महानगरले गुण्डागर्दी प्रस्तुत गरिरहेको छ। यो सरकार कानुन बहालीको सक्षम हो होइन, हो भने सबैको जिउधनको सुरक्षा गरोस्।’

129 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

यस्ता छन् मन्त्रिपरिषद्को आकस्मिक बैठकले गरेको १० निर्णय

२०८३ भाद्र १० गते, बुधबार

मनकामना केबलकार बन्द

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान

२०८३ भाद्र १० गते, बुधबार

भोटेकोशी बाढी धादिङको गल्छी पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा आकस्मिक बाढीले जलविद्युत आयोजनाहरूमा ठूलो क्षति

२०८३ भाद्र १० गते, बुधबार

रसुवामा बाढीः २८ प्रहरी सम्पर्कविहीन, नुवाकोट कारागारमा बाढी पस्यो

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal