विपन्नका लागि वडाले ल्यायो ‘जनता औषधि कार्यक्रम’

२०८१ माघ २७ गते, आईतवार

काठमाडौं । स्वास्थ्य बिमामा नसमेटिएकाका लागि औषधिमा सहुलियत पुर्याउने उद्देश्यले अर्जुनधारा नगरपालिका–३ ले सञ्चालन गरेको ‘जनता औषधि कार्यक्रम’ विपन्न समुदायका लागि बरदान सावित भएको छ ।

आर्थिक वर्ष २०८०/८१ को पुसबाट सुरु भएको सो कार्यक्रमबाट लाभान्वित हुनेको सङ्ख्या २८ हजार नाघेको वडाध्यक्ष सीताराम भट्टराईले बताए । “सरकारको स्वास्थ्य बिमा कार्यक्रममा सबै परिवार जोडिएका हुँदैनन्”, वडाध्यक्ष भट्टराईले कार्यक्रमबारे जानकारी दिँदै भने, “हामीले सुरु गरेको जनता औषधि कार्यक्रमबाट बिमामा जोडिएका र नजोडिएका सबै नागरिकले सहुलियत प्राप्त गर्नुहुन्छ ।”

वडामा रहेको खुदुनाबारी स्वास्थ्य चौकीमार्फत यो कार्यक्रम सञ्चालन गरिएको छ । बिमामा नपाइने अर्थात् बिरामीले खरिद गर्नुपर्ने औषधिमा स्वास्थ्य चौकीले ७५ प्रतिशतसम्म छुट दिने गरेको वडाध्यक्ष भट्टराई बताउँछन् ।
‘जनता औषधि कार्यक्रम’लाई व्यवस्थित बनाउन वडाले कार्यविधि निर्माण गरेको छ । बर्सेनि वडाले कार्यक्रम सञ्चालनका लागि पाँच लाख बजेट विनियोजन गर्दै आएको छ । कार्यक्रम सुरु भएसँगै यहाँ सेवा लिन आउने बिरामीको सङ्ख्या ह्वात्तै बढेको खुदुनावारी स्वास्थ्य चौकीका प्रमुख डम्बर मिश्रले बताए । बजारमा महँगो मूल्यमा किन्नुपर्ने औषधि सुलभ मूल्यमा पाइने भएपछि दैनिक २०० सम्म बिरामी आउने गरेको उनले बताए ।

“यो सेवा सुरु गर्र्नुअघि दैनिक २५ देखि ३० जनामात्र बिरामीले सेवा दिने गरेका थिए”, उनले भने, “हाल दैनिक २०० बिरामीले सेवा लिइरहनुभएको छ, औषधिमा हामी मुनाफा खोज्दैनौँ, सेवा पुर्याउने उद्देश्य राखिएको छ ।”
वडा कार्यालयले पाँच लाख बजेट दिएर सुरु भएको कार्यक्रम लोकप्रिय बनेपछि हाल एकैपटकमा १४ लाख बढीको औषधि खरिद गर्न सक्ने अवस्थामा स्वास्थ्य चौकी पुगेको उनले जानकारी दिए ।
सेवा लिन अर्जुनधाराका अरु वडावासीमात्र होइन, छिमेकी पालिका बिर्तामोड, बुद्धशान्ति र मेचीनगरका बिरामीसमेत आउने गरेको मिश्रले बताए । उनले कतिपय औषधि शतप्रतिशत बोनसमा आउने र कतिपय एक बट्टा खरिद गर्दा तीन बट्टा सित्तैमा आउने हुँदा जनताले अत्यधिक सहुलियतमा गुणस्तरीय औषधि पाउने गरेको उनको भनाइ छ । नेपाल सरकारले सञ्चालन गरिरहेको स्वास्थ्य बिमा कार्यक्रमको तुलनामा यो कार्यक्रम बढी प्रभावकारी भएको उनले दाबी गरे ।

सरकारको स्वास्थ्य बिमा कार्यक्रममा निःशुल्क औषधि दिइने भनिए पनि धेरैजसो औषधि बीमाको सूचीभित्र पर्दैनन् । त्यसका कारण नागरिकले महँगो मूल्यमा औषधि खरिद गर्नुपर्ने बाध्यता छ । अर्जुनधारा वडा नं ३ मा बिमाको सूचीमा नपर्ने औषधिसमेत सहुलियतमा पाइने भएकाले वडावासी खुसी भएको वडाध्यक्ष भट्टराई बताउँछन् ।
प्रमुख मिश्रले वडा नं ३ मा तीन हजार ६०० दीर्घरोगका बिरामी रहेको बताए । तीमध्ये २० प्रतिशतमात्र स्वास्थ्य बिमामा आबद्ध छन् । खुदुनावारी स्वास्थ्य चौकीमा उपचार सेवालाई व्यवस्थित र भरपर्दो बनाउन विभिन्न दातामार्फत ८५ लाखभन्दा बढीको उपकरण निःशुल्क जडान गरिएको उनले बताए ।

गत आर्थिक वर्षमा १७ हजार ५०० र चालु आवको छ महिनामा ११ हजार बढीले जनता औषधि कार्यक्रमबाट सेवा लिएको स्वास्थ्य चौकीका प्रमुख मिश्रले जानकारी दिए । चालु आवमा २५ हजार बिरामीलाई सेवा दिने स्वास्थ्य चौकीको लक्ष्य छ ।

9 Views

ताजा

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

भविस्यमा राम्रो चलचित्र बनाउने सोंच छ

२०८१ चैत्र ८ गते, शुक्रबार

१ महिनाभित्र दर्ता नभए फेसबुक, एक्स र इन्स्टाग्राम नेपालमा बन्द हुने चेतावनी

२०८१ चैत्र ८ गते, शुक्रबार

निखिल उप्रेतीको निर्देशनमा फिल्म ‘आचार्य’ बन्ने

२०८१ चैत्र ८ गते, शुक्रबार

सम्पादनमा अब्बल अनिल : बैसाखी र कम्युटरका सारथी

२०८१ चैत्र ८ गते, शुक्रबार

नयाँ टेलिसिरियल ‘बाचा’ मा सार्वजनिक (भिडियो)

२०८१ चैत्र ८ गते, शुक्रबार

आजबाट एसइई परीक्षा शुरु

२०८१ चैत्र ७ गते, बिहीबार

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही

२०८१ चैत्र ४ गते, सोमबार

सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन

२०८१ चैत्र ४ गते, सोमबार

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

२०८१ चैत्र ४ गते, सोमबार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal