माधव नेपाल एमालेमा सधैंका लागि “आउट”: शंकर पोखरेल

२०८१ माघ ४ गते, शुक्रबार

काठमाडौँ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माधव नेपाल बाहेक एकीकृत समाजवादीका सबै नेतालाई एमालेमा स्वागत गर्ने बताएका छन् । प्रेस चौतारी नेपालबाट विभाजन भएर बनेको प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी सहितका पत्रकारलाई शुक्रबार प्रेस चौतारी नेपालमा भित्र्याउँदै पोखरेलले माधव नेपालले एमाले फुटाएर ठूलो गल्ती गरेको भन्दै उनका लागि एमालेको ढोका खुला नभएको बताए ।

माधव नेपालले एमालेबाट अलगिएर जीवनको सबैभन्दा ठुलो भुल गरेको समेत उनले बताए । नेतृत्वले जनताको भावनालाई बुझ्न नसक्दा बेला बखतमा दुर्घटना हुने गरेको उनको भनाइ छ । त्यही दुर्घटनामा माधव नेपाल पनि परेको पोखरेलले स्पष्ट पारे ।

एमालेभित्र लामो जीवन बिताएका र योगदान गरेका नेता कार्यकर्ताले आफ्नो भविष्य सुरक्षित गर्ने हो भने समाजवादीमा अलमलिन नहुने उनले बताए । त्यस्तै उनले सरकारले दल विभाजनको अध्यादेश ल्याउला र आफ्नो पार्टी सकिएला भन्ने चिन्ता माधव नेपाललाई भएको बताए । महासचिव पोखरेलले देशका पक्षमा उभिएको कारण केपी ओली माथि आक्रमण भएको र ओलीमाथिको आक्रमण मुलुकमाथिको आक्रमण भएको तर्क समेत गरे ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal