‘लोन’ लिनै नहुने कांग्रेसको अडान आपत्तिजनकः झलनाथ खनाल
काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले चीनको बीआरआई परियोजना अन्तर्गत लोन लिनै नहुने सत्तारुढ काँग्रेसको अडानप्रति आपत्ति जनाएका छन्।
सोमबार आफ्नो चीन भ्रमणबारे सुझाव लिन प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरुको छलफलपछि सञ्चारकर्मीमाझ उनले यस्तो प्रतिक्रिया जनाएका हुन्। नेता खनालले भूराजनीतिको नाममा बीआरआई परियोजनाअन्तर्गत लोन लिनुहुन्न भन्ने अडान पूर्वाग्रही भएकाले त्यस्तो सोचबाट प्रधानमन्त्री ओली प्रभावित हुन नहुने बताए।
उनले सो परियोजना विश्वका दुई तिहाई मुलुकले स्वीकार गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सार्वभौम देशले पनि आफ्नो आवश्यकताको आधार अघि बढाउनुपर्ने सुझाव आफूले प्रधानमन्त्री ओलीलाई दिएको पनि स्पष्ट पारे।
उनले भने, ‘अब यो बीआरआईको जुन कुरा छ। यो अहिले भन्दा १० वर्ष पहिले चीनले सुरुवात गरेको अवधारणा हो। अहिले विश्वका १५३ मुलुकहरुसँग सहमती भएको छ। ३ हजार करिव सम्झौताहरु बनिसकेका छन् र यो बीआरआई र ती मुलुकहरुको बीचमा लगानी मात्रै हेर्दा १.४ ट्रिलियन डलर लगानी भएको देखिन्छ। दुई तिहाई भन्दा बढि मुलुकका लागि बीआरआई आवश्यक रहेछ। फाईदाजनक रहेछ, लाभकारी रहेछ। त्यसो हुनाले बीआरआई लिनु हुँदैन भन्ने होइन। नेपालले आफ्नो राष्ट्रिय हितलाई सर्वोपरी राखेर छिमेकीहरुसँग, विदेशहरुसँग सम्बन्ध राख्नुपर्छ। र बीआरआईबाट हामीले लोन चाही लिनै हुँदैन भन्ने खालको जुन कुराहरु आएको छ। यो पूर्वागहपूर्ण कुराहरु मात्रै हो।
ताजा
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न
२०८३ कार्तिक १५ गते, आईतवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक १० गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





