प्रधानमन्त्री भन्छन् चीन भ्रमणमा ऋणसम्बन्धी कुनै सम्झौता हुँदैन

२०८१ मंसिर १० गते, सोमबार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले यही मङ्सिर १७ गतेदेखि हुने आफ्नो यस पटकको औपचारिक चीन भ्रमणमा क्रममा कुनै ऋणसम्बन्धी सम्झौता नहुने स्पष्ट पारेका छन्।

आसन्न चीन भ्रमणका सम्बन्धमा सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्र मन्त्रीहरूसँगको छलफलमा प्रधानमन्त्री ओलीले बिआरआई ऋणको परियोजना नभएको उल्लेख गर्दै चीनसँग ऋण लिने र नलिने भन्ने अहिले विवादको विषय नभएको स्पष्ट पारे।

‘हामीलाई आवश्यक भएमा जुनसुकै मुलुक र निकायबाट राष्ट्रिय स्वार्थका आधारमा ऋण वा अनुदान लिन सक्छौँ । ऋणको पासोमा पार्न ऋण लिइँदैछ भनेर गरिने अनावश्यक हल्लामा हामी लाग्नु हुँदैन। चीनसँग हाम्रो लामो र मित्रवत् सम्बन्ध छ। दुई देशको मित्रतालाई थप बहुआयामिक बनाउन यो भ्रमण गर्न लागिएको हो ।’, प्रधानमन्त्री ओलीले भने, ‘हामी पहिला जुन मुलुकको भ्रमणमा गए पनि देशको सार्वभौमिकता, स्वाधीनता र स्वतन्त्रता अन्तर्राष्ट्रिय हितसहितको राष्ट्रहितलाई सर्वोपरी प्राथमिकतामा राख्छौँ । त्यसकारण यो भ्रमण सफल हुन्छ । सरकारमा रहेका नेपाली काँग्रेस र नेकपा ९एमाले० का बीचमा भ्रमणका विषयमा विवाद छ भनेर भ्रम फिँजाउनुको कुनै अर्थ छैन । विश्व शान्ति र नेपालको हितमा बाहेक हामी अरु कुनै काम हामी गर्दैनौँ म साथीहरूलाई यसमा ढुक्क हुन आग्रह गर्दछु ।’

उनले चीन भ्रमणमा विशेषगरी विगतमा भएका सहमति र सम्झौताको प्रभावकारी कार्यान्वयनका साथै प्रसारण लाइन विस्तार, नेपालको उत्पादन चीनमा निर्यात र अन्य सहयोगका विषयमा छलफल हुने गरी तयारी भएको जानकारी दिए ।

90 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

बिबेक महर्जनको नयाँ गीत ‘ढ्याप्पा’ सार्वजनिक

२०८३ बैशाख २७ गते, आईतवार

गायक कुमार पौडेलको ल्याए ‘युपी बिहार’

२०८३ बैशाख २७ गते, आईतवार

मोफसलबाट ‘रोल नं १’को प्रचार सुरु

२०८३ बैशाख २५ गते, शुक्रबार

वर्षाअघि नै संकट व्यवस्थापन हुन अति आवश्यक

२०८३ बैशाख २५ गते, शुक्रबार

सार्वजनिक जग्गा खाली गर्नु नै उचित

२०८३ बैशाख २५ गते, शुक्रबार

प्रदेश हटाउँ, समानुपातिक सिट खारेज गरौँः गोकुल बास्कोटा

२०८३ बैशाख २४ गते, बिहीबार

आज प्रधानन्यायाधीश सिफारिसका लागि संवैधानिक परिषद्को बैठक बस्दै

२०८३ बैशाख २४ गते, बिहीबार

दश समस्याग्रस्त सहकारीका ठूला ऋणीको नाम सार्वजनिक

२०८३ बैशाख २४ गते, बिहीबार

विद्यार्थी र कर्मचारीतन्त्रको पार्टीकरणले देशको प्रणालीलाई नै ध्वस्त पारेः प्रधानमन्त्री

२०८३ बैशाख २२ गते, मंगलवार

सरकारले ट्रेड युनियन खारेज गर्ने निर्णय गरेपछि अध्यक्ष भट्टले सरकारलाई अन्तर्राष्ट्रिय इतिहास यसरी सम्झाए

२०८३ बैशाख २२ गते, मंगलवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal