अपडेटः खुम्बु क्षेत्रमा भीषण बाढी, बगायो दुई होटल
२०८१ श्रावण ३२ गते, शुक्रबार
काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–५ को टासी लाप्चा क्षेत्रमा लेदोसहित भीषण बाढी आउँदा दुईवटा होटल बगाएको छ।
हिमताल फुटेको अथवा हिमपहिरो गएको यकिन भइसकेको छैन। घटनास्थलतर्फ सुरक्षाकर्मी गइसकेका छन्। जल तथा मौसम विज्ञान विभागले जोरसल्लेदेखि तल दूधकोसीको तटीय क्षेत्रमा हुनेहरूलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
थुलुङ दुधकोसी गाउँपालिकाले पनि सूचना जारी गरेर थामे क्षेत्रमा आएको बाढीका कारण केही घर बगाएको सूचना प्राप्त भएको जनाएको छ। गाउँपालिकाले दूधकोसी नदी किनारका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई सचेत र सुरक्षित स्थानमा अस्न आग्रह गरेको छ।
20 Views