‘नरसिंहा अवतार’ मा मोडल सनिशा

२०८१ श्रावण ३२ गते, शुक्रबार

काठमाडौं। अभिनेता राजेश हमालले कमब्याक गर्न लागेको फिल्म ‘नरसिंहा अवतार’ मा मोडल सनिशा भट्टराई भित्रिएकी छन्। उनीसँग यसै साता निर्माताले कागजी सम्झौता गरेका हुन् । सनिशासँगै अर्की अभिनेत्री नीति शाहको शिर्ष भूमिका हुने भएको छ।

सनिशाको यो दोस्रो फिल्म हुनेछ । उनले विराज भट्टको निर्देशनमा बनेको ‘१२ गाउँ’बाट डेब्यु गरेकी हुन्, जुन दशैंको फूलपातीमा रिलिज हुँदैछ । म्यूजिक भिडियोमा आफूलाई स्थापित गरेकी सनिशाले फिल्म उद्योगमा छलाङ मारेकी छन् ।

‘नरसिंहा अवतार’को निर्देशन दीवाकर भट्टराईले गर्नेछन् । उनले यसअघि ‘ऐश्वर्य’, ‘क्याप्टेन’, ‘मायावी’, ‘स्टुपिड मन’ जस्ता फिल्मको निर्देशन गरिसकेका छन् । क्रिएटिभ सिने आर्टको प्रस्तुतिमा बन्न लागेको फिल्मको बजेट अनुमानित तीन करोड हुने बताइएको छ । फिल्ममा अभिनेता राज कटुवालको पनि अभिनय रहने जनाइएको छ । आगामी भदौबाट छायांकन सुरु गर्ने तयारी गरिएको छ ।

132 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

ईश्वरी बरालको नयाँ गीत ‘दही दिन्छु मोही दिन्छु’ सार्वजनिक

२०८३ जेष्ठ १७ गते, आईतवार

चाँगुनारायण नगरपालिका अब ‘योगनगर’

२०८३ जेष्ठ १७ गते, आईतवार

स्रष्टा नेपालको यात्रा भिमानमा ‘उज्यालो औंसी’ माथि चर्चा

२०८३ जेष्ठ १७ गते, आईतवार

नेपालको बलियो बजेटको लक्ष्य नै धनी र गरिबबीच अन्तर साँघरो बनाउने भन्ने थियो, त्यो लक्ष्य कहाँ पुग्यो ?

२०८३ जेष्ठ १७ गते, आईतवार

बजेटः ३६० वस्तुको अन्तःशुल्क खारेज

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेटः १० लाखसम्मको आम्दानीमा १ प्रतिशत आयकर

२०८३ जेष्ठ १५ गते, शुक्रबार

बजेट भाषण शुरु, नेपाली कागजको फाइलमा बजेट बोकेर अर्थमन्त्री क्याबिनेटमा

२०८३ जेष्ठ १५ गते, शुक्रबार

चारवटा शैक्षिक परामर्श व्यवसायीले दिए सरकारलाई यस्तो सुझाव

२०८३ जेष्ठ १५ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal