यी हुन् थाइल्याण्डकी सबैभन्दा कान्छी प्रधानमन्त्री
काठमाडौं । थाइल्यान्डको संसदले देशका पूर्व प्रधानमन्त्री तथा अरबपति व्यापारी थाक्सिन सिनावात्राकी छोरी पेटोङटार्न सिनावात्रालाई देशको नयाँ प्रधानमन्त्रीको रूपमा छनोट गरेको छ।
३७ वर्षको उमेरमा प्रधानमन्त्री बनेकी उनी देशको सबैभन्दा कान्छी प्रधानमन्त्री बनेकी छिन् । उनी आफ्नी फुपु यिङलकपछि यस पदमा नियुक्त हुने दोस्रो महिला बन्नेछिन्।
उनको चयन पूर्व प्रधानमन्त्री स्रेथा थाविसिनलाई संवैधानिक अदालतले बर्खास्त गरेको दुई दिनपछि भएको हो। बर्खास्त भएका र नवनियुक्त प्रधानमन्त्री दुवै फेउ थाई पार्टीका हुन्, जसले सन् २०२३ को चुनावमा दोस्रो स्थान प्राप्त गरेर सत्तारूढ गठबन्धन बनाएको थियो।
पेटोङटार्नलाई थाइल्यान्डको अवरुद्ध अर्थतन्त्रलाई पुनर्जीवित गर्ने चिनौती छ । यसका साथै उनलाई सैन्य कू र अदालतको हस्तक्षेपबाट बच्ने चुनौती पनि छ जसले उनको पार्टीको नेतृत्वमा गठन भएका यसअघिका चारवटा प्रशासनहरूलाई बर्खास्त गरेको छ ।
शुक्रबार उनको पक्षमा ३१९ मत र उनको विरोधमा १४५ मत परेको थियो । पेटोङटार्न विगत दुई दशकमा प्रधानमन्त्री बन्ने सिनावात्रा कुलकी चौथो सदस्य हुन्। उनका बुबा थाक्सिन र फुपु यिङलकसहित अन्य तिनलाई सैन्य कू वा संवैधानिक अदालतको फैसलाद्वारा पदच्युत गरिएको थियो।
सोही अदालतले बुधबार अघिल्ला प्रधानमन्त्री थाभिसिनलाई आफ्नो मन्त्रीमण्डलमा एक पटक जेलमा परेका पूर्व वकिल नियुक्त गरेकोमा बर्खास्त गरेको थियो। प्रधानमन्त्रीको उम्मेदवार बनेपछि पेटोङटार्नले बिहीबार फेउ थाईको मुख्यालयमा पत्रकारहरूसँग कुरा गर्दै श्रीथाको कामको प्रशंसा गरिन् र उनलाई बर्खास्त गरिनु दुर्भाग्यपूर्ण भएको बताइन् ।
थाइल्यान्डका कुलीन विद्यालयहरू र बेलायतको विश्वविद्यालयमा शिक्षित उनले सिनावात्रा परिवारको रेन्डे होटल समूहमा काम गर्दै केही वर्ष बिताएकी थिइन् जहाँ उनका श्रीमान् लगानी अधिकारीका रूपमा कार्यरत थिए। उनी सन् २०२१ मा फेउ थाईमा सामेल भइन् र अक्टोबर २०२३ मा पार्टीको नेता नियुक्त भइन्।
नवनियुक्त प्रधानमन्त्रीका पिता थाक्सिन पहिलो पटक सन् २००१ मा प्रधानमन्त्री बनेका थिए, तर सन् २००६ मा सैन्य कूद्वारा उनको सरकार अपदस्थ भएपछि उनको दोस्रो कार्यकाल अचानक समाप्त भयो। त्यसपछि देश छोडेका थाक्सिन श्रीथा प्रधानमन्त्री निर्वाचित हुनुभन्दा केही घन्टाअघि गत अक्टोबरमा १५ वर्षको निर्वासनपछि थाइल्यान्ड फर्केका थिए।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





