दोलखाका मन कृष्ण श्रेष्ठद्वारा लायन्समा उम्मेदवारी दर्ता

२०८१ बैशाख १३ गते, बिहीबार

काठमाडौं । लायन्स इन्टरनेशनल डिष्ट्रिक्ट ३२५ ‘एल’ को लायन वर्ष २०२४–२५ का लागि सेकेण्ड भाइस डिष्ट्रिक्ट गर्भनर पदमा दोलखाका समाजसेवी एवं व्यवसायी मन कृष्ण श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् । यहि बैशाख २२ गते पोखरामा आयोजना हुने डिष्ट्रिक्ट ३२५ ‘एल’ का दोस्रो महाधिवेशनमा उनी चुनिने छन् ।

श्रेष्ठलाई उनको मातृ क्लब लायन्स क्लब अफ काठमाडौं गौरीशंकरले उम्मेदवार बनाएको हो । डिष्ट्रिक्ट गर्भनर नोमिनेसन कमिटीका अध्यक्ष एवं लायन्सका पूर्व डिष्ट्रिक्ट गभर्नर गौतममान श्रेष्ठलाई विधिवत रुपमा उनले उम्मेदवारी दरखास्त हस्तान्तरण गरेका हुन् ।

भीमेश्वर–३, दोलखाका स्थायी बासिन्दा श्रेष्ठ लायन्स अभियानमा एक दशकदेखि विभिन्न पदमा क्रियाशील रहँदै आएका छन् । लायन्स इन्टरनेसनलको विधी र बिधान अनुसार श्रेष्ठले लायन्स क्लब अफ काठमाडौं गौरीशंकरमा क्लब प्रेसिडेन्ट र साविकको डिष्ट्रिक्ट ३२५ ‘बी वन’ मा जोन चेयरपर्सन, डिपार्टमेन्ट अफिसर, पिआरओ र क्लष्टर चीफको रुपमा जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

साविकको डिष्ट्रिक्ट ३२५ ‘बी वन’ बाट ‘रिडिष्ट्रिक्टिङ’ पछिको डिष्ट्रिक्ट ३२५ ‘एल’ मा पि. आर. ओ. इन चीफ र डिपार्टमेन्ट चीफका रुपमा तोकिएको जिम्मेवारीहरु सफलतापूवर्क सम्पन्न गरेको श्रेष्ठसँग अनुभव रहेको छ । लायन्स इन्टरनेसनलबाट विभिन्न पदकहरु, अन्तराष्ट्रियस्तरका तालिमहरुमा सहभागिता र वर्ष लायन सदस्यका रुपमा धेरै पटक पुरस्कृत भएका उनलाई लायन्सका सदस्यहरु क्लबलाई माया गर्ने र डिष्ट्रिक्टलाई उत्कृष्ट बनाउन अहोरात्र खट्ने लिडरका रुपमा चित्रण गर्छन् ।

मानवीय सेवा, सामुदायिक तथा सामाजिक सेवामा अभिरुची भएका श्रेष्ठ ई–कमर्शको क्षेत्रमा समेत दख्खल राख्छन् । ग्रीन बिजिनेस हाउस प्रा। लि, ग्रीन टेक्नोलोजी प्रा। लि र सुप्र आईटी प्रालिका प्रबन्ध निर्देशक रहेका श्रेष्ठ सुकुटेमा रहेको ह्वाइट लीफ रिसोर्ट र इष्टकोष्ट होलिडे होटल प्रा। लिका निर्देशक रहेका छन् । यस्तै, सिन्धु विकास बैंक लि, ग्लोबल टेलिभिजन, ओमेगा इनर्जी डेभेलपमेन्ट प्रालि र हाम्रो संगोल बिजिनेस प्रालिका प्रबद्र्धक रहेका छन् ।

उम्मेदवारी दर्तासँगै श्रेष्ठले आफ्नो डिष्ट्रिक्टलाई नेपालमा रहेका १५ वटा डिष्ट्रिक्टमध्ये उत्कृष्ट बनाउने उद्घोष गरेका छन् । क्लबहरुले गरेका मानवीय, सामुदायिक तथा सामाजिक कार्यहरुलाई आम जनसमुदायसम्म पुर्याउन र स्थानीय आवश्यकता अनुसारका कामहरु गर्दै जाने उनको भनाई थियो । डिष्ट्रिक्ट ३२५ ‘एल’ का पूर्व डिष्ट्रिक्ट गभर्नर मणिश्री रत्न बज्राचार्य, फस्ट डिष्ट्रिक्ट भाइस गर्भनर सुमन भट्टलगायत लायन लिडरहरुले विजयका निम्ति श्रेष्ठलाई शुभकामना दिएका थिए ।

नेपालमा लायन्स इन्टरनेसनलका ४ वटा डिष्ट्रिक्ट रहेकोमा दुई वर्ष अघि ‘रिडिष्ट्रिक्टिङ’ पछिको डिष्ट्रिक्ट ३२५ अन्तर्गत १५ वटा डिष्ट्रिक्टहरु रहेका छन् । यस्तै, यी सबै डिष्ट्रिक्टहरु समावेश भएको एउटा मल्टिपल डिष्ट्रिक्ट रहेको छ ।

157 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal