छैटौं सगरमाथा म्युजिक अवार्ड देश बाहिर हुने

२०८१ बैशाख १३ गते, बिहीबार

काठमाडौं– छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ हुने भएको छ । अवार्डको छैटौं संस्करणको लागि आवेदन खुल्ला भएको आयोजक अर्थ नेपाल प्रालिद्धारा जारी विज्ञप्तीमा जनाइएको छ ।
‘नेपाली कला र श्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मुल नाराको साथ हुन लागेको अवार्डमा २०८० बैशाखदेखी चैत्रसम्म बजारमा आएका गीत संगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम संयोजक मनोज थापाले जानकारी दिए ।
सगरमाथा म्युजिक अवार्डका पाँच संस्करण भब्य रुपमा सम्पन्न भइसकेको छ । छैटौं संस्करण भने विदेशमा आयोजना गरिने आयोजक संस्थाले जनाएको छ ।
छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरुले सहभागी हुन सक्ने छन् । अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाईफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ । अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारहरुलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपालले जनाएको छ । त्यसै एक जना अग्रज रंग पत्रकारलाई नगदसहित रजत पत्रकारिता सम्मान गरिने छ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले बताए । छैटौं संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८१ आयोजक समितिमा कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, कार्यक्रम संयोजक मनोज थापा, सनम कठायत, उषा सुवेदी, मुकुन्द बस्नेत र कुशल खत्री रहेका छन् ।

38 Views

ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक

२०८१ माघ १६ गते, बुधबार

एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)

२०८१ माघ १६ गते, बुधबार

बिक्न छाडे ठेकी र मदानी

२०८१ माघ ८ गते, मंगलवार

ताइवानमा शक्तिशाली भूकम्प

२०८१ माघ ८ गते, मंगलवार

राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई

२०८१ माघ ८ गते, मंगलवार

चैत ५ गते स्ववियु निर्वाचन

२०८१ माघ ८ गते, मंगलवार

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ

२०८१ माघ ८ गते, मंगलवार

सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने

२०८१ माघ ५ गते, शनिबार

साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा

२०८१ माघ ४ गते, शुक्रबार

३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा

२०८१ माघ ४ गते, शुक्रबार

लोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

राजकुमारको कृषि कथाः कर्म गर, सफलता पछिपछि आउँछ

२०८० असार २४ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal