छ छक्का प्रहार गरेर विश्व हल्लाएका दीपेन्द्रको आईसीसी वरीयतामा छलाङ

२०८१ बैशाख ५ गते, बुधबार

काठमाडौं । ओमानमा जारी एसीसी प्रियिमर कप प्रतियोगितामा छ छक्का प्रहार गरेर विश्वभर चर्चित भएका नेपालका दीपेन्द्रसिंह ऐरी आईसीसी वरीयताको उच्च स्थानमा पुग्ने नेपाली खेलाडी बनेका छन् ।

आईसीसीले मंगलबार जारी गरेको नयाँ आईसीसी वरीयताअनुसार दीपेन्द्र टी– २० अलराउन्डरमा १४ स्थानमा छलाङ लगाउँदै ११औँ स्थानमा आइपुगेका छन् । नयाँ वरीयता जारी गरेपछि आईसीसीले दीपेन्द्रबारे कभर स्टोरीसमेत प्रकाशित गरेको छ ।

दीपेन्द्रले अस्ट्रेलियाका वर्तमान कप्तान मिचेल मार्स, वेस्ट इन्डिजमा विस्फोटक अलराउन्डर रोमारियो सेफर्ड, अस्ट्रेलियाका ग्लेन म्याक्सवेललगायतका खेलाडीलाई पछाडि पारेका छन् । यो विधामा बंगलादेशका शाकिब अल हसन एक नम्बरमा छन् ।

नेपालका कप्तान रोहित पौडेलले भने टी– २० अलराउन्डरमा ६ स्थान गुमाएका छन् । उनी ६२औँ स्थानमा पुगेका छन् । यथास्थानमा रहेका गुल्सन झा ६९औँ स्थानमा छन् । तीन स्थान गुमाएका करण केसी ८०औँ स्थानमा छन् ।

यस्तै, ब्याटिङतर्फ रोहित पौडेल दुई स्थान गुमाएर ५४औँ स्थानमा छन् भने दीपेन्द्र १६ स्थान सुधारेर ६२औँ स्थानमा पुगेका छन् । यस्तै, आसिफ शेख ३६ स्थान सुधार गर्दै ७५औँ स्थानमा आइपुगेका छन् । उनी पहिलोपटक टप १०० भित्र परेका हुन् । कुशल मल्ल ९ स्थान सुधार गरेर १००औँ स्थानमा परेका छन् । टी– २० बलिङतर्फ नेपालका कुनै पनि खेलाडी टप सयभित्र छैनन् ।

163 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal