पुरुष र पुरुषत्वसम्बन्धी स्रोत केन्द्रको उद्घाटन
काठमाडौं । ‘नारीवादको मान्यता र नारीवादी भन्ने शब्दावली पनि स्टिरियोटाइपकै कारण सीमित भएको छ झैं मलाई लाग्छ ।’‘पुरुषप्रधान समाजको संरचना तथा वैचारिकी नारीका निम्ति त हानिकारक छँदैछ नै, यो पुरुषको निम्ति पनि ठिक छैन ।’
माथिका हरफहरु हामी दाजुभाइ नामक संस्थाले आफ्नो कार्यालय, ज्वागलमा यही हप्ता पुरुष र पुरुषत्वसम्बन्धि स्रोत केन्द्रको उद्घाटन गर्ने क्रममा संस्थाका अध्यक्ष सञ्जोग ठकुरी र उपाध्यक्ष पुजा श्रेष्ठले वाचन गरेका ‘महिलावाद’ र ‘अपरजित अपराजिता’ नामक पुस्तकका अंश हुन् । वैशाख महिनाको पहिलो हप्ता आफ्नो पाँचौ वार्षिकोत्सवको अवसर पारेर सो केन्द्रको उद्घाटन गरिएको हो । नेपालमा महिलावाद र लैगिंंक अध्ययन शुरु गर्ने मध्यकी एक प्रा. डा. बिन्दु पोख्रेल, त्रि. वि.लैंगिक अध्ययन विभागका प्रमुख सुदिप नकर्मी र ललितपुर महानगरपालिका, सामुदायिक शाखाकी प्रमुख सरिता महर्जनद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको सो स्रोत केन्द्रले नेपालमा पुरुष र पुरुषत्वसम्बन्धि अध्ययनका लागि भएको पाठ्य सामाग्रीको अभावलाई केही हदसम्म भएपनि न्युनीकरण गर्ने विश्वास लिइएको छ ।उद्घाटनका क्रममा नकर्मीले पुरुषहरु माहिलावादी हुने मात्रै होइन कि एक असल र उदाहरणीय पुरुष बन्न पनि सक्छन् भन्ने विचार व्यक्त गरेका थिए । त्यस्तै प्रा. डा .पोख्रेलले महिलावाद र लैंगिक अध्ययन महिलाले मात्र पढ्ने होइन कि पुरुषहरुले नै पढ्नु पर्ने विषय भएकोेले आफूहरुले यो विषयको अध्ययन र अध्यापनलाई नेपालमा शुरुवात गरेको र त्यो विषय सुरुमा अध्ययनका लागि पद्म कन्या क्याम्पसमा व्यवस्था मिलाइएको र त्यहाँ पुरुषहरुलाई अध्ययनको अनुमति नभएकोले डिल्लीबजारमा भाडामै भएपनि स्थान व्यवस्था गरेर सुरुवात गरेको स्मरण गरिन् ।

त्यस्तै अर्की वक्ता महर्जनले समाजमा महिलामाथि हुने हिंसा दुव्र्यवहार अन्त्यका लागि पुरुषहरु नै अग्रसर हुनुपर्ने, महिलावादलाई बुझ्नुपर्ने र त्यसको लागि महानगरपालिकाले हामी दाजुभाइसँग मिलेर कलेजहरुमा विमेन क्लब गठन गरी यो विषयमा बुझ्ने र बुझाउने कार्यको थालनी चार वर्ष अगाडि नै गरिसकेको र त्यसको निरन्तरता अव स्कुलहरुमा पनि गर्नका लागि बजेट विनियोजनसमेत गरिसकेको कुरा व्यक्त गरिन् । कार्यक्रममा आयोजक संस्थाका अध्यक्षले संस्था स्थापना गर्नुको कारण र पाँचौ वर्षमा प्रवेश गरिरहँदाका आरोह अवरोहबारे स्मरण गरेका थिए भने संस्थाकी उपाध्यक्ष श्रेष्ठले स्रोत केन्द्र स्थापना गर्नुको उपदेयतामाथि प्रकाश पारेकी थिइन् । कार्यक्रममा महानगरपालिका, महिला विकास शाखाकी सोनु खड्का, सस्थाका कार्यसमिति सदस्य सुलभ गिरी, लैंगिक अध्ययनका विद्यार्थीहरुलगायत विभिन्न अभियन्ताहरुको उपस्थिति रहेको थियो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





