दीपक मनाङे गण्डकीको भौतिक पूर्वाधारमन्त्री
२०८० चैत्र ५ गते, सोमबार
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री नियुक्त गरेका छन् । प्रदेशमा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री अल्पमतमा छन् ।
मनाङेलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक नरहरि सापकोटाले जानकारी दिए । नवनियुक्त मन्त्री मनाङेले आजै शपथ लिने कार्यक्रम छ ।
आइतबार मात्र मनाङेले आफूलाई स्वतन्त्र सांसद कायम राखिदिन प्रदेश सभा सचिवालयमा निवेदन दिएका थिए । यसअघि उनी नेकपा एकीकृत समाजवादीमा थिए ।
42 Views