राष्ट्रियसभा अध्यक्ष निर्वाचन, आज उम्मेदवारी दर्ता

२०८० फाल्गुन २८ गते, सोमबार

काठमाडौं। ​राष्ट्रिय सभा अध्यक्षको पद यही फागुन २१ गतेदेखि रिक्त छ। निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ।

संघीय संसद् सचिवालयले भोली फागुन २९ गते लागि सार्वजनिक गरेको निर्वाचनको तालिकाअनुसार आज बिहान ११ बजे देखि दिउँसो १ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रभित्र रहेको संसद् भवनको ल्होत्से हलमा उम्मेदवारी दर्ताको समय तोकिएको छ।

राष्ट्रिय सभा अध्यक्षका लागि नेकपा ९माओवादी केन्द्र० र नेपाली कांग्रेसले उम्मेदवार तय गरेका छन्। अध्यक्षका लागि हुने निर्वाचनमा नेपाली कांग्रेसले युवराज शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। माओवादी केन्द्रले नारायण दाहाललाई उम्मेदवार बनाउने भएको छ।

निर्वाचन कार्यतालिका अनुसार आज साढे १ बजे उम्मेदवारको नामावली प्रकाशित गरिनेछ। भोलि मंगलबार बिहान ११ः०९ बजे बस्ने बैठकमा अध्यक्ष चयन प्रक्रिया अघि बढाइने कार्यतालिका छ।

राष्ट्रियसभा नियमावली २०७५ को नियम ७ बमोजिम अध्यक्षको निर्वाचन मिति तोकिएपछि सोही नियमावलीको नियम ७ को उपनियम १ अनुसार आइतबार संसद् सचिवालयले निर्वाचन कार्यक्रमसम्बन्धी सूचना प्रकाशन गरेको छ।

145 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

पुर्ण पाण्डेले गरे भक्तपुर नापी कार्यालयमा चमत्कार

२०८३ भाद्र ९ गते, मंगलवार

‘एलिफेन्ट्स इन द फग’का निर्मातालाई प्रश्न– यो तेस्रोलिंगीहरूको कथाको सिनेमा हो ?

२०८३ भाद्र ८ गते, सोमबार

‘द राइज अफ साम्राज्य’मा अञ्जनाको प्रवेश

२०८३ भाद्र ८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को तीज गीत सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

पीडामा पनि छोरीको मायाले बाँच्ने साहस : ‘नौ गेडी–२’ सार्वजनिक

२०८३ भाद्र ८ गते, सोमबार

लायन सानु सुर्खाली श्रेष्ठको माइत आइन बजारमा (भिडियोसहित)

२०८३ भाद्र ८ गते, सोमबार

साढे ५ महिनापछि काठमाडौं ओर्लिए देउवा

२०८३ श्रावण २८ गते, बिहीबार

‘बा : एक योद्धा’का दुई गीतलाई दर्शकले दिए रेटिङ

२०८३ श्रावण २८ गते, बिहीबार

पत्रकार किशोर श्रेष्ठलाई रिहा गर्न माग गर्दै पत्रकार महासंघ आन्दोलित

२०८३ श्रावण २८ गते, बिहीबार

रोल्पाको थबाङमा पहिरो जाँदा तीन जनाको मृत्यु, नौ जना बेपत्ता

२०८३ श्रावण २८ गते, बिहीबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal