बाग्लुङ पञ्चकोटमा आध्यात्मिक रचना वाचन तथा जल संरक्षणमा प्रतिबद्धता

२०८० फाल्गुन २२ गते, मंगलवार

सुभाषचन्द्र पौडेल
बाग्लुङ ।सर्वसिद्धिधाम पञ्चकोट, बागलुङमा गत फागुन ०९ गतेदेखि सञ्चालन भइराखेको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ २०८० मा फागुन २० गते भाषा, साहित्य, संस्कृति एवम् संरक्षण विषयक विशेष कार्यक्रम अनन्तश्री विभूषित स्वामी कमलनयनाचार्यको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रमका अध्यक्ष स्वामी कमलनयानाचार्यले साहित्यका माध्यमबाट धर्म, संस्कृति, राष्ट्र र जल संरक्षणमा टेवा पुर्याउन साहित्यकारहरू प्रतिबध्द भएकोमा खुसी व्यक्त गर्दै आभार प्रकट गरेका थिए।

कार्यक्रमका संयोजक साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले धर्म, संस्कृति, राष्ट्र र जल संरक्षणमा साहित्यकारहरू प्रतिबद्ध रहेको कुरा बताइरहँदा सङ्कल्पमा सबै साहित्यकारहरूले ऐक्यबद्धता जनाएका थिए।

स्वामी नारायणाचार्य,प्रा।डा।कुशुमाकर न्यौपाने तथा प्रा।डा।
जगन्नाथ रेग्मी, सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, प्राज्ञ प्रेम छोटा, काजी रोशन, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, सापस अध्यक्ष तथा कार्यक्रम संयोजक राधेश्याम लेकालीको मुख्य आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रा।डा।जगन्नाथ रेग्मीले
ुसाहित्यमा काली गण्डकीुविषयक कार्यपत्र पेश गरेका थिए भने प्रा।डा। कुशमाकर न्यौपानेले उक्त कार्यपत्रमाथि संक्षिप्त टिप्पणी गरेका थिए।

कार्यक्रममा बागलुङ,पोखरा तथा काठमाडौंबाट सहभागी कवि तथा कवयित्रीहरूले आध्यात्मिक रचना वाचन गरेका थिए भने सङ्गीतकार तथा गायक नरहरि प्रेमी र कमला रिसालले साङ्गीतिक भजन गाएका थिए।

कार्यक्रममा कवि तथा कवयित्रीहरू राधेश्याम लेकाली, गीता कार्की, विष्णु मैत्री, विक्रमध्वज जोशी, मीना श्रेष्ठ, रामचन्द्र शर्मा, सन्तु श्रेष्ठ, धनराज काफ्ले, दुर्गा दृशी अधिकारी, नीता श्रेष्ठ, पारू तिमिल्सिना, महेशचन्द्र प्रधान, प्रेम छोटा, हरिश कल्पित, सुभाषचन्द्र पौडेलुभीमफेदीयाु, रविना कँडेल, द्वारिका ढु्ङ्गाना तथा मन्दिला अनिलले आ–आफ्ना रचना वाचन गरेका थिए।

कार्यक्रम संयोजक राधेश्याम लेकालीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन मन्दिला अनिलले गरेकी थिइन्।

 

163 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal