बाग्लुङ पञ्चकोटमा आध्यात्मिक रचना वाचन तथा जल संरक्षणमा प्रतिबद्धता

२०८० फाल्गुन २२ गते, मंगलवार

सुभाषचन्द्र पौडेल
बाग्लुङ ।सर्वसिद्धिधाम पञ्चकोट, बागलुङमा गत फागुन ०९ गतेदेखि सञ्चालन भइराखेको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञ २०८० मा फागुन २० गते भाषा, साहित्य, संस्कृति एवम् संरक्षण विषयक विशेष कार्यक्रम अनन्तश्री विभूषित स्वामी कमलनयनाचार्यको अध्यक्षतामा सम्पन्न भएको छ।

कार्यक्रमका अध्यक्ष स्वामी कमलनयानाचार्यले साहित्यका माध्यमबाट धर्म, संस्कृति, राष्ट्र र जल संरक्षणमा टेवा पुर्याउन साहित्यकारहरू प्रतिबध्द भएकोमा खुसी व्यक्त गर्दै आभार प्रकट गरेका थिए।

कार्यक्रमका संयोजक साहित्यिक पत्रकार सङ्घका अध्यक्ष राधेश्याम लेकालीले धर्म, संस्कृति, राष्ट्र र जल संरक्षणमा साहित्यकारहरू प्रतिबद्ध रहेको कुरा बताइरहँदा सङ्कल्पमा सबै साहित्यकारहरूले ऐक्यबद्धता जनाएका थिए।

स्वामी नारायणाचार्य,प्रा।डा।कुशुमाकर न्यौपाने तथा प्रा।डा।
जगन्नाथ रेग्मी, सापसका पूर्व अध्यक्ष नरेन्द्रबहादुर श्रेष्ठ, प्राज्ञ प्रेम छोटा, काजी रोशन, कोशी प्रदेश सांसद मीना श्रेष्ठ, सापस अध्यक्ष तथा कार्यक्रम संयोजक राधेश्याम लेकालीको मुख्य आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रा।डा।जगन्नाथ रेग्मीले
ुसाहित्यमा काली गण्डकीुविषयक कार्यपत्र पेश गरेका थिए भने प्रा।डा। कुशमाकर न्यौपानेले उक्त कार्यपत्रमाथि संक्षिप्त टिप्पणी गरेका थिए।

कार्यक्रममा बागलुङ,पोखरा तथा काठमाडौंबाट सहभागी कवि तथा कवयित्रीहरूले आध्यात्मिक रचना वाचन गरेका थिए भने सङ्गीतकार तथा गायक नरहरि प्रेमी र कमला रिसालले साङ्गीतिक भजन गाएका थिए।

कार्यक्रममा कवि तथा कवयित्रीहरू राधेश्याम लेकाली, गीता कार्की, विष्णु मैत्री, विक्रमध्वज जोशी, मीना श्रेष्ठ, रामचन्द्र शर्मा, सन्तु श्रेष्ठ, धनराज काफ्ले, दुर्गा दृशी अधिकारी, नीता श्रेष्ठ, पारू तिमिल्सिना, महेशचन्द्र प्रधान, प्रेम छोटा, हरिश कल्पित, सुभाषचन्द्र पौडेलुभीमफेदीयाु, रविना कँडेल, द्वारिका ढु्ङ्गाना तथा मन्दिला अनिलले आ–आफ्ना रचना वाचन गरेका थिए।

कार्यक्रम संयोजक राधेश्याम लेकालीको स्वागत मन्तव्य रहेको उक्त कार्यक्रमको सञ्चालन मन्दिला अनिलले गरेकी थिइन्।

 

150 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

३८४ जना पर्यटक सम्पर्कविहीन

२०८३ भाद्र १० गते, बुधबार

प्रधानमन्त्रीलाई मार्ने धम्की दिने युवक पक्राउ

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal