भोलि शिव पार्वती रथ यात्रा हुने
काठमाण्डौ । भोलि बुधबार १४ औं शिव पार्वती रथ यात्रा हुने भएको छ । म।नब कल्याण अध्यात्मिक प्रतिष्ठान, केन्द्रिय समिति परिवार र श्री कलममसी कल्पेश्वर महादेब तथा कालिकादेवी मन्दीर विकास समाजको संयुक्त आयोजनामा हुने शिव पार्वती रथ यात्रामा हजारौंको संख्यामा भक्तजनहरु सहभागी हुने भएका छन् । सो अवसरमा मानब कल्याण अध्यात्मिक प्रतिष्ठानद्धारा आयोजित विशाल शिव पार्वती रथ यात्रा तथा चाँगुनारायण नगरपालिकामा अवस्थीति १०८ फिट अग्लो कल्पेश्वर महादेब स्थापना स्थलमा समापन समारोह हुने भएको हो ।
सो दिन महामृत्यंजय होम, चिरशान्ति होम, पितृमोक्ष होम, कल्पेश्वर कार्यसिद्धि होम हुने म।नब कल्याण अध्यात्मिक प्रतिष्ठानका संरक्षक शिवतान्त्रिक बुद्धिकुमार गुरुले बताउनु भएको छ । सहभागी हुन चाहने भक्तजनहरुका लागि फागुन २३ गतेका दिन ललितपुरको बालकुमारी मन्दीरबाट विहान ८ बजेदेखि बसको सुविधा पनि गरिएको गुरुले बताउनु भएको छ । उहाँले सो दिन भक्तजनहरुका लागि रथयात्रा बिर्सजन समारोह स्थल कलममसीमा प्रसाद ग्रहणको व्यवस्था पनि गरिएको बताउनु भयो । मानव कल्याण प्रतिस्थानले भक्तपुरको कलममसीमा १ सय ८ रोपनी क्षेत्रफलमा कल्पेश्वर महादेवको १०८ फिट अग्लो मुर्ति बनाइरहेको छ । ाथै सो क्षेत्रमा प्रतिष्ठानले बुद्ध, मायावती, बुद्धका ७ पाइला र १ सय ८ आवल ब्रम्हचारी बालागुरु षडानन्दको मुर्ति समेत राखिन लागेको जनाएको छ । खासगरी हिन्दु धर्मावलम्बीहरुलाई धार्मिक प्रेरणा जगाउन र सो क्षेत्रमा धार्मिक पर्यटन प्रर्बद्धन समेत गर्न मुर्ति बनाउन लागिएको प्रतिष्ठानले जनाएको छ । मुर्ति निर्माण कार्य तीव्र रहेको र सोको उदुघाटन आगामी र्दुइ बर्ष भित्रै गरिने गुरुले बताउनु भएको छ ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





