नन्दिता केसीले गरिन् डाक्टरसँग इन्गेजमेन्ट, फागुन १९ गते विवाह

२०८० फाल्गुन १५ गते, मंगलवार

काठमाडौं । चलचित्र ‘इन्द्रेणी’बाट डेब्यु गरेकी अभिनेत्री नन्दिता केसी वैवाहिक बन्धनमा बाँधिने भएकी छन् । उनले यही फागुन १९ गते शनिबार कार्डियोलोजिस्ट डा. अरविन्द्र कटवालसँग विवाह गर्न लागेकी हुन् ।

नन्दिताका प्रेमी डा. अरविन्द्र अमेरिकाको नर्थ क्यारोलिना बस्छन् भने उनको परिवार काठमाडौंमा । नन्दिताले प्रेमी अरविन्द्रले आफूलाई प्रस्ताव राखेको र आफूले ‘हुन्छ’ भनेको बताइन् । उनले आफ्नो र अरविन्द्रको तस्विर सामाजिक सञ्जालमा पोष्ट्याएकी छन् । तस्विरमा अरविन्द्रले नन्दितालाई औंठी लगाइदिएका छन् ।

नन्दिता र अरविन्द्रको भेट ६ महिनाअघि भएको थियो । मागी विवाह गर्नेगरी भेटघाट भएको यी दुईको केही दिनअघि मात्र क्यानडाको बान्फमा इन्गेजमेन्ट भएको हो । हिजोमात्र नन्दिताले आफ्नो रिलेसनसिप स्टाटस ‘सिंगल’ नरहेको भन्दै प्रेमीसँगको तस्वीर सार्वजनिक गरेकी थिइन् । आइतबार राति इन्स्टाग्रामबाट उनले आफू सम्बन्धमा रहेको उल्लेख गरेकी थिइन् ।

नन्दिताको पछिल्लो चलचित्र ‘जंगबहादुरको कोट’ हो, जुन सात वर्षअघि रिलिज भएको थियो । नन्दिता पछिल्लो समय अमेरिकाको न्युयोर्कमा बस्दै आएकी छन् । तर, अहिले भने उनी काठमाडौंमा छिन् । विवाहको लागि उनी एक महिना अगाडि नेपाल आएकी हुन् ।

158 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal