रवि लामिछानेको कटाक्षः रक्सी–मासुमा भोट बेच्नेवाला होइन म, सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छ ?

२०८० फाल्गुन १२ गते, शनिबार

कपिलवस्तुं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले रक्सी–मासुमा भोट बेच्नेवाला नभएर सचेत नागरिक हुँ भनेर कसम खाएर चार वर्ष टिकाउनुहुन्छ ? भनेर प्रश्न गरेका छन् । शनिबार कपिलवस्तुको जितपुरस्थित बुद्ध रंगशालामा रास्वपाको खुलासभामा उनले जनताले परिवर्तनको कसम खाए र चार वर्ष प्रतिवद्ध रहे मुलुक परिवर्तन हुने बताए ।

‘म शक्तिशाली जनता हुँ, दास होइन । नोकर होइन । म लोभी होइन । रक्सी–मासुमा भोट बेच्नेवाला होइन । म सचेत नागरिक हुँ भनेर कसम खान सक्नुहुन्छ ? र, त्यो कसम चार वर्ष टिकाउन सक्नुहुन्छ ? सक्नुहुन्छ भने यो देशमा परिवर्तन कसैले पनि रोक्न सक्दैन,’ उनले भने ।

एक कार्यकाल बहुमतको सरकार चलाएर आफूले भनेका कुरा पूरा गर्न नसके राजनीतिबाटै अलग हुने उनले घोषणा गरे । सभापति लामिछोनले ‘राम्रो गरुन्जेल घण्टी बजाउनुस् । नराम्रो गर्दा घण्टीले हामीलाई नै बजाइदिनुस्’ पनि भने ।

उनले षड्यन्त्रले आफ्नो आवाज रोकियो भने पार्टी बनाउने जिम्मा जनतालाई दिने बताए । ‘कुनै षड्यन्त्रले यो आवाज रोकियो भने, यात्रा रोकियो भने पार्टी बनाउने जिम्मा तपाईं जनतालाई दिन्छु । किनकि, एउटा मान्छेले गरेर केही पनि हुँदैन, धेरै मान्छे चाहिन्छ,’ उनले भने ।

सभापति लामिछानेले देशलाई घात गर्ने र र जनतालाई ठग्ने एउटा पनि काम नगरेको बताए । ‘शक्तिको दुरुपयोग गरी झुटा र अनर्गल प्रचार गरेर मलाई कसैले कमजोर बनाउन सक्दैन, प्रयास नै नगरे हुन्छ,’ उनले भने ।

161 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal