स्वस्थानी व्रत आज विधिपूर्वक समापन, यस्तो छ महत्व

२०८० फाल्गुन १२ गते, शनिबार

काठमाडौँ । पुस शुक्ल पूर्णिमादेखि वैदिक सनातन हिन्दू धर्मावलम्बीले घरघरमा शुरु गरेको एक महिने स्वस्थानी व्रत आज विधिपूर्वक समापन भएको छ ।

पौष शुक्ल पूर्णिमादेखि विधिपूर्वक स्वस्थानीको व्रत शुरु गरी नित्य मध्याह्नकालमा पार्वतीसहित महादेवको पूजा गरेका देशभरका भक्तजनले आज ब्रत समापन गर्न लागेका हुन् ।

त्यसै दिनदेखि शुरु गरिएको स्कन्द पुराणअन्तर्गत केदार खण्डको माघ माहात्म्यमा कुमार र अगस्त्यबीच भएको संवादलाई स्वस्थानी कथाका रुपमा भन्ने र सुन्ने काम पनि आजैदेखि अन्त्य गरिँदैछ । साँघुस्थित शालीनदीमा स्थान गर्नेहरुको भिड लाग्ने गरेको छ ।

स्वस्थानीको महत्व यस्तो छ
वैदिक सत्य सनातन धर्मावलम्वीहरुद्वारा परापूर्व कालदेखि मनाउँदै आएको पर्वमध्ये एक महत्वपुर्ण पर्व हो श्री स्वस्थानी व्रतकथा । विशेषगरी श्री स्वस्थानी व्रतकथा विवाहित महिलाहरुले आफ्नो पतिको सु स्वास्थ्य र दीर्घायु तथा अविवाहित महिलाहले आफ्नो हुनेवाला पति राम्रो होस भन्ने कामनाले देवीको प्रार्थनास्वरुप व्रत बस्ने गर्छन् ।

प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमाका दिनदेखि माघ शुक्ल पूर्णिमाको एक महिनासम्म श्री स्वस्थानीदेवीको व्रत बस्ने गरिन्छ । उक्त अवधि भर भक्तिपूर्वक श्री स्वस्थानी परमेश्वरीको पूजाआराधना गरी स्वस्थानीको कथा सुन्ने र सुनाउने प्रचलन छ ।

स्वस्थानी कथाअनुसार सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी बालुवाको शिवलिङ्ग बनाएर एक महिनासम्म श्री स्वस्थानीको व्रत बसेपछि आफ्नो मनोकांक्षा पूरा भएपछि श्री स्वस्थानी व्रतकथा मनाउन शुरु गरिएको हो ।

स्वस्थानी शव्द “स्व” र “स्थान” शव्दमा “ई” प्रत्यय लागेर बनेको छ । जसको अर्थ आफैँ नजिकको स्थान वा आफ्नै घर वरपर रहेकी देवी भन्ने बुझिन्छ । स्वस्थानीको व्रत बस्नाले यस लोकमा सुख, समृद्धि प्राप्त हुने र मृत्युपछि कैलाश लोकमा वास हुने विश्वास गरिन्छ । यस पर्वमा महिलाहरु विहानै उठेर स्नान गरी प्रत्येक दिन मध्यान्हमा महादेवको पूजा गर्दछन् ।

स्वस्थानीको कथाभित्र आउने लगभग सबै तीर्थस्थलहरु विशेषगरी काठमाडौं भित्रै रहेका छन् । गुह्वेश्वरी, गोकर्ण, श्लेषमान्तक वन, किरांतेश्वरमहादेव, गौरीघाट, वाग्मती नदी, शालीनदीजस्ता क्षेत्रहरु स्वस्थानीको कथामा उल्लेख गरिएको छ ।

३१ भागमा विभाजन गरिएको स्वस्थानी व्रतकथाका केहि कथाहरु स्कन्दपुराणबाट निकालिएको छ । त्यसैले प्रत्येक अध्यायको अन्त्यमा इति श्रीस्कन्दपुराणे केदारखण्डे माघ महात्म्य कुमार अगस्त्ये श्रीस्वस्थानी व्रताकथायाम भन्ने गरिन्छ ।

स्वस्थानी व्रतकथा पहिला नेवारी भाषामा लेखिएको र लगभग पाँच सय वर्षयता मात्र नेपाली भाषामा अनुवाद गरिएको उल्लेख पाइन्छ । उक्त व्रत पहिला नेवार समुदायले मनाउने गरेको पनि उल्लेख छ ।

निरन्तर प्रयास र लगनशीलताले नै सफलता हात पार्न सकिन्छ भन्ने नै श्री स्वस्थानी व्रतकाथाको आशय रहेको छ । साथै आफ्नो लक्ष्यमा पुग्नलाई अनावरत रुपमा खटिरहनुपर्छ भन्ने कुरा सिकाउन खोजिएको छ ।

कुनै पनि चिजको प्राप्तिका लागि कठोर संघर्ष र तपस्या गरेमात्र ससफलता प्राप्त हुने श्रीस्वस्थानीबाट पाठ सिक्न सकिन्छ ।

183 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

कांग्रेसको महाधिवेशन आजदेखि

२०८३ आश्विन १८ गते, आईतवार

पुस्तकलाई अभिभावकसँग जोड्दै कोसी साहित्य–कला परिषद् नेपाल

२०८३ आश्विन १८ गते, आईतवार

गति लिँदै राजापुर–ओखरिया सडक

२०८३ आश्विन १६ गते, शुक्रबार

गगनलाई किशोर सिंह राठौरको चुनौती

२०८३ आश्विन १६ गते, शुक्रबार

बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा

२०८३ आश्विन १६ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal