फागुन १ गतेदेखि बन्द हुँदै गोपीकृष्ण हल

२०८० माघ २६ गते, शुक्रबार

काठमाडौं । काठमाडौंको चाबहिलस्थित गोपीकृष्ण हल आगामी फागुन १ गतेदेखि बन्द हुने भएको छ । कोरोनाको समयदेखि बेहोर्नुपरेको आर्थिक घाटाका कारण हल बन्द गर्ने निर्णयमा पुगेको गोपीकृष्ण मुभिजका प्रबन्ध निर्देशक नीरक पौडेलले विज्ञप्तिमार्फत् जनाएका छन् । हल सधैंका लागि बन्द गरिएको हो वा सीमित समयका लागि, त्यो भने खुलाइएको छैन ।

शुक्रबार जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोनाकालदेखि नै फिल्म क्षेत्रमा आएको व्यवसायिक मन्दीका कारण यो हलले व्यहोर्नु परेको ठूलो आर्थिक घाटा तथा राज्यको विद्यमान कर प्रणालीले गर्दा फिल्म निर्माण, प्रदर्शन तथा वितरणमा देशको अग्रणी स्थानमा रही विगत पाँच दशकदेखि सक्रिय रहेको यस व्यवसायलाई बन्द गर्नुको पीडा व्यक्त गर्न सकिन्न नै ।’

कुनै बेला सातवटा हल सञ्चालनमा रहेको गोपीकृष्णको भूकम्पपछि मुख्य संरचना भत्काइएको थियो । र, अर्को भवनमा २ वर्ष अगाडि ‘ओमः’, ‘नमः’ र ‘शिवायः’ गरी तीन हललाई रातो, हरियो र निलो (आरजिबी) रंगको थिममा सञ्‍चालनमा ल्याइएको थियो । तर, यी हलले गोपीकृष्णको पुरानो क्रेज फर्काउन सकेनन् ।

129 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

देउवा मंगलबार स्वदेश फर्किंदै

२०८३ श्रावण २२ गते, शुक्रबार

कक्षा १२ को मौका परीक्षाको नतिजा सार्वजनिक

२०८३ श्रावण २२ गते, शुक्रबार

माताकाे नाममा गलत गतिविधि गर्ने थापा प्रहरी नियन्त्रणमा

२०८३ श्रावण २१ गते, बिहीबार

नेपालगञ्जमा पर्खाल भत्किँदा दुई मजदुरको मृत्यु

२०८३ श्रावण २० गते, बुधबार

‘ईयुमा डट कम’ले बुधबारदेखि आफ्नो औपचारिक सेवा सञ्चालनमा

२०८३ श्रावण २० गते, बुधबार

हलमा छैन ‘गौँथली’को टिकट

२०८३ श्रावण १९ गते, मंगलवार

‘आइतबारको अफिस’ को परिचर्चा सम्पन्न

२०८३ श्रावण १९ गते, मंगलवार

अर्जुन चन्द्रको ‘संवेदनाका प्रतिध्वनि’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ श्रावण १९ गते, मंगलवार

‘दुर्गा’ निर्माण गर्दै सम्राट

२०८३ श्रावण १८ गते, सोमबार

चलचित्र ‘माया भनेकै यस्तो होला’को शीर्ष गीत सार्वजनिक

२०८३ श्रावण १८ गते, सोमबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal