प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले प्रजातन्त्र दिवस भव्यताका साथ मनाउन निर्देशन दिएका छन् । शुक्रबार विहान सिंहदबारमा बसेको मुल समारोह समितिको बैठकमा प्रधानमन्त्री दाहालले जहानियाँ राणा शासनको अन्त्य भएर जनताको शासन स्थापना भएको दिनकोरुपमा प्रजातन्त्र दिवसलाई भव्यताका साथ मनाउन निर्देशन दिए ।
बैठकले ७ प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय तहमा समेत राष्ट्रिय प्रजातन्त्र दिवस मनाउने प्रबन्ध गर्न आग्रह गरेको छ । प्रदेशमा मुख्यमन्त्रीको संयोजकत्वमा, जिल्लामा जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा र स्थानीय तहमा मेयर वा अध्यक्षको संयोजकत्वमा मुल समारोह समिति गठन गरी दिवस मनाउने प्रबन्ध गर्न आग्रह गर्ने बैठकको निर्णय छ । बैठकले फागुन ६, ७ र ८ गते विविध कार्यक्रम गरी दिवस मनाउने निर्णय गरेको हो ।
दिवसमा विशेष संवाद, परिसंवाद, रेडियो नाटकलगायत जनचेतनामूलक कार्यक्रमको निर्माण, सञ्चालन तथा प्रसारण गर्ने व्यवस्था मिलाउने, राष्ट्रियस्तरका छापा सञ्चार गृहलाई दिवसका उपलक्ष्यमा विशेषाङ्क÷स्मारिका प्रकाशन एवं प्रजातन्त्रको बहुपक्षीय आयामलाई उजागर गर्ने विभिन्न लेख–रचनाहरूको सँगालो प्रकाशन गर्न अनुरोध गर्ने निर्णय गरेको छ ।
त्यस्तै, सम्पूर्ण सरकारी निकाय, प्रतिष्ठान, सङ्घ–संस्थाका कार्यालयका छत, बरण्डा र परिसरमा निर्धारित साइजका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखी सजाउने र साँझ मण्डला, दरबार स्क्वायर जस्ता क्षेत्र एवं घरघरमा दीप प्रज्ज्वलन गर्ने बैठकको निर्णय छ ।
दिवसमा रक्तदान, शैक्षिक सामाग्री वितरण जस्ता सिर्जनात्मक कार्य गर्न समेत बैठकले आग्रह गरेको छ । नेपाली सेनाद्वारा सैनिक मञ्च, टुडिँखेलमा बिहान सूर्योदयसँगै विगुल (रिभ्याली) बजाउने तथा तोप र बन्दुकको बढाईं गर्ने, सेनाको हेलिकोप्टरबाट ‘राष्ट्रिय प्रजातन्त्र दिवस, २०८०’ अङ्कीत व्यानर चक्रपथ वारपार प्रदर्शन गर्ने तथा नेपाली सैनिक मञ्च, टुडिखेलमा हेलिकोप्टरबाट पुष्पवृष्टि र झण्डा प्रदर्शन गर्ने कार्यक्रम तय भएको छ ।
ताजा

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
संकल्पको “झुठै भएनी” मा सागर र मनिषाको अन्स्क्रिन प्रेम (भिडिओ)
२०८२ जेष्ठ २४ गते, शनिबार
भीरकोटमा कृषि र पशु विकासमा परियोजना
२०८२ जेष्ठ २३ गते, शुक्रबार
मंगोलियाका प्रधानमन्त्रीको राजीनामाले नेपालको नैतिकविहीन राजनीतिलाई गिज्यायोः कांग्रेस नेता डा.शर्मा
२०८२ जेष्ठ २३ गते, शुक्रबार
वरिष्ठ अधिवक्ता शम्भु थापाको सर्वत्र आलोचना
२०८२ जेष्ठ २३ गते, शुक्रबार
संघीय संसदका दुवै सदनको बैठक आज पनि बस्दै , हट्ला त अवरोध ?
२०८२ जेष्ठ २३ गते, शुक्रबार
जापानमा नेपाल फेसन एण्ड इन्टरमेन्ट इनटरनेशनल अवार्ड सम्पन्न
२०८२ जेष्ठ २३ गते, शुक्रबार
मालपोत कार्यालय भक्तपुर बनाए कार्कीले आकर्षक
२०८२ जेष्ठ २२ गते, बिहीबार
नेपालको इतिहासमै पहिलो पटक पूर्वप्रधानमन्त्रीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता
२०८२ जेष्ठ २२ गते, बिहीबार
माधव नेपालको सांसद पद निलम्बन
२०८२ जेष्ठ २२ गते, बिहीबारलोकप्रिय

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्याउँछः मन्त्री यादव
२०८२ जेष्ठ २४ गते, शनिबार
यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द
२०८२ जेष्ठ ९ गते, शुक्रबार
पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)
२०८१ चैत्र ३१ गते, आईतवार
गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल
२०८१ माघ २९ गते, मंगलवार
बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार