व्यावसायिक पत्रकारिताको आजको खाँचो

गणेश जि.सी.
नेपालमा पछिल्लो समयमा पत्रकारिता फस्टाएको छ । समयको विकाससँगै विज्ञान, प्रविधिले मारेको फड्कोसँगै सञ्चारमाध्यमले पनि गति लिन थालेका छन् । हिजोको दिनमा प्रिन्ट माध्यम वा पत्रपत्रिकाले मात्रै सञ्चारको सम्पूर्ण क्षेत्र ओगटेको भए पनि अहिले आएर अनलाइन माध्यम सशक्त बनेका छन् ।
कुनै पनि समाचार छिटो प्रकाशन गर्नका लागि अनलाइन सञ्चारमाध्यमको भूमिका प्रभावकारी बन्दै गएको छ तर समाचार छिटो दिने भन्दैमा कहिलेकाहीँ तथ्य बङ्ग्याइएको, गलत तथ्यांक दिएको, घटना हुनुभन्दा अघि समाचार आउने गरेका उदाहरण पनि हामीमाझ प्रशस्त मात्रामा छन् । सञ्चारक्षेत्रले समाजलाई सन्देशसँगै सूचना र नयाँनयाँ विषयवस्तुको बारेमा जानकारी दिन्छ त्यसैले पाठक, स्रोता तथा दर्शकले सञ्चारमाध्यमलाई पत्याइरहेका छन्, यसलाई थप विश्वसनीय बनाउन पत्रकारहरु थप सशक्त हुनुपर्ने बेला भएको छ । समाचार कसले पहिले प्रकाशन गर्ने भनेर प्रतिस्पर्धा गर्नुभन्दा कसले राम्रो र विश्वसनीय समाचार पस्किने भन्नेतिर ध्यान दिनुपर्नेमा यो संस्कार कम छ । कतिपय अवस्थामा विषयवस्तुको कमी हुनुले पनि समाचारको विश्वसनीयतामा प्रश्न उठ्दै आएको छ । विषयवस्तु बुझे पनि, नबुझे पनि समाचार बनाउनैपर्ने, अन्तरवार्ता गर्नैपर्नेलगायतका बाध्यताले गर्दा पनि मिडियामाथि कहिलेकाहीँ आलोचना हुँदै आएको छ ।
आगामी चैत्रमा नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । २०७७ चैत्र २५ गते भएको निर्वाचनबाट आएको केन्द्रीय, प्रदेश, काठमाडौं उपत्यकामा, एसोसिएयट प्रदेश तथा जिल्ला कार्य समितिको म्याद आगामी चैत्र २५ गते सकिने भएकाले निर्वाचन गर्नुपर्ने बाध्यता छ । निर्वाचनका बेला उम्मेदवारहरुले पत्रकारका पक्षमा मिठा आश्वासन बाँड्ने गरेका भए पनि त्यसलाई व्यावहारिक रुपमा निश्कर्षमा पु¥याउने गरेका छैनन् । पार्टीनिकट रहेर पत्रकारिता गर्ने प्रचलन बढेकाले पार्टीका नेताको चाकडी गरे टिकट पाइन्छ र गठबन्धनको उम्मेदवार भए जितिन्छ भन्ने भ्रम अझै पनि छ, जसका लागि पत्रकारिता नगरे पनि वा गरे पनि फरक परेन । व्यावसायिक पत्रकारिता ओझेलमा परेको र पार्टी पत्रकारिता फस्टाएको यो बेलामा अब मतदान गर्दा सचेत मतदाताले को वास्तविक रुपमा हाम्रो प्रतिनिधि हुन सक्छ भनेर सोच्नुपर्ने बेला आएको छ ।
ताजा

थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
थापा र श्रेष्ठको सहकार्यमा नयाँ गीत ‘जिन्दगीको दियो’ सार्वजनिक
२०८१ माघ १६ गते, बुधबार
एपी शर्माले ल्याए ‘भ्यालेन्टाइन’ (भिडियो)
२०८१ माघ १६ गते, बुधबार
बिक्न छाडे ठेकी र मदानी
२०८१ माघ ८ गते, मंगलवार
ताइवानमा शक्तिशाली भूकम्प
२०८१ माघ ८ गते, मंगलवार
राष्ट्रपति पौडेलले दिए अमेरिकी राष्ट्रपति ट्रम्पलाई बधाई
२०८१ माघ ८ गते, मंगलवार
चैत ५ गते स्ववियु निर्वाचन
२०८१ माघ ८ गते, मंगलवार
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लिए दोस्रो कार्यकालको लागि शपथ
२०८१ माघ ८ गते, मंगलवार
सासद ढकाल अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको सपथ ग्रहणमा सहभागि हुने
२०८१ माघ ५ गते, शनिबार
साँघुरो ठाउँमा प्रत्यारोपण केन्द्रको सेवा
२०८१ माघ ४ गते, शुक्रबार
३५ स्थायी शिक्षकले बुझाए सामूहिक राजीनामा
२०८१ माघ ४ गते, शुक्रबारलोकप्रिय

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु
२०८१ आश्विन २० गते, आईतवार
भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा
२०८१ आश्विन १९ गते, शनिबार
‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक
२०८० चैत्र २२ गते, बिहीबार
मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ
२०८० मंसिर २९ गते, शुक्रबार
मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’
२०८० आश्विन १५ गते, सोमबार
दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो
२०८० भाद्र २२ गते, शुक्रबार
शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने
२०८० भाद्र १ गते, शुक्रबार
काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी
२०८० श्रावण २८ गते, आईतवार