व्यावसायिक पत्रकारिताको आजको खाँचो

२०८० माघ २१ गते, आईतवार

गणेश जि.सी.
नेपालमा पछिल्लो समयमा पत्रकारिता फस्टाएको छ । समयको विकाससँगै विज्ञान, प्रविधिले मारेको फड्कोसँगै सञ्चारमाध्यमले पनि गति लिन थालेका छन् । हिजोको दिनमा प्रिन्ट माध्यम वा पत्रपत्रिकाले मात्रै सञ्चारको सम्पूर्ण क्षेत्र ओगटेको भए पनि अहिले आएर अनलाइन माध्यम सशक्त बनेका छन् ।

कुनै पनि समाचार छिटो प्रकाशन गर्नका लागि अनलाइन सञ्चारमाध्यमको भूमिका प्रभावकारी बन्दै गएको छ तर समाचार छिटो दिने भन्दैमा कहिलेकाहीँ तथ्य बङ्ग्याइएको, गलत तथ्यांक दिएको, घटना हुनुभन्दा अघि समाचार आउने गरेका उदाहरण पनि हामीमाझ प्रशस्त मात्रामा छन् । सञ्चारक्षेत्रले समाजलाई सन्देशसँगै सूचना र नयाँनयाँ विषयवस्तुको बारेमा जानकारी दिन्छ त्यसैले पाठक, स्रोता तथा दर्शकले सञ्चारमाध्यमलाई पत्याइरहेका छन्, यसलाई थप विश्वसनीय बनाउन पत्रकारहरु थप सशक्त हुनुपर्ने बेला भएको छ । समाचार कसले पहिले प्रकाशन गर्ने भनेर प्रतिस्पर्धा गर्नुभन्दा कसले राम्रो र विश्वसनीय समाचार पस्किने भन्नेतिर ध्यान दिनुपर्नेमा यो संस्कार कम छ । कतिपय अवस्थामा विषयवस्तुको कमी हुनुले पनि समाचारको विश्वसनीयतामा प्रश्न उठ्दै आएको छ । विषयवस्तु बुझे पनि, नबुझे पनि समाचार बनाउनैपर्ने, अन्तरवार्ता गर्नैपर्नेलगायतका बाध्यताले गर्दा पनि मिडियामाथि कहिलेकाहीँ आलोचना हुँदै आएको छ ।

आगामी चैत्रमा नेपाल पत्रकार महासंघको निर्वाचन हुँदैछ । २०७७ चैत्र २५ गते भएको निर्वाचनबाट आएको केन्द्रीय, प्रदेश, काठमाडौं उपत्यकामा, एसोसिएयट प्रदेश तथा जिल्ला कार्य समितिको म्याद आगामी चैत्र २५ गते सकिने भएकाले निर्वाचन गर्नुपर्ने बाध्यता छ । निर्वाचनका बेला उम्मेदवारहरुले पत्रकारका पक्षमा मिठा आश्वासन बाँड्ने गरेका भए पनि त्यसलाई व्यावहारिक रुपमा निश्कर्षमा पु¥याउने गरेका छैनन् । पार्टीनिकट रहेर पत्रकारिता गर्ने प्रचलन बढेकाले पार्टीका नेताको चाकडी गरे टिकट पाइन्छ र गठबन्धनको उम्मेदवार भए जितिन्छ भन्ने भ्रम अझै पनि छ, जसका लागि पत्रकारिता नगरे पनि वा गरे पनि फरक परेन । व्यावसायिक पत्रकारिता ओझेलमा परेको र पार्टी पत्रकारिता फस्टाएको यो बेलामा अब मतदान गर्दा सचेत मतदाताले को वास्तविक रुपमा हाम्रो प्रतिनिधि हुन सक्छ भनेर सोच्नुपर्ने बेला आएको छ ।

172 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal