‘ड्रोन’ मर्मतको अन्तिम विकल्प बन्दै राजकुमार

२०८० माघ २१ गते, आईतवार

काठमाडौं । भक्तपुरको कमलविनायकका राजकुमार तिमिल्सिना (९८५१२२३४५७) ड्रोन मर्मत गरेर चर्चा कमाएका व्यक्ति हुन् । उनी यो क्षेत्रमा सक्रिय भएर लागेको १३ वर्ष भएको छ । आफ्नो कामबाट सन्तुष्ट भएका उनी सेवाग्राहीको सन्तुष्टि नै आफ्नो अन्तिम लक्ष्य भएको बताउँछन् ।

उनले क्यामरा बनाउन र ड्रोन मर्मत गर्न कतैबाट तालिम लिनु परेन । ‘गर्दागर्दै आफैं जानें र सिकें, धेरैले कहाँबाट सिक्नुभयो भन्छन् जवाफ नै छैन’ उनले भने ‘अहिलेसम्म जसको काम गरें, उहाँहरुलाई खुशी पारें त्यो नै मेरो सम्पत्ति हो ।’ उनले हिजोको दिनमा क्यामरा बनाए, भिडियो क्यामरा बनाए जब ड्रोन क्यामराको विकास भयो, उनी त्यतैतिर लागे । ड्रोन क्यामराले टाढाको कुनै तस्विर र भिडियो लिन सजिलो भएकाले अहिले यसको उपयोगिता बढ्दै गएको उनी बताउँछन् । ‘अहिले ड्रोन क्यामराको मार्केट छ, काम गर्न सजिलो भएकाले पनि होला यसको प्रयोग बढेको छ’ तिमिल्सिनाले भने ‘ड्रोन क्यामरा महँगो छ, काम पनि त्यही अनुसार नै गर्छ ।’ उनले काठमाडौंको अनामनगरमा चण्डेश्वरी क्यामरा रिपेयरिङ सेन्टर’ सञ्चालनमा ल्याएका छन् । उनले गरेको काम विश्वसनीय भएपछि ड्रोन बनाउन विदेशबाट समेत मानिसहरु आउने गरेको जनाइएको छ । ‘विदेशीहरु पनि ड्रोन बनाउन यहाँ आउनुहुन्छ, अरु कसैले बनाउन नसकेको पनि म बनाउँछु, यो मैले भन्नुभन्दा पनि अरुले नै भनेको कुरा हो’ उनले भने ‘यहाँबाट ड्रोन लिएर विदेश जानुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले पनि ड्रोन बनाउन मलाई नै पठाउनुहुन्छ र म बनाएर पठाइदिन्छु ।’ उनी आफूलाई सबैले विश्वास गरेकामा प्रशन्न छन् । उनी आफ्नो कामको सम्मान भएको बताउँछन् । नेपालका विभिन्न ठाउँमा बन्न नसकेका ड्रोन क्यामरा पनि अन्तिममा आउने ठाउँ उहाँकै भएको क्यामरामा लामो समयसम्म काम गरेका पत्रकारहरु पनि बताउँछन् ।

२०७२ सालमा गएको भूकम्पपछि नेपालमा ड्रोन क्यामराको विकास भएको उनको भनाई छ । भूकम्पका बेला विदेशीबाट नेपाल हेर्न र बुझ्न आएकाले ड्रोन क्यामराको प्रयोग गरेका थिए । त्यसपछि यो क्यामरा राम्रो हुने भनेर बुझेकाले यसको प्रयोग गर्न थालेको तिमिल्सिनाको भनाई छ । नेपालमा डीजेआइ कम्पनीको ड्रोन क्यामरा बढी मात्रामा प्रयोग र बिक्री हुने गरेको छ । सस्तोदेखि महँगोसम्म विभिन्न स्वरुपमा पाइने यो ड्रोन क्यामरा आजभोलि सरकारी कामकाजमा पनि प्रयोग हुने गरेको छ ।

‘पहिले क्यामरा बनाएँ, यसबाट सबैको विश्वास जितें, अहिले ड्रोनको जमाना छ त्यसमा पनि भनेजस्तो सबैको चित्त बुझ्नेगरी काम गरेको छु’ तिमिल्सिनाले भने ‘सेवाग्राहीलाई नै सँगै राखेर बनाइदिन्छु त्यसैले पनि कसैले मलाई केही ग¥यो होला कि भनेर शंका गर्दैन ।’ उनले ड्रोन बनाउनका लागि ढुक्कले आफूसँग आउन सबैलाई आग्रह गरेका छन् । उनले ड्रोन हाउस र चण्डेश्वरी क्यामरा रिपेयरिङ सेन्टर नामका दुइवटा फेसबुक पनि संचालनमा ल्याएका छन् ।

57 Views

ताजा

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

माओवादी आन्दोलन भारतीय गुप्तचर संस्था ‘रअ’ ले चलाएको मालेका महासचिव मैनालीको गम्भीर आरोप

२०८१ चैत्र ४ गते, सोमबार

प्रचण्ड र ज्ञानेन्द्रलाई एउटै खोरमा थुन्ने सक्ने तागत एमाले–कांग्रेसमा छः दयाल बहादुर शाही

२०८१ चैत्र ४ गते, सोमबार

सुन्दा अचम्मः सिङ्गो दलित परिवार नै नागरिकताविहीन

२०८१ चैत्र ४ गते, सोमबार

एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा

२०८१ चैत्र ४ गते, सोमबार

फूल बिक्री गरेरै मासिक दुई लाख रुपैयाँ आम्दानी

२०८१ चैत्र ४ गते, सोमबार

श्रीमद् भागवत पुराण ज्ञान महायज्ञको उद्घाटन

२०८१ चैत्र ४ गते, सोमबार

धनगढीमा ग्यास सिलिन्डर विष्फोट तीन जना घाइते

२०८१ चैत्र ३ गते, आईतवार

समाजवादी मोर्चाले चैत १५ गते जनप्रदर्शन गर्ने

२०८१ चैत्र ३ गते, आईतवार

लोकगायक बद्री पंगेनी बने सजिलो नेटको ब्राण्ड एम्बासडर

२०८१ चैत्र ३ गते, आईतवार

प्रमोद खरेलको स्वरमा ’मायाको व्यापार’ गीत सार्वजनिक

२०८१ चैत्र ३ गते, आईतवार

लोकप्रिय

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

काठमाडौं महानगरपालिकाद्वारा खुल्ला दूध बेचबिखन, पानीपुरी, चटपटेमा रोक लगाउने तयारी

२०८० श्रावण २८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal