‘ड्रोन’ मर्मतको अन्तिम विकल्प बन्दै राजकुमार

२०८० माघ २१ गते, आईतवार

काठमाडौं । भक्तपुरको कमलविनायकका राजकुमार तिमिल्सिना (९८५१२२३४५७) ड्रोन मर्मत गरेर चर्चा कमाएका व्यक्ति हुन् । उनी यो क्षेत्रमा सक्रिय भएर लागेको १३ वर्ष भएको छ । आफ्नो कामबाट सन्तुष्ट भएका उनी सेवाग्राहीको सन्तुष्टि नै आफ्नो अन्तिम लक्ष्य भएको बताउँछन् ।

उनले क्यामरा बनाउन र ड्रोन मर्मत गर्न कतैबाट तालिम लिनु परेन । ‘गर्दागर्दै आफैं जानें र सिकें, धेरैले कहाँबाट सिक्नुभयो भन्छन् जवाफ नै छैन’ उनले भने ‘अहिलेसम्म जसको काम गरें, उहाँहरुलाई खुशी पारें त्यो नै मेरो सम्पत्ति हो ।’ उनले हिजोको दिनमा क्यामरा बनाए, भिडियो क्यामरा बनाए जब ड्रोन क्यामराको विकास भयो, उनी त्यतैतिर लागे । ड्रोन क्यामराले टाढाको कुनै तस्विर र भिडियो लिन सजिलो भएकाले अहिले यसको उपयोगिता बढ्दै गएको उनी बताउँछन् । ‘अहिले ड्रोन क्यामराको मार्केट छ, काम गर्न सजिलो भएकाले पनि होला यसको प्रयोग बढेको छ’ तिमिल्सिनाले भने ‘ड्रोन क्यामरा महँगो छ, काम पनि त्यही अनुसार नै गर्छ ।’ उनले काठमाडौंको अनामनगरमा चण्डेश्वरी क्यामरा रिपेयरिङ सेन्टर’ सञ्चालनमा ल्याएका छन् । उनले गरेको काम विश्वसनीय भएपछि ड्रोन बनाउन विदेशबाट समेत मानिसहरु आउने गरेको जनाइएको छ । ‘विदेशीहरु पनि ड्रोन बनाउन यहाँ आउनुहुन्छ, अरु कसैले बनाउन नसकेको पनि म बनाउँछु, यो मैले भन्नुभन्दा पनि अरुले नै भनेको कुरा हो’ उनले भने ‘यहाँबाट ड्रोन लिएर विदेश जानुभएका नेपाली दाजुभाई तथा दिदिबहिनीहरुले पनि ड्रोन बनाउन मलाई नै पठाउनुहुन्छ र म बनाएर पठाइदिन्छु ।’ उनी आफूलाई सबैले विश्वास गरेकामा प्रशन्न छन् । उनी आफ्नो कामको सम्मान भएको बताउँछन् । नेपालका विभिन्न ठाउँमा बन्न नसकेका ड्रोन क्यामरा पनि अन्तिममा आउने ठाउँ उहाँकै भएको क्यामरामा लामो समयसम्म काम गरेका पत्रकारहरु पनि बताउँछन् ।

२०७२ सालमा गएको भूकम्पपछि नेपालमा ड्रोन क्यामराको विकास भएको उनको भनाई छ । भूकम्पका बेला विदेशीबाट नेपाल हेर्न र बुझ्न आएकाले ड्रोन क्यामराको प्रयोग गरेका थिए । त्यसपछि यो क्यामरा राम्रो हुने भनेर बुझेकाले यसको प्रयोग गर्न थालेको तिमिल्सिनाको भनाई छ । नेपालमा डीजेआइ कम्पनीको ड्रोन क्यामरा बढी मात्रामा प्रयोग र बिक्री हुने गरेको छ । सस्तोदेखि महँगोसम्म विभिन्न स्वरुपमा पाइने यो ड्रोन क्यामरा आजभोलि सरकारी कामकाजमा पनि प्रयोग हुने गरेको छ ।

‘पहिले क्यामरा बनाएँ, यसबाट सबैको विश्वास जितें, अहिले ड्रोनको जमाना छ त्यसमा पनि भनेजस्तो सबैको चित्त बुझ्नेगरी काम गरेको छु’ तिमिल्सिनाले भने ‘सेवाग्राहीलाई नै सँगै राखेर बनाइदिन्छु त्यसैले पनि कसैले मलाई केही ग¥यो होला कि भनेर शंका गर्दैन ।’ उनले ड्रोन बनाउनका लागि ढुक्कले आफूसँग आउन सबैलाई आग्रह गरेका छन् । उनले ड्रोन हाउस र चण्डेश्वरी क्यामरा रिपेयरिङ सेन्टर नामका दुइवटा फेसबुक पनि संचालनमा ल्याएका छन् ।

176 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal