संसदलाई ‘विजनेश’ दिन सरकार असफल

२०८० माघ १८ गते, बिहीबार

काठमाडौं । संसदलाई ‘विजनेश’ दिन सरकार असफल भएको छ । यसअघि पटकपटक भएका संसदका अधिवेशन पनि त्यसै सकिएका छन् । सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आगामी सोमबार ४ बजे बस्ने गरी संघीय संसदको बैठक आव्हान गरेका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक एकै पटक बोलाइएको छ । संविधान अनुसार सरकारको सिफरिसमा राष्ट्रपतिले संसदको बैठक आव्हान र अन्त्य गर्ने व्यवस्था छ । अधिकांश संसदका बैठकमा कार्यसूची नै हुँदैन । कार्यसूची नहुँदा एकैछिन बसेर बैठक सकिने गरेको छ । बैठकमा उपस्थित भएबापत सांसदले बैठकभत्ता पाउँछन् । संसदमा ३ सय ३४ सदस्य छन् । राष्ट्रियसभामा रहेका ५९ जना र प्रतिनिधिसभामा रहेका २ सय ७५ जना सांसदले बैठक बसेबापत भत्ता पाउँछन् तर प्रधानमन्त्री, मन्त्री, राज्यमन्त्रीसहित दलका प्रमुख सचेतक, सचेतकहरुका लागि भनें सुविधा बेग्लै छ । बैठक सञ्चालन गर्दा धेरै ठूलो खर्च हुने गरेको छ । बैठक केबल औपचारिकताको लागिमात्र बस्ने गरेको भन्दै सांसदको आलोचना भएको छ । सरकारले बैठक आव्हान गरेपछि बैठक बस्नुपर्ने बाध्यता भए पनि कामविहीन बैठकले उपलब्धि दिन सकेको छैन । प्रतिनिधिसभाको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सरकारले संसदलाई ‘विजनेश’ दिन नसकेको आरोप लगाउँदै आएको छ । बैठक बसे पनि अधिकांशको सांसदको ध्यान संसदीय गतिविधि रहने गरेको छैन । संसदले नीति, नियम र कानुन बनाउने गर्छ, औपचारिकताका लागि छलफल गरेजस्तो गरे पनि पार्टीका नेताको स्वार्थका आधारमा कानुन बन्ने गरेका छन् । सांसदको भूमिका कमजोर हुँदा सांसदले समेत प्रशस्तै मात्रामा संसदलाई चासो दिएका छैनन् ।

संसदकमा एमालेको अवरोधका कारण धेरै पटक संसद अवरोध भएको छ । संसद सुरु भए पनि एमालेले अवरोध गरेपछि संसद स्थगन भएको थियो तर पनि स्थगन भएको बैठक भत्ता भनें एमालेका सांसदले लिएका थिए । सरकारले कानुन बनाउन सकेको छैन । सरकारले कानुन बनाउनका लागि बनाउनुपर्ने विधेयक नबनाउँदा ‘मिनि संसद’ रुपमा चिनिने संसदका समितिहरु पनि कामविहीन भएका छन् । कुनैकुनै समितिको बैठक आजभोलि बस्दै आए पनि कोरम नपुगेका कारण स्थगित भएको छ । समितिको बैठकमा सांसदले चर्को कुरा गर्ने र सरोकारवालासँग राति ‘सेटिङ’ मिलाउने गरेको आरोप पनि सांसदलाई लाग्दै आएको छ । समितिमा आएका कतिपय विषयलाई सभापतिले आफू अनुकूल नभएको भन्दै त्यसलाई छलफलका लागि प्रस्ताव नै नगरेका उदाहरणहरु पनि प्रशस्तै छैन । एउटै विषयलाई हेर्न पनि धेरै समिति सक्रिय रहने गरेको पाइएको छ । संसद नियमावलीमा कतिपय कुरा प्रष्ट नहुँदा समिति सभापतिले जुनसुकै विषय पनि आफू अन्तर्गत रहेको भन्दै आएका छन् । विवादास्पद विषय र आर्थिक चलखेल हुने विषय समितिका लागि विषय बन्दै आएका छन् । अघिल्लो संसदमा पनि एनसेलको विषयलाई धेरैवटा समितिले हेरेका थिए । प्रतिनिधिसभामा १०, राष्ट्रियसभामा ४ र दुइवटा संयुक्त समिति रहेका छन् ।

सभामुख कुन पार्टीको छन् भन्ने कुराले पनि संसदलाई प्रभावित बनाउँदै आएको छ । सभामुखले सरकारले दिएका विषयमाथि छलफल गराउनुपर्ने हो, सभामुख साझा हुनुपर्ने भए पनि राजनीतिक रुपमा उनी सक्रिय भइदिँदा पनि समस्या आउने गरेको छ । अहिले सभामुख देवराज घिमिरे छन्, उनी झापा –२ बाट निर्वाचित प्रतिनिधिसभा सांसद हुन् । उनले एमालेको हितमा काम गर्न खोजेको खण्डमा संसद प्रभावकारी हुन सक्दैन । संसदले क्यालेण्डर नै बनाएर संसद चलाउने भन्दै आए पनि त्यो बन्न सकेको छैन त्यसैले सरकारले आफूलाई आवश्यक परेको बेलामा मात्रै संसदको बैठक बोलाउने गर्दछ । संसदमा बोल्न नपाएको भन्दै कतिपय सांसदले गुनासो पनि गर्ने गरेका छन् । संसदमा विशेष गरी शून्य समय र विशेष समयमा सांसदले समसामयिक विषयमा आफ्नो धारणा राख्ने गर्दछन् । सांसदहरुको कुरा सरोकारवाला मन्त्रीले सुने पनि बेवास्ता गर्ने गर्दछन् त्यसैले पनि सांसदहरुले संसदमा बोल्नु र नबोल्नुको कुनै अर्थ नहुने भन्दै आएका छन् ।

151 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal