कहाँ हराइन् विद्यादेवी ?

२०८० माघ १८ गते, बिहीबार

काठमाडौं । निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी गुमनामजस्तै भएकी छिन् । राष्ट्रपतिको दुई पटकको कार्यकाल सकेर बिदा भएकी उनी आजभोलि खासै कार्यक्रममा उपस्थित हुने गरेकी पनि छैनन् ।

राष्ट्रपतिको कार्यकाल सकेर फकिँदै गर्दा उनी फेरि एमालेको राजनीतिमा नै सक्रिय रहने चर्चा गरिएको थियो । राष्ट्रपति हुनुअघि उनी एमालेको उपाध्यक्ष थिइन् । एमालेका तत्कालीन अध्यक्ष केपी शर्मा ओलीले उनलाई दुई पटक राष्ट्रपति बनाएका हुन् । पहिलो पटक राष्ट्रपति हुँदा उनी कुनै विवादमा नपरे पनि दोस्रो कार्यकाल भनें निकै विवादित रहयो । प्रधानमन्त्री भएका ओलीलाई सहज हुने गरी काम गरेकी उनलाई धेरैले देशको होइन ओलीको राष्ट्रपनि भनेर आलोचनासमेत गरेका थिए । ओलीले दुई पटक प्रतिनिधिसभा भंग गर्दा कसैसँग सल्लाह नै नगरी एकहोरो समर्थन गरेपछि भण्डारी पनि मुछिएकी थिइन् । भण्डारीले गरेको कामबाट ओली सन्तुष्ट भए पनि एमालेको एक पंक्ति भनें असन्तुष्ट नै थियो ।

एमालेको एक पंक्ति ओलीसँग वाक्कदिक्क भएर भण्डारीलाई पार्टीको राजनीतिमा सक्रिय गराउन चाहेको थियो । भण्डारीले पनि त्यसमा चासो राखेपछि ओली रुष्ट भएका थिए । ओलीले पार्टीलाई घात गरेको भन्नेहरु भण्डारीलाई आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवारका रुपमा अघि सार्न थालिसकेका थिए । यो घटना बाहिर आएपछि ओलीले पार्टीभित्रबाट आफूलाई फाइदा हुने प्रकारका केही निर्णय गरेका थिए । हिजोको दिनमा एमालेमा ओलीको निर्णय नै प्रमुख हुने भएकाले पनि उनको विरोधमा गए आफ्नो राजनीति सकिन्छ भनेर कोही पनि बोलेका थिएनन् । ओलीको विकल्पमा रुपमा भण्डारी देखिन थालेपछि भण्डारीको पक्षमा लाग्नेलाई ओलीले हप्कीदप्की गरेको सञ्चारमाध्यममा आएको थियो ।
एमालेको विधानमा ७० वर्षपछि सक्रिय राजनीति गर्न नपाइने व्यवस्था थियो । ओलीले यो व्यवस्थालाई निलम्बन गरेका छन् । ओली ७० वर्ष पुगिसकेका छन् । अबको तीन वर्षपछि हुने महाधिवेशनमा फेरि अध्यक्ष हुने दाउ गरेका ओलीलाई भण्डारीबाहेक कुनै पनि खतरा नभएकाले पनि उनी ढुक्क छन् ।

38 Views

ताजा

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

लामिछानेलाई थुनामा पठाउने उच्चको आदेशमा सर्वोच्चले माग्यो कैफियत प्रतिवेदन

२०८१ चैत्र ३१ गते, आईतवार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

कवि-कलाकार नरेन्द्रबहादुर श्रेष्ठको अभिनन्दन

२०८१ चैत्र ३० गते, शनिबार

फेवा महोत्सव आजदेखि

२०८१ चैत्र ३० गते, शनिबार

वरिष्ठ गायिका देविका बन्दनालाई आईएनसीद्वारा सम्मान

२०८१ चैत्र ३० गते, शनिबार

गोलन्जोरको दोस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता वडा नं ७ खुर्कोटले जित्यो

२०८१ चैत्र ३० गते, शनिबार

टेलिश्रृखला ‘रहरहरु’ को प्रोमो सार्वजनिक

२०८१ चैत्र ३० गते, शनिबार

रवि लामिछानेलाई कारागार चलान गर्ने आदेशको बदर माग गर्दै निकिता पुगिन् सर्वोच्च अदालत

२०८१ चैत्र २९ गते, शुक्रबार

एमाले सिध्याउँछु भन्नेहरू सफल भएनन् : प्रधानमन्त्री ओली

२०८१ चैत्र २९ गते, शुक्रबार

असिना पानीका कारण भारतमा २५ जनाको मृत्यु

२०८१ चैत्र २९ गते, शुक्रबार

लोकप्रिय

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

मनसुन लम्बियोः ‘धान नकाटौं, काटेको भए भित्र्याइहालौं’

२०८० आश्विन १५ गते, सोमबार

दलाल पूँजीपति वर्ग नै हाम्रो प्रमुख शत्रु हो

२०८० भाद्र २२ गते, शुक्रबार

शनिबार काठमाडौंका ५० भन्दा बढी ठाउँमा विद्युत् सेवा अवरुद्ध हुने

२०८० भाद्र १ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal