उप–महासचिव घिसिङद्वारा संगीतकर्मी संघको कार्यालय उद्घाटन

२०८० पुष २८ गते, शनिबार

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशको कार्यालयको उद्घाटन गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि चलचित्र निर्देशक÷निर्माता समेत रहेका आम जनता पार्टीका केन्द्रीय उप–महासचिव अरुण घिसिङले काठमाडौंको माछापोखरी बसन्तनगर, गुम्बा बालाजुमा शुक्रबार सो कार्यालयको उद्घाटन गरेका हुन् ।

‘हाम्रो कला र संस्कृति गौरवपूर्ण सान कलाकर्मीको उत्थानको लागि हाम्रो साझा अभियान’ भन्ने मुल नारासहित सम्पूर्ण कलाकर्मीहरुको साझा घरका रुपमा २०६२ सालमा स्थापना भई अघि बढिरहेको संघको प्रदेश कार्यालय उद्घाटन गर्नु हुँदै प्रमुख अतिथि घिसिङले राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेशले कार्यालय स्थापना गरेकोमा खुशी व्यक्त गरे । उनले संघले दुःखमा परेका कलाकारहरुको पीडा सम्बोधन गर्न सक्नुपर्ने बताए ।

कार्यक्रममा प्रमुख अतिथि घिसिङले राष्ट्रिय संगीतकर्मी संघ बागमती प्रदेश समितिबाट गीत संगीतको माध्यमबाट समाजमा योगदान पु¥याउनु भएका कलाकर्मीहरु सम्मान–पत्र र प्रशंसा–पत्रबाट सम्मान गरेका थिए । उक्त उद्घाटन कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघका केन्द्रीय प्रतिनिधिलगायत अन्य विभिन्न संघ÷संस्थाबाट उपस्थित विशेष अतिथि र अतिथिहरुबाट शुभकामना मन्तव्य व्यक्त गरिएको थियो ।

विभिन्न अग्रज चर्चित कलाकारहरु आबद्ध रहेको संघले नेपालका सबै जिल्लामा जिल्ला कार्यसमिति, सबै प्रदेशहरुमा प्रदेश कार्यसमितिहरु र अधिकांश स्थानीय तहमा स्थानीय समितिका साथै अमेरिका, बेलायत, जापान, कोरिया, मलेसिया, दुबाई लगायतका धेरै देशहरुमा पनि संगठन बिस्तार गरेको छ । संगीकर्मी संघका अध्यक्ष दावा फेन्जो तामाङको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन संगीतकर्मी संघका सचिव करण तामाङले गरेका थिए । संघमा वरिष्ठ गायक रेशम थापा, घमेस दुलाल, नवराज घोरासईनी, राजु परियार, प्रकाश कटुवाल, विक्रम जंग शाहलगायत चर्चित कलाकारहरु आबद्ध रहेका छन् ।

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal