अबको लक्ष्य तामाङ तथा नेपाली कला संगीतमा– प्रमिला लामा

२०८० पुष २० गते, शुक्रबार

शंखरापुर नगरपालिका वडा नं ८,कोट डाँडा, काठमाडौमा वि.सं २०६२ बैशाख ५ गते बुबा अनिल तामाङ र आमा सोम लामाको कोखमा जन्मेकी हुन् मोडल प्रमिला लामा ।

आमाको प्रेरणाले कला क्षेत्रमा लागेकी बताउने प्रमिलाले आफू भन्दा अग्रज कलाकारहरुको सिर्जनाहरुले थप प्रेरणा मिलेको बताउँछिन् । अरु साथीभाइ आफन्तहरुले सुरु सुरुमा यो क्षेत्रमा नलाग्नु भन्ने गरेको तर आफ्नी आमाको साथ र अग्रजहरुको सिर्जनाले आफूलाई अघि बढ्ने हिम्मत र प्रेरणा मिलेको विचार व्यक्त गर्छिन् मोडल प्रमिला ।

कला, गीत, संगीत भनेको हाम्रो संस्कृति र अस्वित्व बचाउने माध्यम भएको भन्दै हाम्रो देश भित्रका कला संगीतले गर्दा नेपालको संस्कृति बचाएको बताउँछिन् प्रमिला ।

हिजो कस्तो संस्कार थियोे भन्ने कुरा हिजोका चलचित्र कला कौशल गीत संगीतहरुमा झल्किन्छ । त्यसको अध्ययनले पहिलाको संस्कृतिको अध्ययन पनि गर्ने माध्यम बनेको छ ।

प्रमिला आफ्नो सांगीतिक यात्रा तामाङ सेलो “तोर तोर ल्हाला“ गीतमा मुख्य भूमिकाको अभिनयबाट सुरु गरेकी हुन् । यो भन्दा पहिला धेरै कार्यक्रमहरुमा नाच्ने गर्थिन् उनी । तर अफिसियल रुपमा सेलो गीतमा मोडलिङबाट भएको हो ।
“कला संगीतलाई नै व्यवसायीक हिसाबले अगाडि बढिरहनु भएकोहरुले यसै क्षेत्रबाट राम्रो सहज तरिकाबाट जीवन गुजारा गरिरहनु भएको देखिन्छ । तर व्यावसायिक हिसाबले नलाग्नु भएको कलाकर्मी कलाकारहरुलाई भने यो क्षेत्रबाट जीवनयापनलाई अप्ठ्यारो नै देखिन्छ । कलाकारले सुरुमा आफ्नो कलालाई लगानी गर्छ, समय सापेक्ष रहन सक्यो भने सिर्जनाले राम्रो आम्दानी गर्न सकेको पनि देखिन्छ तर गीत चलचित्र लगायत सिर्जनाहरु दर्शकले मन पराएन भने पक्कै मुस्किल नै पर्छ ।“ बताउँछिन् प्रमिला ।

आफ्नो कला क्षेत्र केही वर्ष अघि देखि मात्र सुरुवात भएको बताउने मोडल प्रमिला यो क्षेत्रमा लागेदेखि लगभग दर्जनको हाराहारी गीतहरुमा अभिनय गर्ने अवसर मिलेको बताउँछिन् ।

विशेषगरी प्रमिला तामाङ समुदायको भएको हुनाले आफ्नै भाषाका गीतहरुमा अभिनय गर्न मन पराउँछिन् । तर केही नेपाली भाषाका गीतहरुमा पनि अभिनय गरेकी छिन् उनीले । प्रमिलाले अभिनष गरेको गीतहरु मध्ये “तोर तोर ल्हाला“ तामाङ सेलो, “जिन्दगीको सयौँ यात्रा“ नेपाली गित, “भुपु छामे“ तामाङ गीत , “कोन्ज्योसोमला“ तामाङ गीत, “युकेला“ ¥याप तामाङ पप गीत, “टिकटकमा“, “हिम्मत कहिल्यै नहारी“ , “सिलगढीबाट मालगाडी आयो“ लगायतका गीतहरु उनले सम्झिरहने सिर्जनाहरु हुन् ।

मोडल प्रमिलाले सांगीतिक यात्राको क्रममा “भुपु छामे“ गीतबाट उत्कृष्ट मोडलमा कालीदेवी फिल्म एण्ड म्युजिक अवार्ड जित्न सफल, “सिलगढीबाट मालगाडी आयो“ गीतबाट उद्धार खबर अन्तर्राष्ट्रिय म्युजिक अवार्ड टप छ मा छनौट भएको साथै अन्य धेरै कला सम्मानहरु जस्तै नेपाली सिरियल “जारी“बाट उत्कृष्ट कला सम्मान, “ह्याङला दोलखा“ तामाङ समाजबाट ल्होछार साँस्कृतिक सम्मान, “तामाङ समाज खजुली“बाट सम्मान , “उद्धार शान्ति केन्द्र“ बाट नृत्य कला सम्मान, “कर्म छोरीको“ टेलीसिरियलबाट नृत्य कलाकार सम्मान लगायतका धेरै ठाउँमा सम्मानित हुँन पाउँदा यस क्षेत्रमा अझ जिम्मेवारी थपिएको महसुस गरेकी छिन् प्रमिलाले ।
राज्यपक्षबाट कला संगीतलाई केही हदसम्म हेरिएको छ । तर यसले मात्र नेपाल भित्र रहेका सम्पूर्ण कला, गीत संगीतको जगेर्ना गर्न सकिँदैन । अझै हाम्रो कला, संस्कृति, चलचित्र, गीत संगीतलाई साँस्कृतिक हिसाबले बचाइराख्ने हो भने सरकारले कला तथा साँस्कृतिक क्षेत्रलाई अभिन्न अंगको रुपमा स्विकार गरेर विशेष परियोजना तर्जुमा गर्ने बताउँछिन् उनी । व्यापक तरिकाले कलाकारले लगानी गरेर चलचित्र, अडियो भिडियो निर्माण गर्छ त्यसको उचित बजार व्यवस्थापन नभएको कारण कलाकारहरु मारमा परेको उनको भनाई छ । “अनि अर्काे कुरा कलाकारले लगानी गरेको भएर बजार व्यवस्थापन र मुल्य हुनुपर्छ मात्र भन्न खोजेको हैन, नेपाली समाजमा रहन सक्ने खालका मापदण्ड पूरा गरेर निर्माण गरिएको सिर्जनाहरुको चै विशेष संरक्षण हुनुपर्छ । जस्तो चलचित्र विकास बोर्ड भए जस्तै छुट्टाछुट्टै कलाहरुको विकास बोर्ड रह्यो भने कमसेकम त्यो बोर्डले मापदण्ड तयार गर्छ । विकृति पनि आउँदैन ।“ प्रमिलाको भनाइ छ ।

अबको आफ्नो लक्ष्य तामाङ तथा नेपाली कला संगीतमा आफ्नो कर्मलाई निरन्तरता प्रदान गर्दै यसै क्षेत्रबाट भएपनि राज्यलाई साँस्कृतिक पक्षमा सहयोग गर्ने र यही पुस्ताले हो हाम्रो कला,संस्कृति, चलचित्र गीत संगीतबाट देशको साँस्कृतिक धरोहर बचाउने बताउदै यसर्थ यो हाम्रो जिम्मेवारी भएको बताउँछिन्  । यस क्षेत्रमा आउन चाहने र आउँदै गर्नु भएकोहरुलाई “यो क्षेत्रको राम्रोसँग अध्ययन गरेर आउनुस् , कहाँसम्म पुग्ने उदेश्य के हो ? सबै स्पष्ट भएर मात्र यो क्षेत्रमा प्रवेश गर्दा उचित रहला । नत्र नबुझि हात हाल्यो भने तातो आलु जस्तो मात्र पनि हुन्छ सक्छ ।“ बताउँछिन् उजी । अन्तमा ।आफ्नो कुराहरु राख्ने मौका दिएकोमा समय दृष्टि साप्ताहिक पत्रिका परिवार प्रति धेरै धेरै धन्यवाद छ ।

118 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal