सम्भव नेपालद्वारा गोरखाका ७ वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स हस्तान्तरण
गोरखा । सम्भव नेपाल नामक गैरसरकारी संस्थाले गोरखाका सात वटा स्वास्थ्य संस्थालाई एम्बुलेन्स प्रदान गरेको छ । सम्बन्धित पालिकामार्फत स्वास्थ्य संस्थाहरूलाई ‘ख’ वर्गको एम्बुलेन्स हस्तान्तरण गरिएको हो ।
आज गोरखा सदरमुकाममा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पालिकाका जनप्रतिनिधि र कर्मचारीलाई एम्बुलेन्स हस्तान्तरण गर्नुभयो । चुमनुब्री गाउँपालिकाको सिर्दिबास स्वास्थ्य चौकी, गण्डकी गाउँपालिकाको दर्बुङ स्वास्थ्य चौकी, आरुघाट गाउँपालिकाको थुमी स्वास्थ्य चौकी, पालुङटार नगरपालिकाको मिरकोट कोटगढी आधारभूत स्वास्थ्य चौकी, सिरानचोक गाउँपालिकाको श्रीनाथकोट स्वास्थ्य चौकी, अजिरकोट गाउँपालिकाको भच्चेक आधारभूत अस्पताल र बारपाक सुलीकोट गाउँपालिकाको सहिद प्रेम ढकाल स्मृति आधारभूत अस्पताललाई एकरएक थान एम्बुलेन्स उपलब्ध गराइएको हो । पालुङटार नगरपालिकालाई उपलब्ध गराउने एम्बुलेन्स भने भन्सार जाँचपासकै क्रममा रहेको कार्यक्रममा बताइएको छ ।
मुख्यमन्त्री पाण्डेले लक्षित नागरिकले सहजै उपभोग गर्न सक्ने गरी एम्बुलेन्स सञ्चालन गर्न आग्रह गर्नुभयो । कार्यक्रममा सम्भव नेपालका अध्यक्ष प्रेमकुमार खत्रीले भन्सार छुटसहित सात वटा एम्बुलेन्सको लागत दुई करोड २८ लाख ८० हजार रुपैयाँ रहेको जानकारी दिनुभयो ।
सम्भव नेपालले यसअघि गोरखाका छ वटा पालिकालाई ‘ग’ वर्गको एम्बुलेन्स उपलब्ध गराएको थियो । यो पटक एम्बुलेन्ससँगै झन्डै ४५ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री पनि उपलब्ध गराइएको खत्रीले जानकारी दिनुभयो ।
ताजा
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न
२०८३ कार्तिक ११ गते, मंगलवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





