भोलि भैरहवामा पूर्वराजालाई नागरिक अभिनन्दन गरिने

२०८० पुष १८ गते, बुधबार

काठमाडौं । पश्चिम र मध्यपश्चिमको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र बिर बिक्रम शाहको भोलि भैरहवामा नागरिक अभिनन्दन गरिने भएको छ।

धार्मिक भ्रमणका लागि पुस ८ गते त्यसतर्फ प्रस्थान गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रलाई ११ दिनपछि भैरहवाको सुगरमिलमा नागरिक अभिनन्दन गर्न लागिएको हो। पूर्वराजाको अभिनन्दनको तयारीका लागि यसअघि नै एमाले नेता डा. रामप्रसाद बस्यालको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो ।

गत स्थानीय निर्वाचनमा एमालेकातर्फबाट सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार समेत रहेका भैरहवाका पुराना वामपन्थी नेता बस्याल एमालेको लुम्बिनी प्रदेश कमिटी पूर्वसल्लाहकार हुन् । समितिले अभिनन्दनका लागि तयारी पूरा भएको जनाएको छ। नागरिक अभिनन्दन ग्रहणपछि पूर्वराजा ज्ञानेन्द्रले कार्यक्रमलाई सम्बोधन गर्ने बताईएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले गत शनिबार कपिलवस्तुको शिवराज नगरपालिका–३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुभएको थियो ।

शालिक अनावरणका लागि कार्यक्रममा पुग्नुअघि पूर्वराजा शाहलाई जिल्लाको दोहनी, गैडाहवा, बहादुर गन्ज लगायतका स्थानमा स्थानीयले भब्य स्वागत गरेका थिए । सो अवसरमा पूर्वराजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गर्नुभएको थियो।

भैरहवामा गरिने नागरिक अभिनन्दन समारोहमा पूर्वरानी कोमल राज्यलक्ष्मी शाह,पूर्व नवयुवराज हृदयेन्द्र लगायत राजपरिवारका अन्य सदस्यहरुको समेत सहभागिता रहने मूल समारोह समितिले जनाएको छ।

140 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

राष्ट्रपति रामचन्द्र पौडेलद्वारा एक महिनाको तलब बाढीपीडितलाई दिने घोषणा

२०८३ भाद्र ११ गते, बिहीबार

मृत व्यक्तिको कानको मुन्द्रा तान्ने २ युवा पक्राउ

२०८३ भाद्र ११ गते, बिहीबार

प्रधानमन्त्री र पूर्वाधारमन्त्री बाढी प्रभावित नुवाकोटतर्फ प्रस्थान

२०८३ भाद्र ११ गते, बिहीबार

नागढुंगा–मुग्लिङदेखि बीपी राजमार्गसम्म बन्द

२०८३ भाद्र ११ गते, बिहीबार

आशा र विश्वासका साथ सबैलाई एक भएर विपद्को सामना गर्न र हातेमालो गर्न प्रधानमन्त्री बालेनको आग्रह

२०८३ भाद्र ११ गते, बिहीबार

तीर्थयात्री बोकेका दर्जनौँ बस सम्पर्कविहीन

२०८३ भाद्र ११ गते, बिहीबार

रसुवा बाढी वितण्डाः २८ प्रहरीसहित दर्जनौँ सम्पर्कविहीन, १६२ शव फेला

२०८३ भाद्र ११ गते, बिहीबार

रास्वपाद्वारा सर्वदलीय बैठक आव्हानः गगन थापा र प्रचण्डसहित शीर्ष नेता सहभागी

२०८३ भाद्र ११ गते, बिहीबार

विनाशकारी बाढीः मृत्यु हुनेको संख्या २२ पुग्यो

२०८३ भाद्र १० गते, बुधबार

भारतीय प्रधानमन्त्री मोदी र प्रधानमन्त्री बालेनबिच टेलिफोनमा वार्ता, नेपाललाई सहयोग गर्ने मोदीको प्रतिबद्धता

२०८३ भाद्र १० गते, बुधबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal