भोलि भैरहवामा पूर्वराजालाई नागरिक अभिनन्दन गरिने

२०८० पुष १८ गते, बुधबार

काठमाडौं । पश्चिम र मध्यपश्चिमको भ्रमणमा रहनुभएका पूर्वराजा ज्ञानेन्द्र बिर बिक्रम शाहको भोलि भैरहवामा नागरिक अभिनन्दन गरिने भएको छ।

धार्मिक भ्रमणका लागि पुस ८ गते त्यसतर्फ प्रस्थान गर्नुभएका पूर्वराजा ज्ञानेन्द्रलाई ११ दिनपछि भैरहवाको सुगरमिलमा नागरिक अभिनन्दन गर्न लागिएको हो। पूर्वराजाको अभिनन्दनको तयारीका लागि यसअघि नै एमाले नेता डा. रामप्रसाद बस्यालको संयोजकत्वमा मूल समारोह समिति गठन गरिएको थियो ।

गत स्थानीय निर्वाचनमा एमालेकातर्फबाट सिद्धार्थनगर नगरपालिकाको नगर प्रमुख पदमा उम्मेदवार समेत रहेका भैरहवाका पुराना वामपन्थी नेता बस्याल एमालेको लुम्बिनी प्रदेश कमिटी पूर्वसल्लाहकार हुन् । समितिले अभिनन्दनका लागि तयारी पूरा भएको जनाएको छ। नागरिक अभिनन्दन ग्रहणपछि पूर्वराजा ज्ञानेन्द्रले कार्यक्रमलाई सम्बोधन गर्ने बताईएको छ ।

पूर्वराजा ज्ञानेन्द्रले गत शनिबार कपिलवस्तुको शिवराज नगरपालिका–३ खैरेन्द्रपुर चौराहामा निर्माण गरिएको पृथ्वीनारायण शाहको सालिक अनावरण गर्नुभएको थियो ।

शालिक अनावरणका लागि कार्यक्रममा पुग्नुअघि पूर्वराजा शाहलाई जिल्लाको दोहनी, गैडाहवा, बहादुर गन्ज लगायतका स्थानमा स्थानीयले भब्य स्वागत गरेका थिए । सो अवसरमा पूर्वराजा शाहले नागरिक अभिनन्द समेत ग्रहण गर्नुभएको थियो।

भैरहवामा गरिने नागरिक अभिनन्दन समारोहमा पूर्वरानी कोमल राज्यलक्ष्मी शाह,पूर्व नवयुवराज हृदयेन्द्र लगायत राजपरिवारका अन्य सदस्यहरुको समेत सहभागिता रहने मूल समारोह समितिले जनाएको छ।

150 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal