युट्युबको शीर्ष स्थानमा प्रकाश सपूतको ‘मुटु कटक्कै’

२०८० पुष १८ गते, बुधबार

काठमाडौं । गायक एवं सर्जक प्रकाश सपुतको नयाँ गीत सोमबार मात्रै सार्वजनिक भएको ‘मुटु कटक्कै’ युट्युब ट्रेडिङको शीर्ष स्थानमा उक्लिएको छ ।

सार्वजनिक भएको २४ घण्टा बिते लगत्तै १२ लाख भन्दा बढीले युट्युवमा हेरिसकेका छन् । ‘मुटु कटक्कै’ को भिडिओ सोमबार गायक सपुतकै युट्युव च्यानलबाट सार्वजनिक भएको हो । यस गीतमा तत्कालै दर्शक झुम्मिएका छन् । गती सार्वजनिक भएको ५ लाख २५ हजारपटक हेरिएको युट्युबको भिडियो शीर्ष ट्रेन्डिङतर्फ लम्किएको छ ।

यो गीतको गायनमा सपुतलाई थप दुई गायक प्रताप दास र कुशल बेल्बासेले साथ दिएका छन् । ‘केटा मान्छेलाई रुन एउटा ठाउँ चाहिन्छ’ भन्ने रोचक विषयवस्तु उनले गीतमार्फत उठान गरेका छन् ।

गीतको शब्द र संगीत प्रकाश सपुतकै हुन् । भिडियोमा उनले कुशुम शर्मा उर्फ सकम्बरीलाई आफ्नो अनस्क्रिन जोडी बनाएका छन् । सपुतको गीत ‘फुलमाया’ बाट हिट भएकी कुशमको ग्ल्यामर लुकले दर्शकलाई तानकेो छ ।

गायक प्रकाश सपूतका यसअघि ‘गलबन्दी’, ‘बोलमाया बोल’, ‘फुटेका चुरा’, ‘बदला बरीलै’, ‘मेरो पनि होइन र यो देश’, ‘पर–पर छु’, ‘पिर’, ‘सकम्बरी’, ‘दमाइ महाराजा’ र ‘कुरा बुझ्नुपर्छ एक र दुई’ लगायत गीत सार्वजनिक भइसकेका छन् ।

 

145 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम

२०८३ आश्विन १८ गते, आईतवार

धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal