‘पठान’ को रेकर्ड तोड्यो ‘एनिमल’ ले, बन्यो सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्म
एजेन्सी । बलिउड अभिनेता रणवीर कपूर अभिनीत फिल्म ‘एनिमल’ ले नयाँ रेकर्ड राखेको छ। एनिमलले प्रदर्शनको ३३ औं दिनमा सर्वाधिक कमाइ गर्ने दोस्रो हिन्दी फिल्मको रेकर्ड राखेको हो। भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाका अनुसार फिल्मले भारतमा ५४६ करोड २७ लाख भारू कमाएको छ। योसँगै एनिमलले शाहरूख खानको पठानको रेकर्ड तोडेको छ।
पठानले भारतमा ५४३ करोड ०९ लाख भारू कमाएको थियो। सर्वाधिक कमाइ गर्ने पहिलो हिन्दी फिल्मको रेकर्ड भने शाहरूख खानकै नाममा छ। उनको फिल्म ‘जवान’ ले ६४० करोड २५ लाख भारू कमाएको थियो।
एनिमलले विश्वभरबाट ८९० करोड भारू कमाएको छ। बक्स अफिसमा राम्रो कमाइ गरेको फिल्म ओटिटीमा प्रदर्शन हुँदैछ। भारतीय सञ्चारमाध्यमका अनुसार यो फिल्म २६ जनावरीदेखि नेटफ्लिक्समा रिलिज हुनेछ।
सन्दिप रेड्डी वांगाले निर्देशन गरेको फिल्ममा रणवीरसँगै रश्मिका मन्दना, बबी देओल, अनिल कपूर, तृप्ति डिमरीलगायतको अभिनय छ। फिल्ममा अनिल रणवीरको बाबुको भूमिकामा छन् भने रश्मिका उनको श्रीमतीको भूमिकामा देखिएका छन्। फिल्मको कथालाई सन्दिपले नै लेखेका हुन् भने फिल्ममा भुषण कुमार, प्रणय रेड्डी, मुरद खेतानी र कृष्ण कुमारले लगानी गरेका छन्।
ताजा
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ
२०८३ आश्विन २५ गते, आईतवार
प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन
२०८३ आश्विन २२ गते, बिहीबार
मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने
२०८३ आश्विन २० गते, मंगलवार
दाङ, बर्दिया र कैलालीमा भारी वर्षा
२०८३ आश्विन २० गते, मंगलवार
काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता
२०८३ आश्विन २० गते, मंगलवार
लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ
२०८३ आश्विन १८ गते, आईतवार
काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव
२०८३ आश्विन १८ गते, आईतवार
‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा
२०८३ आश्विन १८ गते, आईतवार
राष्ट्रिय चलचित्र दिवसको अवसरमा कलाकार सङ्घद्वारा विशेष कार्यक्रम
२०८३ आश्विन १८ गते, आईतवार
धादिङका सापकोटा कांग्रेसको केन्द्रीय सदस्यको उम्मेदवार बन्दै
२०८३ आश्विन १८ गते, आईतवारलोकप्रिय
बाैद्ध जागरणले गर्याे बाढीमा ज्यान गुमाएका २६० जनाकाे नि:शुल्क घेवा पुजा
२०८३ आश्विन १६ गते, शुक्रबार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार





