‘जनयुद्ध दिवस’ मा बिदा नदिन सर्वोच्चको आदेश
२०८० पुष १३ गते, शुक्रबार
\काठमाडौं । जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा नदिन सर्वोच्च अदालतले आदेश दिएको छ ।
फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा बिदा दिने सरकारी निर्णयविरुद्ध परेको रिटमाथि शुक्रवार सुनुवाइ गर्दै न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको इजलासले फागुन १ गते बिदा नदिन आदेश दिएको हो ।
शान्ति प्रक्रियाका कार्यभार पूरा नहुँदै गरिएको सार्वजनिक बिदाले पीडितलाई थप पीडाबोध भएको सर्वोच्चको ठहर छ । सरकारले फागुन १ गते सार्वजनिक बिदा दिँदै आएको थियो।
27 Views