बालकुमारी घटनामा मेरो कुनै संलग्नता छैनः मन्त्री ज्वाला

२०८० पुष १३ गते, शुक्रबार

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले बालकुमारी घटनामा आफ्नो संलग्नता नरहेको बताएका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय समिति बैठकपछि बोल्दै यातायातमन्त्री ज्वालाले यस्तो बताएका हुन् । उनले मन्त्रालयतिर फर्किरहेको आफ्नो गाडी बिना कारण जलाइएको बताए ।

यातायातमन्त्री ज्वालाले भने, ‘बालकुमारी घटनामा मेरो कुनै सम्बन्ध छैन । मेरो पिएसोले गोली चलाउन त के कसैसँग कुराकानी समेत गरेको छैन । त्यसमा कुनै सरोकार पनि राखेको छैन । गाडी मन्त्रालयतिर जाँदै थियो । रोकियो हावा खुस्काएर आगजनी गरियो म यहाँ बैठकमा थिएँ ।’

उनले बिना कारण सरोकार नै नभएको बिषयमा सरकारी सम्पत्ति क्षति गर्ने कुरा खेदजनक भएको बताए ।

उनले मानिसको ज्यान जाने र घाइते हुने कुरा अत्यन्त दुःखद रहेको भन्दै घटनाका सम्बन्धमा आफ्नो मन्त्रालयको कुनै साइनो र सम्बन्ध नरहेको बताए ।. here

142 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal