प्रेमीसँग भाग्न लागेको देखेपछि श्रीमतीको हत्या

२०८० पुष १३ गते, शुक्रबार

काठमाडौं । श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले कास्कीमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले बिहीबार दिउँसो पोखरा महानगरपालिका– २९ नौबिसे बस्ने एक पुरूषलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका एसपी मोहनकुमार थापाले जानकारी दिए ।

पक्राउ पर्नेमा म्याग्दीको धौलागिरी गाउँपालिका–७ ताकमका ३६ वर्षीय रत्नबहादुर घर्ती छन् । उनले २८ वर्षीया श्रीमती रेखा घर्तीको घाँटीमा तुनाले कसेर हत्या गरेको आरोप छ ।

एसपी थापाका अनुसार रेखा रत्नबहादुरकी कान्छी श्रीमती हुन्। उनीहरूका दुई जना बच्चा पनि छन् । पछिल्लो समय श्रीमान श्रीमतीबीचको सम्बन्ध बिग्रिँदै गएको प्रहरीले जनाएको छ ।

यसरी सम्बन्ध बिग्रिँदै गएपछि रेखाको अर्कै पुरूषसँग प्रेम भएको थियो । रेखा बिहीबार दिउँसो प्रेमीसँग भाग्न लागेकी थिइन् । ‘हिजो महिला आफ्ना प्रेमीसँग भाग्न लागेकी थिइन् । भाग्न लागेको देखेपछि श्रीमान रत्नबहादुरले देखेछन्,’ एसपी थापाले भने ।

त्यसपछि रत्नबहादुरले रेखा र उनका प्रेमीलाई लखेटेका थिए । लखेटेर नौबिसेको तोरी बारीमा पुगेपछि रत्नबहादुरले रेखालाई भेट्टाएको प्रहरीले जनाएको छ ।

रत्नबहादुरले जुत्ताको तुना निकालेर रेखाको घाँटीमा कसेर हत्या गरेको एसपी थापाले बताए। उनका प्रेमी भने भाग्न सफल भएका थिए । ‘हत्या हुँदा धेरै बेर पनि लागेनछ । घटनाका प्रत्यक्षदर्शीहरू पनि धेरै छन्,’ एसपी थापाले भने, ‘प्रेमीलाई भेटाउन पाएनन्। घटना छोटो समयमा नै भएकाले स्थानीयले पनि बचाउन सकेनन् ।’

142 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण

२०८३ आश्विन ४ गते, आईतवार

आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प

२०८३ आश्विन ३ गते, शनिबार

‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र ‘बखत्ते’को शुभमुहूर्त

२०८३ आश्विन ३ गते, शनिबार

प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण

२०८३ आश्विन ३ गते, शनिबार

चलचित्र चंगुलको ट्रेलर रिलिज

२०८३ आश्विन ३ गते, शनिबार

भूपेशको ‘मेरी आमा’ सार्वजनिक

२०८३ आश्विन ३ गते, शनिबार

आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै

२०८३ आश्विन ३ गते, शनिबार

डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ

२०८३ आश्विन २ गते, शुक्रबार

भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन

२०८३ आश्विन २ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal