भौतिकसहित छजना मन्त्री हेरफेर गर्दै प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्री हेरफेर गर्ने स्पष्ट संकेत गरेका छन् । मन्त्रीहरु हेरफेर गर्ने चर्चा चलेकै बेला प्रधानमन्त्री दाहालले गत पुस १० गते देशवासीका नाममा गरेको सम्बोधनमा उक्त कुरा बताएका हुन् ।
प्रधानमन्त्री दाहालले कार्य सम्पादन कमजोर मन्त्रीहरु भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालासहित आधा दर्जन मन्त्रीहरुलाई माफ गर्न नसक्ने बताएका छन् । देशवासीका नाममा सम्बोधन गरेलगत्तै मन्त्रीहरु हेरफेर गर्ने भनिए पनि राष्ट्रियसभाको निर्वाचनमा असन्तुष्टि बढ्न सक्ने कुरालाई मध्यनजर गर्दै आगामी माघ ११ गतेको निर्वाचनपछि हेरफेर गर्ने गठबन्धन दलहरुबीच सहमति भएको समाचार स्रोतले बताएको छ ।
कार्यक्षमता प्रमाणित गर्ने र परिणाम देखाउन नसकेपछि भौतिक पूर्वाधार तथा यातायात्र मन्त्री प्रकाश ज्वाला (नेकपा एस), अर्थमन्त्री प्रकाशशरचण महत (नेपाली काँग्रेस), ऊर्जा जलश्रोत तथा सिचाई मन्त्री शक्तिबहादुर बस्नेत (माओवादी केन्द्र), भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरी (नागरिक उन्मुक्ति पार्टी) र पर्यटन तथा नागरिक उड्डयन मन्त्री सूदन किराँतीलाई हटाउने तयारी प्रधानमन्त्री दाहालले गरेको समाचार श्रोतले बताएको छ । यसका अलावा खानेपानी मन्त्री महिन्द्रराय यादव पनि ‘रेडजोन’ मा परेका छन् ।
‘कम्बल ओढेर घ्यू खान पल्किएका’ मन्त्री ज्वालालाई नारायणघाट–बुटवल र मुग्लिन–पोखरा सडक निर्माणमा भएको ढिलासुस्तीले र अर्थमन्त्री महतलाई अर्थतन्त्रमा दखिएको जर्जर अवस्थाले बढार्ने बताइएको छ । मेलम्ची खानेपानीको जटिल समस्याप्रति हेलचेक्र्याई गरेकाले खानेपानी मन्त्री यादव, क्रिश्यिचन धर्मको वकालत गरेकाले मन्त्री किराँती कित्ताकाट गरे पनि घरजग्गाको कारोबार बढ्न नसक्दा मन्त्री रञ्जिता श्रेष्ठ र ऊर्जा क्षेत्रमा सुधार हुन नसकेपछि उपरोक्त मन्त्रीहरुको पद खुस्किने भएको हो ।
यसैबीच नेकपा (एस) का सम्मानित नेता झलनाथ खनालको कोटाबाट मन्त्री बनेका ज्वालालाई हटाइने भएपछि उनको ठाउँमा नेकपा एसका सांसदद्वय राजेन्द्र पाण्डे र किसान श्रेष्ठमध्ये एकजना भौतिक मन्त्री बन्ने राजनीतिक बजारमा चर्चा चलेको छ । मन्त्री ज्वाला हट्ने भएपछि उनका पृष्ठपोषकहरुलाई निद हराम भएको श्रोतले बताएको छ ।
ताजा
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
गोविन्द्रराज तिमिल्सेनाको ‘जिन्दगीको यात्रा’ मुक्तकसङ्ग्रह लोकार्पण
२०८३ आश्विन ४ गते, आईतवार
आज संविधान दिवसः अधिकार, दायित्व र समृद्धिको संकल्प
२०८३ आश्विन ३ गते, शनिबार
‘म मदनकृष्ण’को छायांकन सुरु, चैत ४ गतेबाट प्रदर्शन
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र ‘बखत्ते’को शुभमुहूर्त
२०८३ आश्विन ३ गते, शनिबार
प्रदीप जैशीको उपन्यास ‘काउले’को लोकार्पण
२०८३ आश्विन ३ गते, शनिबार
चलचित्र चंगुलको ट्रेलर रिलिज
२०८३ आश्विन ३ गते, शनिबार
भूपेशको ‘मेरी आमा’ सार्वजनिक
२०८३ आश्विन ३ गते, शनिबार
आज संविधान दिवस, हर्षोल्लासका साथ मनाइँदै
२०८३ आश्विन ३ गते, शनिबार
डिल्ली बजारका नापि अधिकृत वली ९ लाख घुसहित पक्राउ
२०८३ आश्विन २ गते, शुक्रबार
भोटेकोशी बाढीमा छ सय ७७ यातायात मजदुर सम्पर्कविहीन
२०८३ आश्विन २ गते, शुक्रबारलोकप्रिय
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान
२०८३ भाद्र १० गते, बुधबार
फ्रान्सलाई हराउँदै स्पेन विश्वकपको फाइनलमा
२०८३ असार ३१ गते, बुधबारFast Withdrawal Options and Deposit Limits at Wino Casino
२०८२ माघ २४ गते, शनिबारThe Most Popular Online Slots on Tea Spins Casino in 2024
२०८२ माघ २१ गते, बुधबारJouez facilement sur Spinit Casino avec l’application mobile
२०८२ माघ १९ गते, सोमबारConfianza total en SG Casino por su licencia y atención al cliente
२०८२ माघ १८ गते, आईतवारExpert Advice For Winning Consistently At Space Casino Slots
२०८२ माघ १८ गते, आईतवारWinbet Casino et la sécurité des transactions financières
२०८२ माघ १४ गते, बुधबार





