भारतबाट आएका हात्तीका कारण ३ जिल्ला त्रासमा

२०८० मंसिर ३० गते, शनिबार

काठमाण्डौ / डेढ महिनाअघि भारतबाट झापाको बाहुनडाँगी सीमा नाका हुँदै नेपाल प्रवेश गरेका ३६ वटा जङ्गली हात्तीका कारण कोशी प्रदेशका तीन जिल्लाका बासिन्दा त्रसित छन् । झापा, मोरङ र सुनसरी क्षेत्रका जङ्गलमा विचरण गर्दै आएका हात्तीबाट जीउधनको सुरक्षा कसरी गर्ने भन्ने चिन्ता बढेको छ ।

एक महिनामा हात्तीको आक्रमणमा परेर झापामा दुई, मोरङमा एक र सुनसरीमा एक गरी चारजनाको ज्यान गइसकेको छ । मेचीनगर नपा–४ का हात्ती संरक्षण अभियानकर्मी शंकर लुइँटेलका अनुसार गएको कात्तिक ३ गते बाहुनडाँगीको सीमा क्षेत्रबाट ती हात्ती नेपाल पसेका थिए । हात्तीको बथानमा छावा पनि छन् । ती हात्ती अहिलेसम्म नफर्किएको उहाँले बताउनुभयो ।

हिउँद याममा बर्सेनि यसरी नै भारतबाट हात्तीको ठूलो बथान नेपाल आउने गरेका छन् । लुइँटेलका अनुसार त्यस्ता हात्ती नेपालबाट १० देखि १५ दिनभित्रमा भारततिरै फर्कने गरेका थिए । गएको वर्ष बाहुनडाँगी हुँदै नेपाल प्रवेश गरेका ३२ हात्तीमध्ये १२ वटा मात्रै भारत फर्किएको हात्तीको गणना र अध्ययनसमेत गर्दै आउनुभएका अभियानकर्मी लुइँटेलले बताउनुभयो ।

भारत नफर्किएका २० वटा हात्ती झापा र मोरङकै जङ्गलमा छारिएर रहेको उहाँको भनाइ छ । उहाँले अहिले तीन जिल्लामा ६० देखि ६५ वटा हात्ती जङ्गलभित्र रहेको दाबी गर्नुभयो ।

112 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

पुष्प वर्षासहित भाजपा मुख्यालयमा रविको भव्य स्वागत

२०८३ जेष्ठ १९ गते, मंगलवार

मल्टिपल डिष्ट्रिक्ट ३२५ नेपालको कन्भेन्सन सम्पन्न

२०८३ जेष्ठ १९ गते, मंगलवार

माननीयज्यु रेस्लिङ रिङ कि संसद् : अनुहार फेरियो, प्रवृत्ति फेरिएन !

२०८३ जेष्ठ १९ गते, मंगलवार

‘गौँथली’को टिजरमा श्रीमान्, श्रीमती र आमाको कथा

२०८३ जेष्ठ १९ गते, मंगलवार

चलचित्र ‘सिन्दुरे जात्रा’ र अभिनेता विजय बराल

२०८३ जेष्ठ १९ गते, मंगलवार

विद्यार्थीले मन पराए चलचित्र ‘रोल नं १’

२०८३ जेष्ठ १९ गते, मंगलवार

अनुसन्धानको घेरामा रहँदै आएका वीरगञ्ज महानगरपालिकाका प्रमुख सिंह पक्राउ

२०८३ जेष्ठ १९ गते, मंगलवार

नारायणहिटी हत्याकाण्डको २५ वर्ष

२०८३ जेष्ठ १९ गते, मंगलवार

कुशल भुर्तेलद्वारा एकै ओभरमा ६ छक्का

२०८३ जेष्ठ १७ गते, आईतवार

काठमाडौं महानगरद्वारा कक्षा ११ को छात्रवृत्ति परीक्षा आज सञ्चालन

२०८३ जेष्ठ १७ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal