सन् २०२४ मा सात वटा अन्तरमहादेशीय मिसाइल प्रक्षेपण गर्ने योजनामा रूस

२०८० मंसिर ३० गते, शनिबार

मस्को । रूसले सन् २०२४ मा सात वटा अन्तर महादेशीय मिसाइल प्रक्षेपण गर्ने रणनीतिक योजना बनाएको रूसी मिसाइल फोर्सका रणनीतिक कमाण्डर लेफ्टिनेन्ट जनरल सर्गेई काराकायेभले बताएका छन्।

रुसबाट प्रकाशित रेड स्टारसँगको अन्तरवार्तामा काराकायेभले पछिल्लो पाँच बर्षमा रूसी सेनाले प्ररीक्षण तथा तालिमका लागि २० वटाभन्दा बढी मिसाइल प्रक्षेपण गरेको शुक्रबार बताए।

काराकायेभले ओरेनवर्ग क्षेत्रको यास्नीपूर्वाधार प्रयोग गरी परीक्षण गरिएको बताउँदै आगामी वर्ष थप सात वटा प्रक्षेपण गर्ने योजना रहेको उल्लेख गरेका छन्।

रूस तथा संयुक्त अमेरिकाबीच अन्तरदेशीय मिसाइल र पन्डुबीहरू प्रक्षेपणको योजनाका विषयमा सुचना आदानप्रदान जारी रहेको काराकायेभले बताएका छन्।

उनका अनुसार रूस र अमेरिकाले एक अर्कोलाई प्रक्षेपणको विषयमा एक दिनअघि नै जानकारी प्रदान गर्ने प्रचलन रहेको छ।

स्रोतका अनुसार पूर्व सोभियत सङ्घ तथा संयुक्त राज्य अमेरिकाबीच सन् १९८८ को सन्धिअनुसार क्षेप्यास्त्र परीक्षणको कम्तीमा २४ घण्टा अगाडि सूचना लिने दिने सम्झौता भएको थियो। सूचनाले प्रक्षेपणको मिति, स्थान तथा हतियारको प्रभावको बारेमा सङ्केत गर्छ। –सिन्ह्वा

159 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal