काँग्रेस नेता खाँणलाई ‘सेटिङ’मा छोडियोः ओली
पाँचथर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसका नेता बालकृष्ण खाँणलाई ‘सेटिङ’मा छोडिएको आरोप लगाएका छन् ।
समृद्धिका लागि एमालेको मध्यपहाडी संकल्प यात्राअन्तर्गत पाँचथरको फिदिममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् । कांग्रेसका खाँणलाई छोडिएको तर एमालेका नेता पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई थुनामै राख्न आदेश दिइएको भन्दै अध्यक्ष ओलीलेले आपत्ति जनाए ।
अध्यक्ष ओलीले भने,‘कांग्रेसका बालकृष्ण खाण छुटे । तर हाम्रा कोही साथीहरूलाई जेल राखिएको छ । टोपबहादुरजी एमालेमा लागेको रिसले उहाँलाई जेलमै राखियो । कांग्रेसको मान्छे न्यायाधीश हुन्छ अनि कहाँ हुन्छ !’
नक्कली भुटानी शरणनार्थी प्रकरणमा मुछिएका पूर्वगृहमन्त्रीसमेत रहेका खाँणलाई पाटन उच्च अदालतले बिहीवार ३० रुपैयाँ लाख धरौटीमा छोड्न आदेश दिएको थियो ।