अमेरिकाबाट आएको ५५ केजी गाँजा त्रिभुवन विमानस्थलबाट बरामद

२०८० मंसिर ३० गते, शनिबार

काठमाडौं । शुक्रबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमाअमेरिकाबाट नेपाल ल्याइएको ५५ किलो गाँजा बरामद भएको छ । १०८ वटा कार्टुनमा प्याक गरेर ल्याइएको उक्त गाँजा भन्सार जाँच हुनुअघि नै बरामद गरिएको त्रिभुवन विमानस्थल भन्सार कार्यालयका प्रमुख प्रशासक टोकराज पाण्डेले जानकारी दिए ।

उनका अनुसार ठूलो परिमाणमा गाँजा नेपाल ल्याइँदैछ भन्ने सूचनाका आधारमा विमानस्थलमा कडाइ गरिएको थियो । त्यस क्रममा एउटा फर्मको नाममा ल्याइएको कार्टुनहरूमाथि शंका लागेर चेक गर्दा गाँजा भेटिएको थियो ।

उक्त फर्म र गाँजाबारे थप अनुसन्धान गर्न त्रिभुवन विमानस्थल भन्सार कार्यालयले नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोलाई जिम्मा लगाएको छ । यसअघि अमेरिकाबाट हुलाकमार्फत केही ग्राम लागूऔषध नेपाल पठाउने गरेको भेटिएको थियो । तर यति ठूलो मात्रामा एकै पटक गाँजा अमेरिकाबाट ल्याइएको भने पहिलो पटक भएको विमानस्थलका अधिकारीहरु बताउँछन् ।

154 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

गौँथली’ले मनायो ५१औँ दिन

२०८३ भाद्र २२ गते, सोमबार

कोशी ब्यारेजका २७ ढोका खुल्ला

२०८३ भाद्र २२ गते, सोमबार

बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक

२०८३ भाद्र २२ गते, सोमबार

भोटेकोशी बाढीमा १ हजार ३५१ शव फेला

२०८३ भाद्र २२ गते, सोमबार

त्रिशूली–३ ‘ए’ को सुरुङभित्रबाट एक जनाको जीवितै उद्धार

२०८३ भाद्र १९ गते, शुक्रबार

विपत्तिमा धैर्यको परीक्षा हुन्छः प्रधानमन्त्री

२०८३ भाद्र १९ गते, शुक्रबार

उपत्यकामा भारी मात्रामा ग्यास सिलिन्डर भित्रिँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

 राहत–उद्धारमा जुट्यो नेपाल संघीय समाजवादी पार्टी

२०८३ भाद्र १९ गते, शुक्रबार

बाढीको वितण्डाः ९२६ शवको व्यवस्थापन

२०८३ भाद्र १९ गते, शुक्रबार

आज श्रीकृष्णजन्माष्टमीः देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै

२०८३ भाद्र १९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal