गोविन्द केसी आज साँझदेखि अनसन बस्‍ने

२०८० मंसिर २९ गते, शुक्रबार

काठमाडौँ । विभिन्न माग राख्दै डा. गोविन्द केसीले सत्याग्रहको घोषणा गरेका छन् । शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै केसीले चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारसहितका माग राख्दै शुक्रबार बेलुकादेखि तीन दिने सत्याग्रह सुरू गर्न लागेको जानकारी दिएका हुन् ।

उनले सशस्त्र द्वन्द्वकालमा भएका जघन्य तथा मानवताविरोधी अपराधका दोषीहरूलाई दण्डित गर्दै मृतक, घाइते र बेपत्ताका परिवारलाई न्याय हुने गरी संक्रमणकालीन न्यायप्रक्रिया शीघ्र टुंगोमा पुर्‍याउन माग गरेका छन् ।

त्यस्तै सरकारी अस्पतालहरूमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरू पाइने सुनिश्चित गर्ने, गेटामा शीघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्‍चालनमा ल्याउने, चिकित्सा शिक्षा ऐनमा उल्लेख भए अनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पुर्‍याउने उनको माग छ । चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्रका सुधारका लागि पटक पटक आन्दोलन गर्दा पनि इमान्दारीसाथ सम्झौताहरू कार्यान्वयन नभएकाले सत्याग्रह बस्नु परेको उनले बताए ।

184 Views

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १६ गते, आईतवार

पद्मावती-सुनन्दा साङ्गीतिक साँझ सम्पन्न

२०८३ कार्तिक १६ गते, आईतवार

गोकर्णेश्वर इसाई समाजद्वारा खुला रक्तदान कार्यक्रम सम्पन्न

२०८३ कार्तिक ११ गते, मंगलवार

विश्व सोतोकान कराते च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्दै चित्रप्रसाद श्रेष्ठ

२०८३ आश्विन २५ गते, आईतवार

प्रसिद्ध बलिउड अभिनेता नाना पाटेकरको निधन

२०८३ आश्विन २२ गते, बिहीबार

मर्मतसम्भार गर्नुपर्ने भएकाले मनकामना केबलकार आज बन्द हुने

२०८३ आश्विन २० गते, मंगलवार

दाङ, बर्दिया र कैलालीमा भारी वर्षा

२०८३ आश्विन २० गते, मंगलवार

काँग्रेस महाधिवेशनः १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको मनोनयन दर्ता

२०८३ आश्विन २० गते, मंगलवार

लिङ्देनको चेतावनीः अहिले देश लिग बाहिर गएको छ

२०८३ आश्विन १८ गते, आईतवार

काँग्रेसको १५औं महाधिवेशनः गगन थापाको राजनीतिक प्रतिवेदनः सरकारलाई खबरदारीदेखि कांग्रेस पुनर्संरचनासम्म २९ प्रस्ताव

२०८३ आश्विन १८ गते, आईतवार

‘छत्तीसको आँकडा’को रिलिज मिति घोषणा

२०८३ आश्विन १८ गते, आईतवार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal