नेपालको लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट

२०८० मंसिर २६ गते, मंगलवार

काठमाडौं / लघुचलचित्र ‘द स्कुल वाल’ नाईजेरिया र जिम्वावेमा छनोट भएको छ । बालमनोविज्ञानमा आधारित यो लघुचलचित्र नाइजेरियाको इडो स्टेट इन्टरनेशनल फिल्म फेस्टिभल र जिम्वावेको भर्सिटी फिल्म एक्स्पो मा छनोट भएको छ । यसअघि बेलायतको लिफ्ट अफ फिल्ममेकर सेसन्समा छनोट भएको थियो । लघुचलचित्रमा श्लोक साहले मुख्य भुमिका निर्वाह गरेका छन् । अन्य चर्चित कलाकारहरु सुवास प्रसाद गजुरेल, सरोज लामिछाने, चन्द्र प्रसाद पाण्डे, गिता श्री थापा, आयुषा गौतम, बिदुर प्रसाद सिग्देल, निष्ठा दाहाल, रेहान केसी, खेम राज कोईराला, उद्धव दंगाल लगायत सेलीब्रेशन स्कूलका विद्यार्थीहरुको अभिनय रहेको छ ।

लघुचलचित्रलाई सुरेन्द्र क्षेत्रीले कास्टिङ डिरेक्सनसँगै निर्माणसमेत गरेका छन् । काठमाडौंमा छायांकन गरिएको लघुचलचित्रको दृश्य नारायण जिसीले खिचेका हुन् । लघुचलचित्रको सम्पादन तथा रङ्ग संयोजन अनिल कुमार महर्जनले गरेका छन् । सहायक निर्देशन करन साउदको रहेको छ । ऐना आट्र्सको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्र द स्कुल वालको लेखन तथा निर्देशन मोहन अभिलाषीले गरेका हुन् । उनकै लेखन तथा निर्देशन रहेको लघुचलचित्र ‘घुर्रा’, ‘भाउ’, ‘पाउलो’ विभिन्न देशहरुमा छनोटमा परिसकेको छ । लघुचलचित्र ‘द स्कुल वाल’ को अफिसियल पार्टनरको रुपमा साईलेन्ट एक्ट र मालिका मिडिया रहेका छन् ।

‘द स्कुल वाल’ मा पर्खालको रुपमा गरिबी, परिस्थिति र जिम्मेवारीलाई प्रस्तुत गरिएको छ । लघुचलचित्रमा विद्यालय नजिकै जुत्ता पालिस गर्ने तराईको एक बालकको संघर्षको कथालाई प्रस्तुत गरिएको निर्माण पक्षले जनाएको छ । काम गर्ने ठाउँको अगाडिबाट विद्यार्थीहरु विद्यालय गईरहँदा उसलाई पनि पढ्ने रहरले विद्यालयसम्म तानेर लैजान्छ । पारिवारिक, आर्थिक समस्या र बाध्यात्मक परिस्थितिबिच उसले अनेक तरहका उपाएहरु अपनाएर विद्यालयभित्र प्रवेश गर्न सफल हुन्छ तर त्यो खुशी धेरै समय टिक्दैन र कथाले अर्कै मोड लिन्छ । एउटा बालकले पढ्ने रहरको लागि के के सम्म गर्न सक्छ भन्ने कुरालाई चलचित्रले देखाउन खोजेको यसका निर्माता सुरेन्द्र क्षेत्री बताउँछन् ।

47 Views

ताजा

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

आफ्ना नेताहरूमाथिको कारबाही विधिसम्मत नभएको शेखर पक्षको निष्कर्ष

२०८२ असार २६ गते, बिहीबार

रवि लामिछानेमाथि राजनीतिक प्रतिसोध साँधिएको भन्दै मनिषा कोइराला हस्ताक्षर अभियानमा सहभागी हुँदै

२०८२ असार २६ गते, बिहीबार

भारतमा गयो ४.४. म्याग्निच्युडको भूकम्प

२०८२ असार २६ गते, बिहीबार

‘‘त्यसपछि ढुक्कले सुत्न पाइयो’

२०८२ असार २६ गते, बिहीबार

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

बाढीका कारण एक अर्बभन्दा बढीको क्षति

२०८२ असार २६ गते, बिहीबार

Miss and Mrs Talent Nepal 2025 काे फाराम खुल्यो

२०८२ असार २६ गते, बिहीबार

‘ए ङाला ह्राङ्बा माया’ असार २८ गते विशेष प्रदर्शन हुने

२०८२ असार २५ गते, बुधबार

उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको आग्रह

२०८२ असार २४ गते, मंगलवार

रसुवामा भीषण बाढीः मितेरीपुल भाँचियो, कन्टेनर र ईभी गाडी बगायो

२०८२ असार २४ गते, मंगलवार

लोकप्रिय

गुरु नैसर्गिक स्वभाव चिनाउने पूज्य पात्र हुन्ः प्रधानमन्त्री ओली

२०८२ असार २६ गते, बिहीबार

साइकल यात्राले गन्तव्य मात्र होइन, “स्वस्थ शरीर, स्वच्छ शहर” भन्ने सन्देश पनि पुर्‍याउँछः मन्त्री यादव

२०८२ जेष्ठ २४ गते, शनिबार

यार्सागुम्बा सकंलनका लागि शिक्षक–विद्यार्थी हिमालतिर, विद्यालय बन्द

२०८२ जेष्ठ ९ गते, शुक्रबार

पूर्वराजाद्वारा तीनकुने घटनाप्रति दुःख व्यक्त (भिडियो सहित)

२०८१ चैत्र ३१ गते, आईतवार

गृहमन्त्री कुन नैतिकताले कुर्सीमा बस्ने ?– शिशिर खनाल

२०८१ माघ २९ गते, मंगलवार

बाढीपहिरोमा परी दुई सय ४४ जनाको मृत्यु

२०८१ आश्विन २० गते, आईतवार

भुटानले पूर्वराजा ज्ञानेन्द्रलाई दिएको सम्मानले नेपालीलाई गौरवान्वित तुल्यायोः थापा

२०८१ आश्विन १९ गते, शनिबार

‘स्वीकार’ अटिजम सन्देशमुलक म्युजिक भिडियो सार्वजानिक

२०८० चैत्र २२ गते, बिहीबार

मेरो रहरले कलाकारिता क्षेत्रमा आएकी हुँ

२०८० मंसिर २९ गते, शुक्रबार

2020 Copyrights Reserved at dnfkhabar.com

Designed & Developed By Web House Nepal